राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजनबीच टीभीसी प्रसारण गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले हस्ताक्षर गरेका छन्।

सो समारोहमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको उपस्थिती रहेको थियो।

सम्झौता पछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टीभीसी नेपाल टेलिभिजनबाट दैनिक १४ पटक लामो समाचार अगाडि प्रसारण गरिने छ।

समारोहमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले दुई सार्वजनिक संस्थाको सहकार्यबाट सिनर्जी इफेक्ट हुन गई संस्था र सरकार थप बलियो हुने बताए। बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुग्ने विश्वास ब्यक्त गरे।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले दुबै संस्थाको बिश्वास र इमेज बढेर जाने बताए।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकरी अधिकृत महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, नेपाल टेलिभिजनका महाप्रवन्धक गोबिन्द रोका लगागत दुबै संस्थाका बरिष्ठ अधिकारीहरुको उपस्थिती रहेको थियो।

प्रतिकृया दिनुहोस्