समाचारकाे विषयलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरि रिहा भएका छन्।

नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालका अनुसार गिरिलाई भोली पुनः हाजिर गर्ने गरी रिहा गरिएको हो।

महासंघका कास्की शाखा सदस्य तथा ताण्डब न्यूजडटकम (साप्ताहिक) का सम्पादक गिरिलाई समाचार प्रकाशन गरेको विषयलाई लिएर स्थानीय बिपेन्द्रराज बतासले दिएको जाहेरीका आधारमा कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको थियो। उनीविरुद्ध साइबर क्राईम अन्तर्गत पक्राउ गरिएपछि नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघ संस्थाले विरोध गरेका थिए।

समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने प्राबधानलाई लत्याउँदै पत्रकारमाथि विद्युतीय कारोबार ऐनमा कारबाही चलाउनु आपत्तिजनक रहेको भन्दै गिरिलाई तत्काल रिहा नगरिए आन्दोलन गर्ने महासंघले चेतावनी दिएको थियो।

प्रतिकृया दिनुहोस्