News Portal

ताजा शिर्षकहरु

अर्थ कृषि विहादी समाचार समाज

विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती

अकबरे खुर्सानी टिप्दै ठाँटीका कृषक ज्ञानप्रसाद भुषाल ।

 

पर्वत जिल्लाको वहाँकी ठाँटी गाउँका धेरै जना वैदेशिक रोजगारीका लागि विदेश हानिदा युवा भुषाललाई पनि मन आएको थियो । स्वदेशमा भनेजस्तो रोजगारी नहुनु र यातायात व्यवसायबाट नोक्सानी व्यहोर्नु परेपछि युवा ज्ञानप्रसाद भुषालको मनमा विदेश जाने विचार पलाएको थियो ।
आफ्ना वृद्ध बाबुआमा र जहान परिवारलाई छोडेर खाडी मुलुक गैहाल्ने भन्ने युवा भुषालको मनमा थिएन तर आर्थिक रूपमा व्यवहारले कठिन भएपछि बाध्य हुन परेको थियो । भुषाल पासपोर्ट बोकेर काठमाडौँ छिरेको केही दिनमा भिषा लाग्ने र यता घरमा आमाको मृगौलामा गंम्भीर समस्या देखापर्नु एकै समय जस्तै भयो ।
आमाको सेवाका लागि विदेश जान बोकेको कुम्लो फाल्ने निर्णय गरी भुषालले घर वरिपरीको बाँझो जग्गामा अकबरे खुर्सानीको खेती गर्ने सपना बुन्न थाल्नु भयो । सपना मात्रै नभएर अकबरेको व्यासायिक खेती थाल्नु भयो । अहिले कृषक भुषाल अकबरे खुर्सानीबाट सोचजस्तै उत्पादन र आम्दानी भएपछि भने हर्षित हुनुहुन्छ ।
घरमा बसेर पनि गुजारा धान्ने कसरी भन्ने चिन्ताले पिरोलिदै गर्दा जिल्लाको विहादी गाउँपालिका वडा ४ वहाँकी ठाटी लिङसिङ लामाखर्कका ३४ वर्षे युवा कृषक भुषालले थालेको अकबरे खुर्सानीको व्यावसायिक खेतीले राम्रै आम्दानी भएको छ । घर वरिपरी बाँझो छोडिएको करीव ५ रोपनी क्षेत्रफलको जग्गामा लगाइएको ३ हजार खुर्सानीको बोटबाट कृषक भुषालले टिप्न थालेको पहिलो हप्तामै १ लाख बढी आम्दानी गर्न सफल भएको बताउनुभयो । खुर्सानीले आम्दानी दिन थालेपछि कृषक भुषाललाई प्रदेश अस्पताल कुश्मामा डायोलायसिस गराउदै आउनुभएकी ६१ वर्षीय आमा हुमकला शर्माको उपचार खर्च जुटाउन कुनै समस्या छैन ।
कृषक भुषालले भन्नुभयोर्– मकै र कोदो लगाउँदा खासै आम्दानी हुने थिएन । यो सिजनको पहिलो चरणको खुर्सानीको आम्दानी हेर्दा टिप्दा हप्ताभित्रमा करीव एक लाख मूल्य बराबरको खुर्सानी विक्री गरिसकेको छु । यसवर्ष वार्षिक १० लाख मूल्य बराबरको खुर्सानी विक्री गर्ने लक्ष्य छ ।Ú भुषालले अर्को वर्ष थप १० हजार बोट लगाएर वार्षिक २० लाख आम्दानी गर्ने योजना रहेको बताउनुभयो ।
एक–एक बोटबाट एकै पटकमा दुई दाना मात्रै टिप्दा पनि आफूले लगाएको ३ हजार बोटबाट करिब ६० किलो खुर्सानी संकलन हुने कृषक भुषालले बताउनुभयो । कृषक भुषालका अनुसार बोटमा एकैपटक धेरै फल लाग्ने भएकाले सबै खुर्सानी एकैचोटि टिपिदैन । पाकेका दुई–दुई वटा दाना मात्रै टिप्दै जाँदा पनि एकपटकमा करिब ६० किलो उत्पादन संकलन हुने गरेको छ ।
स्थानीय बजारका साथै पर्वत सदरमुकाम कुश्मा र पोखरामा समेत अकबरे खुर्सानीको माग उच्च रहेकाले अहिलेसम्म बिक्रीमा समस्या नभएको कृषक भुषालले बताउनुभयो ।
कृषक भुषालका अनुसार कृषि विकास कार्यालय पर्वतले तरकारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत प्राविधिक सेवा सहयोग गर्नुका साथै विउ, मर्चिङ प्लाष्टिक, मल र हाते ट्याक्टर गरी करीव ५० हजार मूल्य बराबरको अनुदान उपलब्ध गराएको थियो । अकबरे खेतीका लागि गाउँकै अर्गानिक गोठे मलखादको प्रयोग गरिएको छ । कृषक भुषालले गत वैशाखको पहिलो महिना लगाएको अकबरे खुर्सानी असारको तेस्रो हप्तातिरबाट करीव ३ महिनाभित्रै टिप्न थालेको बताउनुभयो ।

प्रतिक्रिया