पर्वत । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज बिकिरण क्षेत्रीले नेपालमा पटकपटक आन्दोलन भए पनि नेताहरुले जित्ने तर जनता हार्ने भएको बताएका छन् । जनताको माध्यमबाट नेताहरुले देशलाई बन्दी बनाउने र आफ्नो स्वार्थ पुरा गर्ने बाहेक अरु केही काम गर्न नसकेको उनले बताएका हुन् ।

संसदीय व्यवस्था असफल
अहिलेको संसदीय ब्यबस्था असफल भइसकेको हुदा यो व्यबस्थाले जनताको लागि परिवर्तन गर्न नसक्ने बताए । साच्चै देशमा बिकास गर्ने हो भने यहीको साधन र स्रोत परिचालन गरेरै बिकास गर्न जरुरी छ उनले भने ।

अहिले देशमा सामाजिक पुँजीबादी दलालहरुले देश संचालन गरेको भन्दै अब शासन व्यवस्था परिर्वतन नगरेसम्म देशमा नागरिकले आफ्नो अधिकारको सुनुश्चिता नहुने दाबी गरे । विकिरणले देशमा भएको संसदीय व्यवस्थाको खारेज गर्नुपर्ने र यसको कुनै औचित्य नभएको दाबी समेत गरेका छन् । अबको व्यवस्था भनेको वैज्ञानिक समाजबादको हो उनले भने ।

परिर्वतन नेतामुखि
देशमा जति पनि परिर्वतन भए ती जनतामुखी नभई नेतामुखि भएको उनको तर्क छ । कम्युनिष्ट हुँ भन्ने नेकपाले उही पुरानै संसदीय व्यवस्थालाई अंगालेको छ । यसले न जनताको जीवनस्तरमा परिणत हुन्छ न देशमा विकास हुन्छ यो त केबल नेताहरुको दैनिकीमा परिर्वतन र उनीहरुको इच्छा, आकांक्षामा केन्द्रित छ उनले भने ।

त्यसैले हामीले भन्दै आएको छ अबको व्यवस्था भनेको वैज्ञानिक समाजवादको व्यवस्था हो । अहिलेको संसदीय व्यवस्था पटक पटक नेपालमै असफल भएको व्यवस्था हो । यसको कुनै औचित्य छैन विकिरणले भने ।

राजा विकल्प होइन
पछिल्लो समयमा दुई तिहाईको सरकारबारे जनताको आक्रोश बढ्दो छ । देशमा भ्रष्टाचार, दलाल, बलात्कारीहरुको हाबी हुदैँछ । त्यसैले अहिले राजा नै यसको विकल्प हो कि भन्ने चर्चा पनि चल्न थालेको छ तर २४० वर्षे राजतन्त्र ढलिसक्यो अब राजाको विकल्प होइन संसदीय व्यवस्थाको विकल्प भनेको वैज्ञानिक समाजवाद नै हो विकिरणले भने ।

नेपाली जनताले गरेको आशा अनुसार काम हुन नसकेका कारण नेपाली जनताहरु फेरी पछाडि नै फर्किनु नै उचित ठान्ने स्थिति बनेको तर विकल्प त्यो हुन सक्दैन उनले भने ।

कारवाही गर्ने चेतावनी
देशमा बढ्दो भ्रष्टाचार, कालोबजारी, माफियातन्त्रको नियन्त्रणमा सरकार चुकुकेको बताउँदै अब नेकपाले कारवाही गर्ने उनले बताए । साना माछा समात्ने तर ठूला माछालाई सरकारकै संरक्षण रहेको अहिलेको सून काण्ड, वाइडबडी काण्डले देखाएको छ उनले भने अब हामी जनकारवाहीमा लाग्छौ ।

देशमा बढ्दो बलात्कार, हत्या, हिंसाको विरुद्ध विप्लब माओवादी शसक्त रुपमा अगाडी बढ्ने उनले बताए । साथै उनले अब जनकारवाही मार्फत जनतालाई न्याय दिने भन्दै आफ्नो पार्टीको छुट्टै जनलाय भएको दाबी गरे ।

अभियान संचालन
देशव्यापी रुपमा विप्लब माओवादीले अभियान संचालन गर्ने उनले बताए । पार्टीलाई शसक्त बनाउँदै लैजाने र जनकारवाहीलाई अगाडी बढाउनको लागि हामीले अभियान देशव्यापी रुपमा यही माघमा अभियान संचालन गर्ने छौं उनले भने ।

प्रतिकृया दिनुहोस्