आक्रमणपछि क्षति र ब्यक्ति बेपत्ता भएपछि प्रहरीलाई लेखेको जाहेरी । तर प्रहरीले यो जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।
पर्वत, फागुन ११–पर्वतको जलजला गाउँपालिकाको बगरफाँटदेखि दमुवाखोला र कुश्मा नगरपालिकाको राजाको बगरदेखि मालढुंगा हुँदै नयाँ पुल कालीगण्डकी नदीबाट बढी जोखिमका क्षेत्र हुन । बर्षाको समयमा नदीले यहाँका ती ठाउँहरुमा बढी असर पु¥याइरहेको हुन्छ । जोखिमयुक्तक्षेत्रका बस्ती र नदीबाट हुने क्षतिलाई कम गर्न जलजला गाउँपालिकाले चेकड्याम र बस्ती संरक्षण अभियान चलाएपनि प्रहरी र केही स्थानीय मिलेर अबरोध पु¥याइरहेका छन् ।


विगतदेखि ठेकेदारसँग पैसा असुल्न बानी परेका केही ब्यक्तिको उक्साहटमा प्रहरीले समेत जलजला गाउँपालिकाको काममा अबरोध पु¥याउने, गाउँपालिकाले निर्माणको जिम्मा दिएका निर्माण कम्पनीलाई आतंिकत पार्ने गरेको गुनासा आएका छन् । यसैसन्दर्भमा जलजला गाउँपालिकाले दमुवाखोलानजिकै कालीगण्डकी नदीबाट बस्ती संरक्षणका लागि चेकड्याम बनाउने तयारी गरिरहदा प्रहरीकै मिलेमतोमा एक्साभेटरमाथि ढुंगा प्रहार भएको छ ।


बिहिबार भएको उक्त आक्रमणपछि बुद्ध निर्माण सेवाको एक्साभेटर चलाएका अपरेटर कुमार श्रेष्ठ बेपत्ता भएका छन् । ‘प्रहरीकै अगाडी ढुंगा हानियो, ढुंगा हान्नेलाई प्रहरीले संरक्षण दियो तर त्यही ठाउँबाट एक्साभेटरका अपरेटर बेपत्ता भएका छन्’ बुद्ध निर्माण सेवाले जनाएको छ । गाउँपालिकाले बस्ती संरक्षणका लागि चेक ड्याम निर्माणसहितको काम गर्न बुद्ध निर्माण सेवामार्फत कलाधर आचार्यसहितलाई जिम्मा लगाएको थियो ।
गाउँपालिकाले पालिकाभित्र पर्ने नदीक्षेत्रको बस्ती संरक्षणसहित त्यहाँ भएको नदीजन्य पदार्थ निकासी कर संकलन गर्न समेत आचार्यसहितलाई दिएको थियो । तर प्रहरीको असहयोग र अबरोधका कारण उनीहरुले काम गर्नै नपाएको जलजला गाउँपालिकाले जनाएको छ ।

सुरुमा गाउँपालिकाले ९० लाखबढीमा लगाउन लागेको ठेक्का प्रहरीको अबरोधका कारण ५२ लाखमा झरेको छ । प्रहरीकै असहयोगले गाउँपालिकालाई ४० लाख बढी राजश्व गुमेको जलजला गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले प्रारम्भिक वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनकै आधारमा ठेक्का दिएपनि प्रहरीले हस्तक्षेप गर्दा अहिले लगाएको ठेक्का पनि गुम्ने अवस्थामा पुगेको गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बताए ।

यसरी भयो आक्रमण
जलजला गाउँपालिकाले नदी किनारका बस्ती संरक्षणका लागि जिम्मा दिनेगरी निर्णय गरेको थियो । सोहीअनुसार बुद्ध निर्माण सेवालाई जिम्मा दिएको थियो । गत बिहिबार जलजला गाउँपालिका वडा नम्बर ८ स्थित दम्भखोलाको साइडमा कालीगण्डकी किनारमा बस्ती संरक्षण तटबन्दको काम गरिरहेको अवस्थामा जलजला ८ खनियाघाटका महेन्द्र रेग्मीले साँझ ५ बजेर ४५ बजेको समयमा एक्साभेटरमा ढुंगामुडा गरेका हुन ।
रेग्मीसँग ८÷१० जनाको समुहमा नजिनेका ब्यक्तिहरुसमेत आएका थिए । उनीहरुले दुई साताअघि मात्रै खरिद गरेको नम्बर राख्न बाँकी रहेको अन टेष्ट जेसीभि एक्साभेटरमा एक्कासी आक्रमण गरेका थिए । उनीहरुले एक्साभेटरमा तोडफोडसमेत गरेका छन् । आक्रमण भएपछि नदीमा चालक कुमार श्रेष्ठ हाम फालेका थिए । उनी अहिले सम्पर्कमा आएका छैनन् । घटनाको स्थानीयले देखेर आएपछि त्यहाँबाट आगो लगाउने धम्कीसमेत दिएर रेग्मीसहितका ब्यक्ति भागेका थिए । त्यहीबेला प्रहरीसमेत त्यही रहेका थिए ।
घटना भएको ठाउँ नजिकै केही महिनाअघि मात्रै मध्यरातमा अर्को एक्साभेटरमा आगो लगाइदिएका थिए । आगो लगाएकै दिन गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को घरमा बम समेत राखेका थिए । विगतमा एक्साभेटर जलाउनु, घरमा बम राख्नु र अहिले पनि एक्साभेटर जलाउने धम्कीसहित आक्रमण हुनुले विगतको घटनाका दोषी पनि तीनै ब्यक्ति हुनसक्ने आशंका गरिएको छ । उक्त घटनामा प्रहरीको बेवास्ताले दोषी अझै पक्राउ पर्न सकेका छैनन् ।

