पर्वत । बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् । हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ ।

शक्ति प्राप्तिका लागि कालिका भगवतीको पूजा आराधना गर्ने विश्वास गरिन्छ । कालिका भगवतीप्रति विश्वास राखेर पूजा पाठ गर्नाले उनी प्रसन्न हुन्छिन् र फल प्राप्ति हुन्छ भन्ने किंवदन्ती रहँदै आएको छ ।

कालिका भगवती मन्दिरको पूजा सञ्चालन, संरक्षण, रेखदेखका साथै अन्य आवश्यक व्यवस्था गर्न ‘कालिका भगवती गुठी सञ्चालक समिति’ रहेको छ । पूजा सञ्चालनको लागि पुजारीको रुपमा मन्दिरको स्थापना कालदेखि नै विशेष गरेर खड्का (क्षेत्री) हरुलाई राख्ने गरेको पाइन्छ ।

कालिका भगवती मन्दिरको संरक्षण जिर्णोद्धारमा निरन्तर खटिने ती नै व्यक्ति हुन् जो पञ्चवर्षिय योजना सहित कालिका भगवती मन्दिरको विकासमा लागेका छन् । मन्दिरको विकास र प्रर्वद्धनमा अहोरात्र खटिएका छन् । ‘राजु खड्का अर्थात् कालिका भगवती मन्दिरका दूत । ’

राजु खड्काकै कारण आज कालिका भगवती मन्दिरले मुहार फेरेको छ भन्दा फरक नपर्ला । मन्दिरका चुहिने छाना, अप्ठेरो बाटो, अव्यवस्थित बधशाला अहिले व्यवस्थित बनिसकेका छन् । दुई कार्यकाल गुठी संस्थाको नेतृत्व लिएका खड्काले पञ्चवर्षिय योजनासहित कालिका मन्दिरको विकास निर्माण कार्यलाई तिब्रता दिए । जसका कारण अहिले कालिका मन्दिरमा पुग्ने जो कोहीले पनि फरकपन महसुस गर्ने सक्ने छ ।

विषेश गरी खड्का समुदायहरुले नेतृत्व गर्दै आएको कालिका भगवती मन्दिरमा उनलाई खड्का बंशकै भएका कारण काम गर्ने अवसर मिल्यो । बाउबाजेले नेतृत्व गर्दे आएको मन्दिरको विकास र जिर्णोद्धार गर्ने जिम्मेवारी उनीमाथि आयो ।

गुठीको व्यवस्थापन
कालीका भगवती गुठी व्यवस्थापन समितिको दुई कार्यकाल अध्यक्ष बनेका खड्काले २०५९ देखि अहिलेसम्म निरन्तर त्यसको व्यवस्थापनमा जुटेका छन् । खड्का समुदायले पूजाअर्चना गर्दे आइरहेको उक्त मन्दिरमा उनी अध्यक्ष बनेपछि धेरै परिर्वतन भएका छन् ।

बर्षोदेखि चल्दै आएको गुठीको भेटी संकलनको ठेक्का हटाएपछि अहिले मन्दिरको आयस्रोत पनि निकै राम्रो देखिएको छ । बर्षभरीमा लाख डेढ लाख मात्रै ठेकेदारले दिने गरेकोमा अहिले भने महिनादिनमा लाखौ रकम संकलन हुने गरेको छ । खड्काकै अभियान र प्रयासका कारण ठेकदार युग समाप्त भएको छ भने बागलुङ कालीका मन्दिरले मुहार फेरेको छ ।

कालीगण्डकीको पानी लिफ्ट प्रणालीबाट मन्दिरमै आएको छ । मन्दिरको चुहिने छानाहरु अहिले तामाले सजिएका छन् । मन्दिरका ढोकाहरु चाँदीका फ्रेमले कुदिएका छन् भने तामाको गजुरमा सुनको लेपन छ । यो खड्काकै पञ्चवर्षे योजनामा भएका कामहरु हुन् ।

मन्दिर परिसरलाई व्यवस्थित तुल्याउनको लागि मन्दिरसम्म पुग्ने बाटोदेखि, सार्वजनिक शौचालय, बधशाला व्यवस्थापन, कर्मचारी व्यवस्थापन, मन्दिरको आयव्यय सार्वजनिकरण, पार्किङ व्यवस्थापन, मन्दिर प्रवेशद्वार नजिक सटरहरु निर्माण तथा विभिन्न पार्टीपौवा, सत्तल निर्माण भएका छन् ।

अहिले मन्दिरको हरेक हप्तामा आयव्यय सार्वजनिक हुने गरेको छ । त्यसको लेखाजोखा सफ्वेयरमार्फत राखिएको छ । मन्दिर परिसरमै प्राथमिक उपचारको व्यवस्था पनि गरिएको छ । अहिले मन्दिरमा हप्तामा डेढ लाख भन्दा बढी भक्तजनहरु आउने गरेको उनले बताए । यसबाट लाखौ रकम भेटी संकलन हुने गरेको छ । विगतका बर्षमा बर्षभरी २५ लाख भेटी संकलन हुन कठिन हुने गरेकोमा अहिले भने बार्षिक करोडौ रकम संकलन हुदैँ आएको छ ।

पञ्चवर्षिय योजना अनुसार अझै गुठी संस्थाले बृद्धा आश्रम, विभिन्न धर्मशाला निर्माण लगायतका कामहरु गर्न बाँकी रहेको उनी बताउँछन् । खड्काहरुको पहिचान कालीका भगवतीमा अडिएको बताउने खड्काले कालिका मन्दिरको विकासको लागि आफूले कुनै पनि कसर बाँकी नराख्ने बताए ।

१२ वर्षकै उमेरमा मार्सल आर्ट
मार्सल आर्ट खेल्ने उनमा बाल्यकालदेखि नै ठूलो रहर थियो । १२ वर्षकै उमेरमा उनले मार्सल आर्ट खेल्ने अवसर पनि पाए । तेक्वान्दो सिकेका उनी राष्ट्रियस्तरको खेलमा समेत सहभागी भए । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको बागलुङको अध्यक्ष समेत बनेका उनी केही समय बागलुङमै बालबालिकाहरुलाई तेक्वान्दोको कला सिकाउने गर्थे । खेल त्यसमा पनि मार्सआर्टमा मेरो अधिक रुची छ उनले भने ।

पत्रकारीतामा रुची
खड्का सामाजिक क्षेत्रमा त्रियाशिल मात्रै होइनन् उनी जिल्लामा सहकारी र पत्रकारीता क्षेत्रमा समेत आफ्नो झुकाब देखाउने गरेका छन् । दुई सहकारीको अध्यक्ष नै भएर सहकारी संचालन गरेका छन् भने पत्रकारीताका क्षेत्रमा समेत रुची उनको बढ्दो छ । पत्रकार महासंघ बागलुङको सदस्य समेत रहेका छन् ।

पर्यटन प्रर्वद्धनमा कोसेढुङ्गा
भर्खरै मात्र बागलुङ पर्यटन विकास समिति गठन गरेर त्यसको जिम्मेवारी लिएका खड्काले सरकारले धार्मिक पर्यटकीय क्षेत्रका रुपमा बागलुङ भगवती मन्दिर, ढोरपाटन, भैरवथान, गाँजाको दह लगायतका क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा समावेश गर्नु जिल्लाको पर्यटन क्षेत्रको प्रर्वद्धनको लागि कोसेढुङ्गा भएको बताए ।

उनले जिल्लाको पर्यटन विकासको लागि गुरुयोजना नै तयार पारेर यहि जनवरी १ देखि काम गर्ने गरी आफूहरु लागि परेको बताए ।
कालीगण्डकी करिडोर संचालनले पर्यटन प्रर्वद्धनमा ठूलो टेवा पुग्ने बताए । ‘यही करिडोर हुदै चिनियाँ पर्यटकहरु लुम्बिनी पुग्छन्, यहि करिडोरबाटै भारतीय पर्यटकहरु मुक्तिनाथसम्म जान्छन्’ हामीले बागलुङको पर्यटन विकास गर्न गुरुयोजना तयार गरी अगाडी बढे यहाँको पर्यटन व्यवसायलाई अगाडि बढाउन सकिन्छ उनले भने ।

उद्योगी व्यवसायीलाई सुझाब

‘व्यापार गर्ने पोलिसी हुनुपर्छ, व्यापार व्यापारकै लागि नगरौं । रहरले व्यापार नगरौं, अध्ययन गरेर गरौं’, भर्खरै सम्पन्न बागलुङ उवासंघको १७ औं महाधिवेशनबाट सदस्यमा निर्वाचित भएका खड्काले भने । जिल्लाको पर्यटन व्यवसायसँग उद्योग व्यवसायी पनि जोडिएकोले उद्योग व्यवसायीहरुको विकास नभएसम्म पर्यटन प्रर्वद्धन गर्न पनि कठिन हुने बताए ।

पर्यटक भित्राउने तर एक दिन पनि राख्न नसक्ने हो भने त्यसले कुनै महत्व राख्दैन । होटल व्यवसायीहरुको विकास गर्न पनि जरुरी छ । उद्योगी व्यापारीहरुको क्षमता अभिबृद्धि, पर्यटकिय क्षेत्रहरुको प्रबद्र्धन तथा प्रचार प्रसार र लगानी मैत्री वातावरणको सृजना गर्न आफू तप्पर रहेको उनले बताएका छन् । मैले उवासंघको निर्वाचनमा उम्मेदवारी दिदाँ तीन कुरालाई प्रथामिकतामा राखेको थिए ती कुरा अब म पूरा गरेरै छोड्छु उनले भने ।

(राजु खड्कासँग पत्रकार महेन्द्र केसीले गरेको कुराकानीमा आधारित)

प्रतिकृया दिनुहोस्