
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वत जिल्लाको कुश्मा नगरपालिकास्थित ऐतिहासिक तथा धार्मिक महत्त्वको दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको खुला म्याराथन प्रतियोगिता हुने भएको छ । दुर्लुङकोट म्याराथन समाजको आयोजनामा आगामी असोज ३१ गते दुर्लुङकोट गाउँमा पहिलोपटक प्रतियोगिता हुन लागेको हो ।
आयोजक म्याराथन समाजका अध्यक्ष भिम बहादुर गुरुङका अनुसार दुर्लुङकोट क्षेत्रको पर्यटन प्रवद्र्धन, खेलकुदको विकास तथा स्थानीय युवाहरूलाई खेलकुदमा आकर्षित गर्ने लक्ष्य सहित प्रतियोगिताको आयोजना गर्न लागिएको हो । पर्वतकै मोदीगाउँपालिकामा पर्ने पातीचौरबाट सुरु हुने म्याराथन प्रतियोगिताको मार्गमा विभिन्न धार्मिक तथा पर्यटकीय स्थललाई समेटिएको आयोजकको भनाइ छ ।
समाजका सचिव भिम प्रसाद शर्माका अनुसार पातीचौरबाट सुरु हुने म्याराथन प्रतियोगिताको मार्ग भ्याप्ले, अम्बोट, परादी, चुवा, खरेहा हुँदै दुर्लुङचोक रहेको छ भने दुर्लुङचोकदेखि गोदाम, सल्यान, देउराली र कोेटथर हुँदै कोटगाउँ पुगेर सम्पन्न हुन्छ । हाल्फ म्याराथन प्रतियोगिता सम्पन्न हुँदासम्म सहभागीहरूले २९ किलोमिटरको पैदलयात्रा पूरा गर्ने छन् ।
आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुनेले एक लाख रुपैयाँ, द्धितीयले ६० हजार रुपैयाँ, तृतीयले ४० हजार रुपैयाँ, सान्त्वना हुने दुई जनाले २०–२० हजार रुपैयाँ र पाँचौ हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई ट्रफीसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन असोज २३ गतेसम्म नाम दर्ता गर्न सकिने उल्लेख गरेको भएपनि आयोजकले समयावधि बढाएर २८ गतेसम्म नाम दर्ता गर्न सकिने बताएको छ ।
नाम दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको प्रतियोगितामा हालसम्म ३० जना बढीले नाम दर्ता गरिसकेका छन् भने सम्पर्कमा धेरै आएको आयोजकको भनाइ छ । आयोजकका अनुसार कम्तीमा पनि एक सय प्रतियोगीले प्रतियोगितामा सहभागीता जनाउने विश्वास लिइएको छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया