पर्वत/गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्वतको दक्षिण क्षेत्रमा अबको तिन बर्ष भित्र १ सय ५० कि।मि। सडक कालोपत्रे गरेरै छाड्ने ठोकुवा गर्नुभएको छ ।
शुक्रबार पर्वतको विहादी गाँउपालिका वडा नं। ६ स्थित शालिग्राम मा।वि।सेतीवेणीको ४६ औँ बार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै मन्त्री लम्सालले तिन बर्षमा मुख्य मुख्य सडकलाई कालोपत्रे गरी जनतालाई सहज तवरले यात्रा गराउने बताउनुभयो ।

फलेवास—लुंखु हुदै हुवास,चिसापानी—वहाकीभञ्ज्याङ—पोखरीचौर हुदै खहरेखोला सडक, घोयनाउला—फलेवास ढिक सडक र फलेवास—कार्कीनेटा लगाएतका सडक खण्डहरु अबको तिन बर्ष भित्रमा कालोपत्रे गरिसक्ने गरि काम अगाडि बढेको उहाँको भनाई थियो ।
पर्वत क्षेत्र नं। २ मा मुडीकुवा देखि लमाएखोला सडक खण्डको ७।५ कि।मि। सडक बाहेक अरु कालोपत्रे हुन सकिरहेको छैन् ।
लमाएखोला देखि लुंखु सडक भने कालोपत्रे गर्ने गरि काम शुरु भईरहेको छ । चिसापानी देखि पोखरीचौर सडक कालोपत्रेको लागि टेन्डर आवाहन भएको छ भने आन्य मुख्यसडकहरु डेन्डरको प्रक्रियामा रहेका छन् । साथै बहुचर्चित उत्तर – दक्षिण जोड्ने कालिगण्डकी करिडोरको पर्वत खण्डमा तिब्र गतिमा काम भईरहेको छ । यस खण्डको सेतिवेणी( रानिपानी कुमाल गाँउ हुदै खबरको भिर सम्मको सडक समेत कालेपत्रे हुने प्रक्रियामा छ ।
यस बर्ष डेन्डरमा परेका सडकहरुको काम यसै बर्ष देखिनै शुरु हुने र बाकीँ सडकहरुको लागि आगामि प्रदेश सरकारको बजेटमा समावेश गरी डेन्डर प्रक्रियामा लैजाने मन्त्री लम्साललको भनाई थियो ।

विकास र समृद्धि राष्ट्रनिर्माणको आधार भएको बताउदै पर्वत क्षेत्र नं। २ का जनताले आफुप्रति आशा र विश्वास गरेकाले विकास र समृद्धिका लागि काम गर्ने बताउनुभयो ।
जनताका आधारभुत समस्याहरुलाई हल गर्दै लैजाने लम्सालको भनाई थियो ।
फरक प्रसंगमा मन्त्री लम्सालले अब स्वरोजगार र आत्मनिर्भर शिक्षा प्रणालीको खोजी गनुपर्नेमा जोड दिदै नेपालका लागि गुणात्मक शिक्षा नयाँ मोडल आवश्यक रहेको बताउनुभयो ।
रानिपानी आधारभुत बिद्यालयको ६८ औँ बार्षिकउत्सव समारोहलाई समेत सम्बोधन गरेका मन्त्री लम्सालले शिक्षा सुधारको काम स्थानिय स्तर बाटनै हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विहादी गाँउपालिकाका अध्यक्ष कमल प्रसाद भुषालले समय सापक्ष अनुसार प्राबिधिक र व्यवहारिक शिक्षा लाईजोड दिनुपर्ने बताउनुभयो । मानिसहरु लाई रोजगारमुखी बनाउन व्यवहारिक शिक्षा आवश्यक रहेको उहाँको भनार्य थियो ।
कार्यक्रममा पैँयू गाँउपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारी,नेकपा गण्डकी प्रदेशका सदस्य गगन ब।थापा,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष खगेश्वर भुर्तेल,बिद्यार्थीको तर्फ बाट विपिन न्यौपाने लगाएतले बोल्नुभएको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीपती पौडेलकोको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा स्वागत मन्तव्य शिक्षक नारायण प्रसाद रेग्मी र कार्यक्रमको सञ्चालन शिक्षक पशुपति न्यौपानेले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्