उजुरी दर्ता किन गरेन पर्वत प्रहरीले ?
गाउँपालिकाले लगाएको बस्ती संरक्षणको काम गरिरहदा एकाएक आक्रमण भएर ब्यक्ति बेपत्ता हुँदा पनि पर्वत प्रहरीले निबेदन दर्ता गर्न अस्वीकार गरेको छ । गत बिहिबारदेखि एक्साभेटरका चालक कुमार श्रेष्ठ बेपत्ता भएपनि पर्वत प्रहरीले खोजबिन गरेको छैन । श्रेष्ठको खोजी र आक्रमण गर्ने महेन्द्र श्रेष्ठसहितका ब्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै लालबहादुर मल्लले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । उक्त जाहेरी दर्ता गर्न पर्वत प्रहरीले अस्वीकार गरेको छ । शान्ति सुरक्षाका लागि जिम्मेबार हुनुको सट्टा नागरिकले दिएको उजुरी नलिनुले पर्वत प्रहरीको गतिविधि नै संकास्पद देखिएको छ ।

जिल्ला समन्वयको भुमिका समन्वयकारीभन्दा पुर्वाग्रहपूर्ण
स्थानीय तहमा भएको विवाद मिलाउने, एकअर्का पालिकाबिच समन्वय गर्ने, जिल्लामा देखा पर्ने समस्यालाई समन्वयगरी समाधान गर्ने, विकास निर्माणदेखि अन्य कामको अनुगमन गरी सहयोग पु¥याउने काम जिल्ला समन्वय समितिको हो । तर, जिल्ला समन्वय समिति पर्वतले राजनीतिक पूर्वाग्रह साध्ने गरेको ब्यापक गुनासा आउन थालेको छ । प्रारम्भिक वातावरणीय प्रभाव मुल्यांकनको आधारमा दिएका ठेक्कालाई प्रहरीले हस्तक्षेप गर्ने, आपराधिक गिरोहले आक्रमण गर्ने काम गर्दा पटक–पटक समाधान निकाल्न आग्रह गर्दा पनि जिल्ला समन्वय समिति पर्वतले नसुनेको जलजला गाउँपालिकाले जनाएको छ ।
संविधानमा स्थानीय पालिकालाई दिएको अधिकारअनुसार काम गर्दापनि विभिन्न बहानामा हस्तक्षेप भइरहनु दुःखद भएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बताए । ‘प्रारम्भिक वातावरणीय प्रभाव मुल्यांकनको आधारमा गाउँपालिकाले बस्ती संरक्षण, तटबन्द निर्माण गर्न दिएको काम गर्दागर्दै कुनै आपराधिक मानसिकता बोकेका ब्यक्तिले आक्रमण गर्नु र त्यस्ता ब्यक्तिलाई कारबाही गर भनेर निवेदन दिँदा पनि प्रहरीले दर्ता नगर्नु निकै खेदजनक छ’ अध्यक्ष मल्लले भने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय पालिकालाई गरेको परिपत्र ।
निर्माण सेवालाई गाउँपालिकाले दिएको स्वीकृतिपत्र ।
गाउँपालिकाले जिल्ला समन्वय समितिलाई निर्णयबारे जानकारी गराएको पत्र ।
आक्रमणपछि क्षति र ब्यक्ति बेपत्ता भएपछि प्रहरीलाई लेखेको जाहेरी । तर प्रहरीले यो जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।
आक्रमणपछि क्षति र ब्यक्ति बेपत्ता भएपछि प्रहरीलाई लेखेको जाहेरी । तर प्रहरीले यो जाहेरी दर्ता गर्न

प्रतिकृया दिनुहोस्