• शिला पाण्डे ,पर्वत
    फलेवास नगरपालिकामा निसुल्क स्वास्थ सिविर सञ्चालन हुने भएको छ।
    फलेवास नगर कार्यपालिकाको आयोजना तथा चितवन मेडिकल कलेज भरतपुरको प्राबिधिक सहयोगमा सिविर सञ्चालन गर्न लागिएको हो।
    बिरामी बर्गहरुलाइ मध्यनजर गर्दै स्वास्थ सिविर यहि चैत्र एक र दुई गते फलेवास नगरपालिका ५मा रहेको भवानी बिध्यापिठ र धुलिखेल सामुदायिक स्वास्थ केन्द्र खानी गाउँमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ।
    उक्त सिविरमा चितवन मेडिकल कलेजका बरिस्ठ प्राध्यापक मुटु रोग बिशेषज्ञ डाक्टर श्याम रेग्मी सहितको अन्य विशेषज्ञ टाेलिबाट स्वास्थ परिक्षण गरिने जनाइएको छ।
    सिविरमा मुटु रोग,जर्नल मिडिसेन,जर्नल सर्जरी ,स्त्री तथा प्रसुती, हाड जोर्नी तथा नशा रोग,नाक कान तथा घाँटी , बालरोग,दन्तरोग परिक्षण हुने र बिरामीको स्वास्थ अबस्था अनुसार एक्सरे,इ.सि.जि.सेवाको समेत ब्यबस्थापन गरिएको छ।
    उक्त सिविरमा नाम दर्ता गर्नको लागि नगरपालिकाको स्वास्थ शाखामा तथा ११ वडका स्वास्थ चौकिमा गएर पनि नाम दर्ता गर्न सकिने जनाइएको छ।
    आर्थिक अभावका कारण अस्पतालको पहुँचमा पुग्न नसकेका बिरामीहरुको समस्या समाधान गर्नका लागि आयोजना गरिएको सिविरमा बिहान १०बजे देखि बेलुका ५बजे सम्म सेवा प्रदान गरिने फलेवास नगरपालिकाले जनाएको छ।
प्रतिकृया दिनुहोस्