काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ५४ पैसा तोकेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२६ रुपैयाँ २५ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ७८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ७९ रुपैयाँ ०७ पैसा तथा जापानी यन १० को खरिददर १० रुपैयाँ ७ पैसा र बिक्रिदर १० रुपैयाँ १२ पैसा तोकिएको बैंकले जनाएको छ ।

यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३० रुपैयाँ ९१ पैसा तोकिएको छ भने मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।

कुवेती एक दिनारको खरिददर ३ सय ६८ रुपैयाँ १२ पैसा र बिक्रिदर ३ सय ७० रुपैयाँ ९ पैसा कायम भएको छ ।

बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्