News Portal

ताजा शिर्षकहरु

खेलकुद समाचार समाज

पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति

म्याराथन प्रतियोगितामा पहिलो हुने राजन मेयोङवा ।

 

पहिलो पटक पर्वत जिल्ला टेकेका युवाले दुर्लुङको कोटगाउँमा आयोजित हाफ म्याराथन प्रतियोगितामा प्रतिस्पर्धीमध्ये पहिलो बन्न सफल भएका छन् । दौडमा पहिलो भई एक लाख राशीको पुरस्कार हात पारि लखपति समेत युवा मेयोङवा बनेका छन् ।
म्याराथन प्रतियोगिता हुँदैछ भन्ने खवर पाएपछि २७ वर्षे युवा राजन मेयोङवा खेलमा भाग लिने र घुम्न पनि पाइने भनी पर्वत आउनु भएको हो । पाँचथर घर भएका युवा मेयोङवाले प्रतिस्पर्धीलाई पछि पार्दै १ घण्टा २५ मिनेटमा हाफ म्याराथन पूरा गरेका हुन् । सो प्रतियोगितामा पर्वतको कुश्मा नगरपालिका १३ का सरोज कुँवरले १ घण्टा २६ मिनेटमा निर्धारित दूरी पार गरी दोस्रो स्थान हासिल गर्न सफल हुनु भएको थियो भने तृतीय स्थान हासिल गर्ने संजय राईले १ घण्टा २९ मिनेटमा दौड पूरा गर्नुभएको थियो ।
त्यसैगरी चौथो स्थान प्राप्त गर्ने राजेन्द्र राईले १घण्टा ३५ मिनेट, पाँचौ स्थान हासिल गर्ने गोपाल तामाङले  १ घण्टा ३७ मिनेट मा दौड पूरा गर्नु भएको प्रतियोगिताका प्रम्ुख रेफ्री जगदिश कुँवरले बताउनुभयो । प्रतियोगितामा भाग लिएका ६५ जना मध्ये ३३ जना धावकले दौड पूरा गरेको आयोजकले जनाएको छ ।
ऐतिहासिक तथा धार्मिक महत्त्वको दुर्लुङकोट गाउँमा एक लाख पुरस्कार राशीको खुला हाफ म्याराथन प्रतियोगिता शनिवार सम्पन्न भएको छ । दुर्लुङकोट म्याराथन समाजको आयोजनामा दुर्लुङकोट गाउँमा पहिलोपटक प्रतियोगिता भएको हो । आयोजक म्याराथन समाजका अध्यक्ष भिम बहादुर गुरुङका अनुसार दुर्लुङकोट क्षेत्रको पर्यटन प्रवद्र्धन, खेलकुदको विकास तथा स्थानीय युवाहरूलाई खेलकुदमा आकर्षित गर्ने लक्ष्य सहित प्रतियोगिताको आयोजना गरिएको हो ।
समाजका सचिव भिम प्रसाद शर्माका अनुसार मोदी गाउँपालिकाको पातीचौरबाट सुरु भएको हाफ म्याराथन प्रतियोगिताको मार्ग भ्याप्ले, अम्बोट, परादी, चुवा, खरेहा हुँदै दुर्लुङचोक रहेको थियो भने दुर्लुङचोकदेखि गोदाम, सल्यान, देउराली र कोेटथर हुँदै कोटगाउँ पुगेर सम्पन्न भएको हो ।
आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुनेले एक लाख रुपैयाँ, द्धितीयले ६० हजार रुपैयाँ, तृतीयले ४० हजार रुपैयाँ, सान्त्वना हुने दुई जनाले २०–२० हजार रुपैयाँ र पाँचौ हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया