बागलुङ । विषेश बाल कक्षाका विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । साल्ट टेड्रिङ कर्पोरेशन लिदमिटेड बागलुङले आयोडिन महिनाको अवसरमा बागलुङमा रहेको बिशेष बाल कक्षाका अध्ययनरत ३५ जना विद्यार्थीहरुलाई झोला वितरण गरेको हो ।

सुस्तमनस्थिती भएका बालबालिकाको पठनपाठनमा सहजता प्रदान गर्नका लागि झोला वितरण गरिएको कर्पोरेशनका बागलुङ डिपो प्रबन्धक मनोज कुमार श्रेष्ठले बताए ।

सुस्त मनस्थिती कल्याण संस्था नेपालका केन्द्रिय सचिव अगम पालिखेले सामाजिक संस्थाहरुको सहयोग अतुलनिय भएको बताए । शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रमणि सापकोटा विद्यार्थीको सिकाईमा सहयोगले मद्धत गर्ने बताए ।

प्रतिकृया दिनुहोस्