विश्वव्यापी रुपमा चर्चामा रहेको अमेरिकी सामाजिक संजाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले आफ्नो वार्षिक तलब १ दशलमब ४० डलरमात्र लिएका छन्।

सोमबार ट्वीटर कम्पनीले डोर्सेले सन् २०१८ मा २ डलरभन्दा कम पैसा तलबको रुपमा लिएको बताएको हो। कम्पनीका अनुसार गतवर्षको उनको तलब अघिल्लो वर्षकोभन्दा बढी हो।

ट्वीटरका अनुसार डोर्सेले गतवर्ष कम्पनीका विभिन्न सुविधा, बोनस, तलब लिएनन्। ट्वीटरले सुरुवातमा आफ्नो संजालमा मात्र १ सय ४० शब्द लेख्ने र पोस्ट गर्ने सुविधा प्रदान गरेको थियो।

डोर्सेले सोही सुविधालाई संकेत गर्नका लागि १.४० डलर वार्षिक तलब लिएको जनाइएको छ। यतिबेला ट्वीटरमा २ सय ८० शब्दमा आफ्ना भनाइहरु पोस्ट गर्ने सुविधा प्रदान गरिएको छ।

कम्पनीका अनुसार कार्यकारी अधिकृत डोर्सेले सन् २०१६, २०१६ र २०१७ मा समेत कम्पनीको सुविधा र बोनस लिन अस्वीकार गरेका थिए।

सन् २०१५ सेप्टेम्बर ३० देखि ज्याक डोर्से ट्वीटरका प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए।

डोर्सेले २ डलरभन्दा कम पैसा लिनुको मतलब उनी गरिब भने होइनन्। सन् २०१७ को तत्थांक अुनसार उनको ट्वीट १६ मिलियनभन्दा बढी सेयर हुन्छन्।

हाल ट्वीटरमा भएको उनको सेयर मूल्य ५ सय ५७ मिलियन अमेरिकी डलरभन्दा बढी छ। उनीसँग व्यक्तिगत ५ दशमलब ३ अर्ब डलर सम्पत्ति भएको बताइएको छ।

डोर्सेजस्तै अर्को चर्चित सामाजिक संजाल फेसबुकका प्रमुख मार्क जुकरबर्गले समेत आफ्नो वार्षिक तलबको रुपमा मात्र १ डलर लिन्छन्। यस्टै टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले त तलबनै लिदैनन्। बिजनेस इन्साइडर

 

प्रतिकृया दिनुहोस्