चिनियाँ वैज्ञानिकहरुले बाँदरको मस्तिष्कमा मानव जीन मिसाइदिएका छन्।

गत महिना बेजिङको नेसनल साइन्स रिभ्युले प्रकाशित गरेको रिपोर्टमा ११ बाँदरमा मानव जीन हालिएको जनाइएको छ।

राज्यको संचालनमा रहेको चाइनिज एकेडेमी अफ साइन्सको मातहतमा रहेको जर्नलका अनुसार ११ वटा बाँदरमा मानव जीन हालिएको थियो।

तीमध्ये ६ वटाको मृत्यु भयो। यतिबेला पाँचवटा ज्युँदो छन्। हाल ती पाँच बाँदरमा परिक्षण भइरहेको छ।

मानव जीन भएका ती बाँदर सामान्य बाँदरभन्दा बुद्धिमानी र चलाख देखिएको बताइएको छ। चिनियाँ वैज्ञानिकहरुले बाँदर कसरी मानिसमा परिवर्तन भयो भन्नेबारे अध्ययन गरिरहेको जनाएका छन्।

यस अनुसन्धानमार्फत मानव मस्तिष्कको विकासको बारेमा धेरै उपलब्धि हासिल हुने विश्वास गरिएको छ।

चिनियाँ वैज्ञानिकले मानव मस्तिष्कमा हुने एमसिएपिएच १ जीन बादरको मस्तिष्कमा हालिदिएका छन्।

समय–समयमा ती बाँदरहरुको चलाखीपनको अध्ययन भइरहेको छ। बाँचेका बादरहरुको मस्तिष्क विस्तारै विकास भइरहेको जनाइएको छ।

मस्तिष्क विकास मानवकोजस्तै भइरहेको वैज्ञानिकहरुको भनाइ छ। विश्वका वैज्ञानिकहरुले भने यस विषयको खण्डन गरिरहेका छन्। जिनसम्पादन विज्ञानको क्षेत्रमा अवैज्ञानिक भएको उनीहरुको तर्क छ। एजेन्सी

प्रतिकृया दिनुहोस्