News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार समाज

स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन

पर्वतको कुश्मानगरपालिकास्थित कुश्मा प्लम्विङको काम गर्दै एक युवा ।

घरमा धाराको पाइपबाट पानी चुहियो, बिजुलीको तारमा समस्या आयो, घरमा विग्रिएको ग्रिलको मर्मत गर्नु पर्‍यो भने भनेकै समयमा स्थानीयस्तरमा दक्ष कामदार पाउन मुस्किल छ । हातमा सीप र कौशल भएका युवा कामदारहरू विदेश जाँदा गाउँघरमा खोजेको व्यक्ति पाइदैन ।
प्लम्बर, इलेक्ट्रिसियन, वेल्डर तथा ग्रील निर्माण गर्ने, फर्निचर, होटल व्यवसाय लगायतमा दक्ष कामदारको संख्या घट्दै जाँदा स्थानीयस्तरमा यस्ता कामका लागि कामदार खोज्नै कठिन हुन थालेको छ । पर्वतको कुश्मा नगरपालिका ६ बस्ने पेशाले कपडा सिलाई व्यवसायी गणेश श्रेष्ठले घरमा खानेपानीको पाइप फुटेपछि मर्मतका लागि प्लम्बर खोज्दा तीन दिनपछि मात्रै भेटिएको बताउनुभयो । कामदार नआउन्जेल प्लाष्टिकले बाँधेर पानी लिक हुन रोक्नु पर्‍यो । स्थानीय उपभोक्ता श्रेष्ठ भन्नुहुन्छ–प्लम्वर मात्रै नभई अन्य क्षेत्रमा समेत कामदार भेटिए पनि तत्काल समय नदिने, टाढाबाट बोलाउनु पर्ने अनि पहिलेको तुलनामा बढी पारिश्रमिक माग्ने अवस्था बढेको छ ।Ú
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पर्वतकी प्रमुख मोति कुमारी पौडेलले हरेक आर्थिक वर्ष कम्तीमा पनि ४०० जना युवालाई व्यावसायिक तथा सीप विकास तालिम निःशुल्क प्रदान गरिदै आएको बताउनुहुन्छ । त्यसमध्ये प्लम्विङ तर्फ ४० जना र ईलेक्ट्रिसियनतर्फ ४० जनाले सीप सिक्दै आएका छन् । यसरी सीप सिक्नेहरू धेरै जसो विदेश पलायन हुने र केही मात्रै स्वरोजगार हुने गरेका छन् ।
लामोसमयदेखि पर्वतको कुश्मामा ईलेक्ट्रिसियन व्यवसायीको रूपमा काम गर्दै आउनुभएका माधव पौडेलले गाउँघरमा श्रम र सीपको अवमूल्यन गरिने बताउनुहुन्छ । काम अनुसारको ज्याला मिल्दैन भने विदेशमा यही सीप प्रयोग गरेर नेपालमा भन्दा आकर्षक आम्दानी हुने भएपछि दक्ष जनशक्ति विदेशिने क्रम बढेको हुँदा कामदार पाउन मुस्किल भएको पौडेलको भनाइ छ ।
स्थानीयस्तरमा केही अनुभवी कामदारहरूलाई आफ्नो काममा भ्याइनभ्याइ छ । कमाइ गरेको पनि राम्रै देखिन्छ । सीप सिकेका धेरै कामदार गाउँघर छोडेर बाहिरिए पनि केही भने वर्षौदेखि स्थानीय क्षेत्रमा बसेर आफ्नो सीप अनुसारको सेवा गरिरहेका छन् । मोदी गाउँपालिका वडा ५ बाजुङ घर हुनु भएका गुरुदत्त सुवेदी विगत १५ वर्षदेखि प्लम्वरको काम गर्र्दै आउनुभएको छ । महिनाको सरदर ५० हजार रुपैयाँ कमाइ गर्ने ५३ वर्षे सुवेदीले आफ्नो कामबाट कहिल्यै हात बाँधेर बस्नु परेको छैन ।
जिल्लाको कुश्मा बजार क्षेत्रसहित फलेवास, पातीचौर, बागलुङको बलेवा र विहँु आसपासका क्षेत्रबाट समेत प्लम्विङ कामका लागि सुवेदीलाई उपभोक्ताले बोलाउँछन् । सुवेदी भन्नुहुन्छर्–धेरै ठूलो भाग खोज्नु हुन्न । इमान्दारी साथ काम गर्ने हो भने केही समय पर्खेर पनि उपभोक्ताले बोलाउछन् । कमाइ राम्रै हुन्छ । गाउँघरमा प्लम्विङको काम गर्ने मान्छेको कमी हुँदा टाढाटाढा सम्म धाउनु परेको छ ।Ú
मोदी गाउँपालिका वडा २ पातीचौरका स्थानीय भिम प्रसाद शर्मा लामोसमयदेखि उद्योगीव्यवसायीको रूपमा काम गर्दै आउनुभएको छ । स्वस्तिका मेटल उद्योग र श्रीकृष्ण फर्निचर उद्योग गरी दुई उद्योग सञ्चालन गर्नुहुने व्यवसायी शर्माले सबैभन्दा ठूलो समस्या नै दक्ष कामदार नहुनु र भएका कामदार पनि विदेश पलाउन हुनु हो भन्नुहुन्छ ।
राज्यले नै उद्योगीव्यवसायीसँग भएका दक्ष कामदारले भगाउने गरेको आरोप लगाउदै शर्माले भन्नुभयो–राज्यले नै भिसा लगाएर युवालाई विदेश पठाउने नीति लिएको जस्तो देखिन्छ । युवा जति सवै विदेश पलायन हुनु खोज्छन् । उद्योगमा काम गर्न दक्ष कामदार पाउनै मुस्किल छ । काम नजानेका युवालाई महिनौ सिकाएर रोजगारी दियो । राज्यले वैदेशिक रोजगारीको अफर ल्याइदिन्छ । काम सिकेका युवाहरू विदेश जान्छन् । कामदार नभएपछि उद्यमीव्यवसायीले कसरी उद्यम गर्न सकिन्छ ।Ú

 

 

 

प्रतिक्रिया