बागलुङ । बागलुङमा शान्ति दौड प्रतियोगिता सम्पन्न भएको छ । रोट¥याक्ट क्लव अफ बागलुङले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कालिका भगवती मन्दिर गेटवाट लोकतान्त्रिक चोक अर्थात बाघको शालिकसम्म भएको रोट¥याक्ट शान्ति दौड प्रतियोगितामा बिभिन्न बिद्यालयका गरि २० जनाको सहभागीता रहेको थियो । प्रतियोगितामा धौलागिरि विरेन्द्र माविका बिद्यार्थी मनबहादुर बुढा प्रथम, अमर आदर्श माविका नृर्तिक घर्ती द्धितीय र चिल्डे«न लाइफ बोडिङ स्कुलका अजय पुन तृतीय भए ।

जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धनबहादुर परियारले खेल क्षेत्रको बिकास र खेलाडिहरुको प्रोत्साहनका लागि यस्ता खालका कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने बताए । उनले स्वास्थ्यमा लागि खेल अनिवार्य भएकाले सवैले खेलको महत्व बुझ्न आवश्यक रहेको औलाए ।

रोट¥याक्ट सप्ताहको अवसरमा बिभिन्न रचनात्मक कार्यक्रम सहित चैत ५ गतेसम्म संचालन गर्ने गरि रोट¥याक्ट सप्ताह शुरु गरेको क्लवका अध्यक्ष बलबहादुर थापाले बताए ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत चैत १ गते सुस्त मनस्थिती बिद्यालय उपल्लाचौरमा सामुहिक भोजन, चैत २ गते प्रभावकारी भाषण कला तालिम, चैत ३ गते रोटरी र रोट¥याक्ट बिच मैत्रीपूर्ण फुटसल, चैत ४ गते प्रसिद्ध धार्मिक स्थल पञ्चकोटमा पर्यटकिय बोर्ड व्यवस्थापन र चैत ५ गते सप्ताहको अन्तिम दिन छात्रबृति, पुरस्कार बितरण सहित समापन समारोहको आयोजना गरिएको मूल संयोजक ताराप्रसाद शर्माले बताए ।

प्रतिकृया दिनुहोस्