काठमाडौं, फागुन २६ । नेपाली बजारमा पहिलो दिन आइतबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ।

शुक्रबार प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार बढेर ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुुक्रबार बजारमा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ ।

शुक्रबार चाँदी प्रतितोला ७३५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार बढेर ७४० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस्