काठमाडौं, ०२ वैशाख । क्यान्सरलाई नै जित्न सफल बलिउड नायिका मनिषा कोइराला सगरमाथाको बेस क्याम्प पुगेर फर्किएकी छन्।

क्यान्सर जीवनको समाप्ति होइन भन्ने सन्देश दिन उनी सगरमाथा बेस क्याम्प पुगेकी थिइन्। त्यहाँ पुगेर फर्किएकी उनलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यान्सर केयर नेपालका पदाधिकारीले स्वागत गरे।

उनी १० दिनअघि बेस क्याम्प गएकी थिइन्। कोइराला क्यान्सर केयर नेपालकी मानार्थ अध्यक्षसमेत हुन्। आफूले क्यान्सर जितेपछि मनिषाले नेपालमा यससम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रममा आफैँ सहभागी हुँदै आएकी छिन्।

उनले क्यान्सरलाई कसरी जितिन् भन्ने विषयमा ‘हिल्ड, बुक अफ अनटोल्ड स्टोरी’ शीर्षकको पुस्तक दुई महिना अघि प्रकाशन भएको थियो।

प्रतिकृया दिनुहोस्