पर्वत । तेस्रो दिदीबहिनी कप तथा महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
यही माघ २७ गतेबाट संचालन हुन लागेको ११ औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियो दिदीबहिनीको ९ औं बार्षिक उत्सवको अवसरमा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगितामा तीन विभागीय टिमसहित न्यू डाइमण्ड, घरेलु टिमको सहभागीता रहने छन् । प्रतियोगितामा विजेता हुने टिमले २ लाख, द्धितियले १ लाख र तृतीय हुनेले ५० हजार रुपैयाँ पाउने छन् । साथै पत्रकार र जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना समेत गरिएको छ ।

प्रथम दिदीबहिनी कपको उपाधि न्यू डाइमण्डले जितेको थियो भने दोस्रो दिदीबहिनी कप शसस्त्रले आफ्नो कब्जामा पारेको थियो । यो वर्ष तेस्रो दिदीबहिनी कप कस्ले हात पार्छ भन्ने चर्चा चुलिन थालेको छ । फाइनलमा शसस्त्र र न्यू डाइमण्ड नै प्रतिस्पर्धा गर्ने भएका कारण पनि यो वर्ष पनि यी दुई बीच नै प्रतिस्पर्धा हुने धेरैले आंकलन गरेका छन् ।

त्यस्तै दिदिबहिनी डान्स आइडल प्रतियोगिता समेत यो बर्षदेखि शुरु हुने भएको छ । प्रथम डान्स आइडलको विजेताले ५० हजार, द्धितियले ३० र तृतीयले २० हजार नगद पाउनेछन् । त्यसैगरी खुला दौड प्रतियोगिता समेत आयोजना हुने भएको छ । दौडका विजेताले २५ हजार, द्धितियले १५ र तृतीयले १० हजार नगद प्राप्त गर्नेछन् ।

रत्यौली, भजन, पञ्चेबाजा, ¥याली प्रतियोगिता पनि महोत्सवमा हुनेछन् । रत्यौली प्रतियोगितामा विजेता हुने टिमले २५ हजार, द्धितियले १५ र तृतीयले १० हजार पाउनेछन् त्यसैगरी ¥याली तथा विभिन्न झाँकी प्रतियोगितामा विजेता हुनेले २० हजार, १५ हजार र १२ हजार पाउनेछन् भने भजन प्रतियोगितामा विजेता हुनेले १५ हजार, द्धितियले १० र तृतीय हुनेले ७ हजार पाउनेछन् ।

महोत्सव अवधीभर दर्जनौ राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने रेडियोकी अध्यक्ष चापागाइले सहारापाटीलाई बताइन् । उनका अनुसार कोमल वली, रामजी खाँड, पशुपति शर्मा, राधिका हमाल, प्रमोद खरेल, देवी घर्ती मगर, राजन कार्की, शिव हमाल, अन्जु पन्त, कुलेन्द्र विश्वकर्मा, मन्जु पौडेल, शोभा त्रिपाठी, कश्तुप पन्त, यम क्षेत्री, माग्ने बुढा, जितु नेपाल, ज्योति मगर, बले कक्रोज, र्पुखे बा, बशन्त थापा, प्रकास सपुत, राजा राजेन्द्र, ज्योति मगर लगायतको प्रस्तुती रहनेछ ।

प्रतिकृया दिनुहोस्