झापाको अर्जुनधारा नगरपालिका– ४ मा माछा मार्ने क्रममा दुर्लभ अजिङ्गर भेटिएको छ।

डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार बिहीबार स्थानीयवासीले खोल्सीमा माछा मार्ने क्रममा अजिङ्गर फेला पारेका हुन्।

आठ किलो तौल र ६ फिट लम्बाइ भएको सो अजिङ्गरलाई स्थानीयवासीले शनिश्चरे प्रहरी चौकीमा बुझाएका छन्।

प्रहरी नायब निरीक्षक राजन खड्काले वन कार्यालयको निर्देशनमा अजिङ्गरलाई संरक्षणका लागि अर्जुनधारा–१ स्थित हलुवागढ सामुदायिक वनलाई हस्तान्तरण गरिने बताए।

प्रतिकृया दिनुहोस्