महेन्द्र जिसी
विरामीको अन्तिम आस अस्पताल हुन्छ । अस्पतालको शैयाबाट औषधिको याचना गरीरहेका हुन्छन् विरामी । अस्पतालमा नै औषधिको अभाव भएपनि सामान्य उपचार समेत पाउन सक्दैनन । पर्वत जिल्ला अस्पतालमा पछिल्ला दिनहरुमा यस्तै घटना देखिन थालेका छन् ।

सामान्य प्रथामिक उपचार समेत अस्पताल मार्फत हुन नसकेपछि विरामीहरुले सरकारी अस्पतालमार्फत सास्ती पाउँदै आएका हुन् । जिल्ला भरीको मुख्य अस्पतालमा नै औषधिको अभाव भएपछि गाउँगाउँदेखी आएका विरामीहरुले सास्ती मात्र पाएका छैनन प्रथामिक उपचार समेत नपाएका हुन् । जिल्लाको मख्य जिम्मेवारी समालेको सरकारी अस्पताल विरामी प्रति सामान्य संवेदनशील बन्न नसकेको विरामीहरुले बताएका छन् । विरामीहरुले सरकारी अस्पतालमा प्रथामिक उपचार पनि हुन नसकेपछि पानी जहाज रेलभन्दा पनि सरकारीको अनुभुतिका लागि स्वास्थ्य संस्थामा प्रथामिक उपचारको माग गरेका हुन् ।

शुक्रबार विहान कुश्मा नगरपालिका ७ का बावुराम पौडेलको पेटमा समस्या देखिएपछि अस्पताल पुग्दा अस्पतालका डाक्टरले औषधि नभएको भन्दै विरामी फिर्ता पठाएका हुन । विरामीका परिवारका अनुसार एक विहानै पौडेलको पेटमा समास्या देखिएपछि अस्पताल पु¥याइएको हो ।

विरामीको लागि आवश्यक औषधि नै नभएको भन्दै अस्पताले फिर्ता पठाएपछि सरकारी अस्पतालमा सर्वसाधरणमा चासो घटेको छ । अस्पताल हाता भित्रै दुई वटा फार्मेसी भएको भएपनि कुनै पनि फार्मेसीमा औषधि नभएको पाइएको हो । अस्पतालका स्टोर प्रमुख नारायण रिमालले स्टोरमा भएसम्म औषधि उपलब्ध गराएको बताउनुभयो ।

चिकित्सको रोहवरमा विक्री गर्नु पर्ने खालको औषधि भएका कारण पनि औषधि नभएको हुन सक्ने अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो । साझा औषधि विक्रि केन्द्र र अस्पताल विकास समितिको आफ्नै फार्मेसी भएको भएपनि औषधि नपाएपछि विरामीहरु रिफर हुँदै आएका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष बारम्बार फेरिएपनि जिल्ला अस्पतालको वेथिति भने फेरिन सकेको छैन । राजनीतिक दलको आडमा विकास समितिका अध्यक्ष फेरबदल हुँदै आएपनि यहाँको वेथितिको अन्त्य भने हुन नसकेको हो । राजनीतिक शक्तिका आडमा अस्पताल विकास समितिको अध्यक्ष बन्ने र आफ्ना आसेपासेलाई कर्मचारीमा करारमा भत्र्ति गर्ने परिपाटि बाहेक अरु केही विकास हुन सकेको छैन जसका कारण सर्वसाधरण त्यसको प्रत्यक्ष मारमा पर्दै आइरहेका छन् ।

पछिल्लो समयमा जिल्ला अस्पताल भं्रष्टाचारीहरुको केन्द्रका रुपमा समेत विकास भएको छ । जिल्ला अस्पतालमा औषधि खरिददेखि कर्मचारी नियुक्तिमा समेत चरम भ्रष्टाचार हुने गरेको विगतका घटनाहरुले प्रष्ट पारेको छ । अस्पतालमा बारम्बार हुने यस्तो अनैतिक क्रियाकलापबाट मुक्त हुने भने अस्पातलले अझै सकेको छैन बरु गन्जागोल थपिदै गएको छ ।

भिडियो

प्रतिकृया दिनुहोस्