
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमामोदी गाउँपालिकाले एक लाख पुरस्कार राशीको अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रथम गाउँपालिका अध्यक्ष कप–२०८२ अन्तर्गत आयोजना गरिने भलिबल प्रतियोगितामा जिल्लाभरका सातवटै पालिकाबाट खेलाडी समूहले भाग लिन पाउने छन् ।
खेल अभियान मोदीको पहिचान भन्ने मुल नाराका साथ हुने खेलकुद कार्यक्रममा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा विविध खेलकुद साथै सांस्कृतिक कार्यक्रमहरु गरिने छन् । पालिकाले वडा ६ मा आयोजना गर्ने खेलकुद तथा सांस्कृतिक कार्यक्रम मंसीर १४ देखि १९ गते सम्म हुने जनाइएको छ ।
मोदी गाउँपालिकाका उपप्रमुख विमल लामिछानेले खेलकुद क्षेत्रको विकास मार्फत् जेन्जी पुस्तालाई सृजनशील र रचनात्मक बनाउन भनी विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिन लागेको बताउनुभयो । भलिबल प्रतियोगितामा धेरैजसो जेन्जी उमेर समूहका खेलाडीहरुकै बढी सहभागीता रहने लामिछानेको भनाई थियो । भलिबल प्रतियोगितामा द्धितीय हुने खेलाडी समूहलाई ७५ हजार र तृतीय हुने खेलाडी समूहलाई ५० हजार रुपैया पुरस्कार स्वरुप नगद राशी साथै शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
पालिकाले आयोजना गर्न लागेका सांस्कृतिक कार्यक्रमहरुमा नगद राशी पुरस्कारको व्यवस्था गरिएका लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, महिला रत्यौली प्रतियोगिता, महिला उद्यमी तथा व्यवसायीहरु विच म्युजिकल चेयर प्रतियोगिता लगायत छन् । अनावश्यक बढी खर्च नहोस् भनी आर्थिक मितव्ययिताकै लागि वडा ६ बालमैत्री घोषणा कार्यक्रम समेत एकैसाथ सम्पन्न गरिने दाबी पालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीको भनाई छ ।
मोदी गाउँपालिका जनजातिको बाहुल्यता र संस्कृति रहेको पालिका भएर पनि किन जनजातिको संस्कृतिलाई समेट्न सक्नु भएन भन्ने जिज्ञासामा पालिका प्रमुख हिरादेवी शर्माले खेलकुदमा प्रतियोगी टिम धेरै सहभागी हुनुपर्ने हुँदा जनजातिको संस्कृतिलाई प्रतियोगिताको रुपमा राख्न नसकेको भए पनि आइन्दा दिनहरुमा समेट्दै जाने बताउनुभयो । उहाँले खेलकुद र सांस्कृतिक प्रतियोगिताले समाजमा सकारात्मक माहौल र आत्मीय सम्वन्धको विकास गर्न सघाउने धारणा राख्नुभयो ।


१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया