
१इजरायलमा नेतान्याहु समर्थक गठबन्धनलाई कडा चुनौती
२यसपाली दशैंलाई फर्केर हेर्दा…
३पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
४दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
५पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
६महिलालाई क्याबिनको टिकट नदिन आग्रह
७दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
८कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
९पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
१०विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
११स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह
६इजरायलमा नेतान्याहु समर्थक गठबन्धनलाई कडा चुनौती
७यसपाली दशैंलाई फर्केर हेर्दा…

नेपाल यातायात व्यवसायी राष्ट्रीय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले दसैका बेला महिलालाई चालकको छेउमा रहेको क्याबिनमा बस्ने गरी टिकट नदिन यातायात व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
दसैंमा यात्रुको चाप बढ्ने र टिकट अभाव हुन सक्ने अवस्थालाई ध्यान दिँदै महिलालाई चालकको छेउको क्याबिनमा यात्रा गराउने गरी टिकट बिक्री नगर्न उहाँले व्यवसायीलाई आग्रह गर्नुभएको हो । अध्यक्ष सिटौलाले चाडपर्वका समयमा यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यातायात सेवा सञ्चालन गर्नुपर्ने बताउनुभयो । सिटौलाले यात्रुलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन व्ववसायी, चालक तथा सहचालक जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
यातायात व्यवसायीले अध्यक्ष सिटौलाको आग्रहलाई स्वीकार गरेमा महिलाहरू खागरी सार्वजनिक बस चालकको छेउको क्याविन सिटमा बसेर यात्रा गर्न पाउने छैनन् । अध्यक्ष सिटौलाको आग्रहलाई महिला अधिकारकर्मीले कसरी लिने हुन् यो भने हेर्न बाँकी छ ।
दसैंको समयमा खासगरी काठमाडौं, भैरहवा, नेपालगंज, बुटवल, नारायणगढ, पोखरा लगायत ठूला शहरबाट गाउँघर फर्कने सर्वसाधारणको घुँइचो लाग्छ । सर्वसाधारण गाउँघर फर्केसँगै शहरबजार क्षेत्र चाडवाडको बेला सुनसान जस्तै देखिन्छन् ।
चाडवाडको बेला सवारीसाधनमा हुने अत्यधिक भीडलाई व्यवस्थित गर्न थप सवारीसाधन सञ्चालन, यात्रुको क्षमताअनुसार मात्र यात्रु राख्ने र चालकलाई आरामको उचित व्यवस्था गर्न समेत महासंघले व्यवसायीलाई आग्रह गरेको छ ।
चाडवाडको बेला यात्रा गर्ने सर्वसाधारण यात्रुहरूले महंगोमा टिकट खरीद गर्नुपर्ने, यात्रामा घुँइचो हुँदा असहजता व्यहोर्नुपर्ने, अत्यधिक भिडले दुर्घटनाको खतरा रहने जस्ता समस्या झेल्दै आउनु परेको गुनासो आउने गरेको छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया