नेपाली काँग्रेस पर्वतका सभापछि खिमप्रसाद भुसालले शीर्ष नेताहरुलाई जिल्लामा परिचालन हुन आग्रह गरेका छन् । नेपाली काँग्रेसको महासमिति बैठकपछि शीर्ष नेतालाई कार्यकर्ताले बिहीबार पोखरामा शुरु भएको जिल्ला कोषाध्यक्षहरुको भेलामा उनले यस्तो बताएका हुन् ।

केन्द्रले कम्तिमा पनि जिल्लामा काम दिनुपर्ने कार्यकर्ताको आवाज छ । हरेक जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने व्यवस्था हुनुपर्ने कांग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालको भनाइ छ ।

पाका नेता तथा कास्कीका पूर्वसभापति शुक्रराज शर्माले कांग्रेसले अहिले जनताको आवाज बोल्न नसकेकोप्रति गुनासो गरे । ‘कांग्रेसले अहिले जनताको आवाज बोल्नु पर्ने हो, नेताहरु साहस र आँटका साथ आउन सक्नुभएन,’ शर्माले नेताहरुप्रति हेर्दै व्यंग्य गरे ।

जिल्ला नेतृत्वले केन्द्रिय नेताहरुको चर्को गाली गरेका छन् ।

काँग्रेसभित्रको गुटबन्दीका कारण नै काँग्रेस यो अवस्थामा आएको र अहिले जनतामाँझ जाने काँग्रेससँग कुनै पनि एजेण्डा नरहेको भन्दै जिल्ला नेताहरुले केन्द्रिय नेताहरको सातो खाएका हुन् ।

प्रतिकृया दिनुहोस्