पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइले केपी ओली सरकारले देशलाई निकास नदिने बताएका छन् । इतिहासमा पहिलो पटक कम्युनिष्टको नेतृत्वमा दुई तिहाईको सरकार बनेपनि सरकारले सोही अनुसारको काम गर्न नसकेको उनले बताएका हुन् । देश दौडाहमा निस्केका बाबुरामले पर्वतमा यस्तो बताएका हुन् ।

उनले अहिलेको सरकारबाट कुनै पनि कुरा सम्भव नभएको टिप्पणी गरे । उनले अहिलेकै सरकारका पालामा ठूलाठूला घटना घटेको भन्दै सरकारको आलोचना गरेका हुन् । घुस खादिन भन्छ तर यहि सरकारमा बढि भ्रष्टाचार भएको छ उनले भने । वाइडबडी, ३३ किलो सुन काण्ड, निर्मला पन्त हत्या प्रकरण लगायतका मुद्धाले सरकार पूर्ण रुपमा असफल बनेको उनले बताए ।

भिडियो

प्रतिकृया दिनुहोस्