चेक रिपब्लिकमा घरपालुवा सिंहको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।

३३ वर्षीय माइकल प्रसेकको आफैले पालेको सिंहको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएका छन्।

प्रसेकले एक सिंह सन् २०१६ मा खरिद गरेका थिए अर्का पोथी सिंह गतवर्ष मात्र खरिद गरेका थिए। प्रसेक सिंहको प्रजनन गराउन चाहान्थे।

घर पछाडि दुईवटा पिंजडामा सिंहलाई पालिएको थियो। प्रसेकका पिताले उनलाई भाले सिंहको खोरभित्र मृत फेला पारेको बताइएको छ।

प्रहरीले यतिबेला दुवै सिंहलाई गोली हानी मारिदिएको छ।

प्रसेकले सिंह पाल्ने भएपछि त्यहाँका स्थानीय निकै त्रसित भएका थिए। तर उनले घरमा कसैलाई पस्न नदिने बताएपछि उनलाई सिंह पाल्न अनुमति दिइएको थियो।

प्रसेकले समय समयमा सिहंलाई बाहिर घुमाउन समेत लग्दथे। गतवर्ष प्रसेकको सिंहसँग एक साइकल यात्रु ठोक्किएपछि उनी समाचारको पात्र बनेका थिए। एजेन्सी

प्रतिकृया दिनुहोस्