बागलुङ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले जुत्ता कारखाना र चुरोट कारखाना बेचेर ठिक गरेको दाबी गरेका छन् ।

बागलुङमा भएको आमसभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले नेपाली काँग्रेसले ती कारखाना बेचेर कुनै गलत नगरेको बताएका हुन् ।
हामीले बाँसबारीको छालाको जुत्ता सिउने जत्ताचप्पल कारखाना बेच्यौं, हो हामीले बेच्यौं, हामी गर्वका साथ भन्छौ हामीले नै बेच्यौं र नीजि क्षेत्रलाई दियौं ।

यदी जुत्ता कारखाना सरकारले मात्रै चलाएको भए आज देशमा सयौं जुत्ता कारखाना खुल्ने थिएनन् उनले भने ‘हामीले जुत्ता सिउने कारखाना बेच्यौ र त्यसको बदला जनताको मुटु सिउने अस्पताल खोल्यौं ’ यसमा नेपाली काँग्रेसले के गल्ती ग¥यो । जुत्ता मात्रै सिएर बस्ने कि जनताको स्वास्थ्यको पनि ख्यान गर्ने ? त्यसैले हामीले जुत्ता कारखाना बेचेर ठिक ग¥यौं उनले भने ।

हामीले चुरोट कारखाना पनि बेचेकै हौं । भन्दिनुहोस् विश्वप्रकाशले मुसुमुसु हास्दै भन्यो नेपाली काँग्रेसले कारखाना बेच्यो भनेर । हामीले क्यान्सर लगाउने चुरोट कारखाना खोलेर त्यही हामीले क्यान्सर अस्पताल खोल्यौ जहाँ अहिले यहि चुरोट, खैनी, गुड्काका कारण मृत्यु शैयामा पुगेकाहरुको उपचार भइरहेको छ उनले भने ।

शर्माले नेपाली काँग्रेसले कारखाना बेचेर कुनै पनि गलत काम नगरेको उनले स्पष्ट पारेका हुन् । तर अहिलेको सरकारले नेपाली जनतामाथि भ्रम पैदा गरी चुनाव जितेको उनले दाबी गरे ।

प्रतिकृया दिनुहोस्