भारतको उत्तर प्रदेशस्थित गोरखपुरकी अविवाहित एक युवतीले भिडियो हेरेर शिशु जन्माउने प्रयास गर्दा ज्यान गुमाएकी छन्।

२५ वर्षीया अविवाहित गर्भवती युवतीले युट्युवमा भिडियो हेरेर शिशु जन्माउने कोसिस गर्दा आमा र बच्चा दबैको ज्यान गएको समाचार एजेन्सी पीटीआईले जनाएको छ।

उनी कोठमा एक्लै बस्थिन्। ती युवती कसैको सहयोग बिना नै बच्चा जन्माउन चाहन्थिन् । मोबाइलमा भिडियो हेरेर बच्चा जन्माउने कोसिस गर्दा उनको मृत्यु भएको हो।

ती युवती बहराइचकी भएको गोरखपुर प्रहरीले जनाएको छ।

आइतबार अन्य कोठामा बस्नेहरुले उनको ढोकाबाट रगत बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उनको कोठामा एक मोबाइल फेला पारेको थियो जसमा प्रसव भिडियो ‘प्ले’ भैरहेको पिटिआइले जनाको छ।

बच्चा जन्माउने क्रममा उत्याधिक रक्तस्रावका कारण उनको ज्यान गएको हो।

प्रतिकृया दिनुहोस्