पर्वतको कुश्मामा दलित किशोरीहरुलाई उद्यमशिलता विकास तालिम दिईएको छ । कुश्मा नगरपालिका ४ को संयोजनमा घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा तालिम दिईएको हो । तालिम दश दिनसम्म संचालन भएको थियो ।

तालिम समापन गर्दै वडाध्यक्ष मिना कमाचार्यले सिकेको सीपलाई थन्काएर नराख्न सहभागीहरुलाई अनुरोध गरिन् । उनले तालिम लिएपछि किशोरीहरुले भविष्यमा व्यवसाय गर्न सहयोग होस भन्ने आफुहरुको चाहना रहेको बताइन । तालिममा सहभागी १२ जनालाई प्रमाणपत्र बितरण गरिएको छ ।

व्यवसाय शुरु गर्दा हुने जोखिम, व्यवसाय बढाउन अपनाउने तरिका, बजार माग र आत्माविश्वास बढाउन उद्यमशिलता विकास तालिम दिइएको घरेलु तथा साना उद्योग विकास समितिका लेखा अधिकृत टेकनाथ पराजुलीले बताए ।

प्रतिकृया दिनुहोस्