
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

नेपाल प्रेस युनियन पर्वतको सातौ अधिवेशनले नेतृत्वमा पत्रकार महिलालाई जिम्मेवारी सुम्पिएको छ । प्रेस युनियन पर्वतको आइतवार कुश्मामा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा विष्णु गौतम सर्वसम्मत चयन हुनुभएको हो ।
विगत लामोसमयदेखि जिल्लाको पत्रकारिता क्षेत्रमा क्रियाशील रहदै आउनुभएकी पत्रकार गौतमले रेडियो दिदीवैनीबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभएको हो । वि.संं.२०६६ तिरबाट रेडियो दिदीवैनीमा जोडिनु भएकी गौतमले केही वर्ष स्थानीय कालीगण्डकी टेलिभिजनमा समाचार बाचिका साथै कार्यक्रम प्रस्तोताको रुपमा आफूलाई सक्रिय बनाउनु भएको थियो ।
पे्रस युनियन पर्वतको अध्यक्ष चयन हुनुभएकी पत्रकार गौतमले नेपाली पत्रकारिताले सामना गर्नु परेको विभिन्न चुनौती र समस्याबाट पार पाउन अब जनताको पीरमर्कालाई नै समाचारको केन्द्रविन्दु बनाएर हिड्नु पर्नेमा जोड दिनुभयो । जनताको वास्तविक पीडा र कठिनाईलाई कलमले बोक्न सके मात्रै पत्रकारिता क्षेत्रको अस्तित्व जोगिन सक्छ भन्ने विचार पत्रकार गौतमको छ ।
संचार सम्वद्ध संस्था संचारिका समूह पर्वतको अध्यक्ष तथा प्रेस युनियन पर्वतकी उपाध्यक्ष रहिसक्नु भएकी पत्रकार गौतम हाल आफैले संचालन गरेको धौलागिरि मिडिया अनलाइनमा कार्यरत हुनुहुन्छ । प्रेस युनियन पर्वतको अध्यक्षमा पुरा तीन वर्षे अवधिका लागि चयन हुनुहुने पत्रकार गौतम पहिलो महिला पनि हो । यसअघि युनियनको पाँचौ जिल्ला अधिवेशनबाट प्रेस युनियन पर्वतको अध्यक्षमा महिला पत्रकार माया अधिकारी चयन भए पनि अवधि करीव डेढ वर्ष मात्रै थियो । पाँचौ अधिवेशनमा अध्यक्षका उम्मेदवारहरु उत्तम अधिकारी र माया अधिकारी विच प्रतिस्पर्धा हुँदा बराबर मत आएपछि गोला प्रथाबाट चयन गरी आलोपालो जिम्मेवारी दिइएको थियो ।
अध्यक्ष गौतमको नेतृत्वमा ११ सदस्ययीय कार्यसमिति गठन गरिएको जनाइएको छ । समितिमा उपाध्यक्षमा योगराज गिरी बद्री र इन्दिरा शर्मा, सचिव मुनाकुमारी खत्री लामिछाने, कोषाध्यक्ष पुजा शर्मा, सहसचिव मीना पराजुली त्यसैगरी सदस्यहरुमा बसन्त बास्तोला, अस्मिता गौतम, सुरेश रेग्मी, सन्तोष पराजुली, खिममाया पाइजा गिरी रहेका छन् ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया