पर्वत । पुष्पलाल राजमार्ग नामकरण भएको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्डमा स्तरोउन्नतीको कामभईरहेको छ । सडकनिर्माणको कामलाइ रप्तार दिने विषयमा भने पर्वत जिल्लाका प्रतिनिधि सभाका सदस्य पदम गिरीले चासो ब्यक्त गरेका छन ।

सडक निर्माणको क्रममा यातायातमा सहजता ल्याउने र निर्माणकार्य छिटो भन्दाछिटो सक्ने गरी योजना बनाउन मध्यपहाडी राजमार्गको कार्यालय र निर्माण ब्यवसायीलाई सांसद गिरीले ध्यानाकर्षण गराएका हुन । गिरीको सम्पर्क कार्यालय कुश्मामा भएको छलफलमा सांसद गिरीले आगामी बर्षात अगावै सडकको निर्माणकार्यलाई निश्कर्षमा पुराउनआग्रह गरे ।

उनले बर्षातको बेला सडकअवरुद्धहुनसक्ने स्थानहरुको निर्माणकार्य छिटोसक्नआग्रहगर्दै सडकको निर्माणमा गुणस्तरीयतामा समेत ध्यानदिनआग्रह गरे । सडकअवरुद्ध हुँदा जनप्रतिनिधिको हैसियतमाआफूलाई समेत जनताले गुनासो गर्ने गरेका कारण सडकअवरुद्ध नपारीकन निर्माणकार्य अगाडिबढाउनु पर्ने गिरीको सुझाब थियो । राष्ट्रिय गौरबको योनजामा कहि कतैबाटपनि निर्माण कार्यमाअवरोध भए त्यसको समाधान गर्न आफू तयार रहेको उल्लेख गर्दै निर्माण ब्यवसायीलाई निर्बाध रुपमा निर्माण कार्य अगाडि बढाउन सांसद गिरीले निर्देशन समेत दिए ।

मध्य पहाडी राजमार्गका कार्यालय प्रमुख आशिष थापा मगरले निर्माणको झण्डे ४५ प्रतिशतकार्य सकिएको उक्तअवसरमा जानरकारी दिए । कास्की, पर्वत र बागलुङ जिल्लाको निर्माणकार्यमा कुनै समस्या नभएको उल्लेख गर्दै बर्षातको समय अघि नै कास्की लुम्ले, काँडे खण्डमा  कालोपत्रे सक्ने गरी काम अघिबढेको उनले बताए । सो क्षेत्रमाबर्षातको समय सडकअवरुद्धहुने भएकाले निर्माण कार्यलाई रप्तारका साथ अगाडि बढाइएको बताए । निर्माण कार्यमा बाँकी खण्डहरुमा ठूलो समस्या नरहेको उनको भनाई छ ।

कार्यालय प्रमुख थापाले बर्षात अघि नै पर्वतको मालढुंगा देखि कुश्मामा सम्मको बाटो भने कालोपत्रे गर्ने गरी निर्माण ब्यवसायीले काम अगाडि बढाएको जानकारी गराए । पर्वत खण्डको काम गरीरहेका निर्माण ब्यवसायीका प्रतिनिधि गोविन्द भुषालले निर्माण कार्य तिव्र गतिमा अघिबढेको जानकारी गराए । उनले आगामी असार मसान्त सम्म पर्वत खण्डमा ८० प्रतिशतकाम सक्ने गरी योजना गरिएको समेत जानकारी गराए ।

प्रतिकृया दिनुहोस्