काठमाडौं, माघ २८ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

आइतबार बजारमा सुन तोलामा ६२ हजार १ सय रुपैयाँमा कारोबारमा भएको थियो भने आज घटेर सुन तोलामा ६२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, आइतबार तेजावी सुन तोलामा ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार बजारमा चाँदीको मूल्य भने परिवर्तन भएको छैन ।

आइतबार चाँदी तोलामा ७७५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी तोलामा ७७५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्