काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सुदूर पश्चिमका इन्चार्ज भीम रावलले आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ लक्षित गर्दै समाजिक संजाल ट्वीटर मार्फत एक अभिब्यक्ति ट्वीट गरेका छन्। नेता रावलले पछिल्लाे समय कम्युनिस्ट पार्टीहरु सामान्य विषयमा पनि मनमुटाव गरेर बस्ने गरेको बताए।  

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली र प्रचण्डलाई लाक्षित गरेर शनिबार ट्वीट गर्दै नेता रावलले देश सरकारको बारेमा सार्वजनिक रुपमा विवाद गर्दा कम्युनिस्ट पार्टी विभाजन भएको उदाहरण दिएका हुन् । उनले पार्टी समायोजन गरेर छिटोभन्दा छिटो काम गरी विभाजनको पीडाबाट बच्न सुझाव दिएका छन् ।

उनले ट्वीटरमा भनका छन,‘विगतमा कुनै देश र सरकार विशेषबारे सार्वजनिक रूपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत आएको स्मरण गर्दै संयमित भएर विधि र बैठकबाट विवाद टुंग्याउनु र पार्टी एकीकरणको काम अविलम्व पूरा गर्नु बुद्धिमानी कार्य ठहरिनेछ’, उनले भनेका छन् ।

प्रतिकृया दिनुहोस्