पर्वत /पर्वतको महाशिला गाउँपालिकाको पाँचौ गाउँसभाबाट नयाँ अभियान शुरु गर्ने निर्णय गरेको छ ।
महाशिलाको शनिबार सम्पन्न पाँचौ गाउँसभाबाट बाँझो जमिनमा लिजमा लिएर ब्यबसायिक खेती गर्ने देखि पर्यटकीय क्षेत्रमा ब्यबसायीहरुलाई लगानी गर्न आग्रह गर्ने निर्णय गरेको छ भने आफ्नै स्रोतबाट सडक कालोपत्रे गर्ने निर्णय समेत गरेको छ ।
महाशिला गाउँपालिकाले यसअघि शुरु गरेको एक घर एक रोजगार कार्यक्रम मुलुकमै नमुना कार्यक्रमको रुपमा सञ्चालनमा छ ।
बसाईसराईका कारण अधिकाँश गाउँ खाली बन्दै गएका छन भने उब्जाउ जमिन बाँझो भएको छ । जमनि बाँझो राख्न नराख्ने र उपयुक्त खेती गर्नका लागि जमिन भाडामा लिने तयारी गरिएको गाउँपालिकाका प्रबक्ता जीवन उचै ठकुरीले जानकारी दिनुभयो । महाशिलाले जमिन सके सम्म निशुल्क लिने र जग्गाको अवस्था हेरेर बार्षिक रुपमा भाडामा लिने योजना बनाएको छ । भाडामा लिएको जमिनलाई ब्यापारिक प्रतिष्ठान, सहकारी र स्थानिय कृषकका समुहलाई समेत भाडामा दिने तयारी भएको प्रशासकिय अधिकृत किसान क्षेत्रीले बताउनुभयो ।
गाउँसभाले गाउँपालिका भित्रका महाशिला, चिसापानी, गोल्याङ्ग, पैंयुकोट लगायतका पर्यटकीय स्थलमा लगानी गर्न निजी क्षेत्रलाई आब्हान गर्ने निर्णय गरेको छ । गाउँपालिकाले एक वडा एक होमस्टे समेत शुरु गरिसकेको छ भने पैंयुकोटमा हुवासबाट केवलकार सञ्चालन गर्न सकिने बारे संभाब्यता अध्ययन गर्न बजेट समेत बिनियोजन गरेको छ ।
परिषदले महाशिलाको लुंखुलाई जिरो किमी मानेर यस बर्ष ३ किलोमिटर सडक कालोपत्रे गर्ने निर्णय गरेको छ । घण्टे देखि पाखापानी, लुंखु हुँदै भोक्सिङ्ग, होस्राङदी जोड्ने सडक र मिलनचोक हुँदै बालाकोटबाट होस्राङदी जोड्ने सडक कालोपत्रे गर्न डिपीआर बनाएको छ । गाउँपालिकाले आफ्नै स्रोतबाट कालोपत्रे गर्ने निर्णय समेत गरेको अध्यक्ष राजुप्रसाद पौडेलले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्