News Portal

ताजा शिर्षकहरु

कृषि खेलकुद शिक्षा समाचार समाज

पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना

पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा आयोजित मेलाको व्यानर फोटो ।

पर्वत जिल्लामा सामाजिक तथा शैक्षिक सक्रिता जनाउदै आएको पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजले दशैंको अवसर पारेर मेलाको आयोजना गर्ने भएको छ ।
कुश्मा नगरपालिका वडा १० स्थित वितलवमा आयोजना गरिने मेला आगामी असोज २९ देखि ३१ गतेसम्म सञ्चालन हुने बताइएको छ । मेलाका अवसरमा पूर्व विद्यार्थी पुनर्मिलन तथा शुभकामना आदानप्रदान, वडास्तरीय भलिबल प्रतियोगिता, कृषि प्रदर्शनी र विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन गरिने समाजका अध्यक्षले बताउनुभयो ।
त्यसैगरी मेच घुमाउने, लठ्ठो तान्ने, ज्योति काट्ने तथा विशेष आकर्षणका रूपमा ४० वर्ष माथिका अग्रजहरू बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता पनि आयोजना गरिनेछ । प्रतियोगिताको विभिन्न विधामा जित हासिल गर्ने समूह या व्यक्तिलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ ।
समाजका अध्यक्ष सन्तोष पौडेलका अनुसार मेला मनोरञ्जनमा मात्र सीमित नभई पुराना सम्बन्धलाई पुनः जोड्ने, नयाँ पुस्तालाई संस्कार र परम्परासँग परिचित गराउने तथा गाउँसमाजमा आपसी सद्भाव, भाइचारा र एकता कायम गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।
विगतमा विभिन्न गतिविधि सञ्चालन गर्न सहयोग पुर्‍याउने सम्पूर्ण पूर्व विद्यार्थी, अग्रज, स्थानीयबासी तथा शुभेच्छुकलाई यस पटक पनि सहयोग, सहभागिता र सद्भावका लागि समाजले आग्रह गरेको छ ।  कार्यक्रम सबैको साझा भएकाले आफ्नो कार्यक्रम सम्झेर उपस्थित भई सफल बनाउन समाजका सचिव दामोदर पौडेलले सबैमा आग्रह गर्नुभयो ।
यसअघि विद्यार्थी समाजले तीजको अवसरमा आयोजना गर्ने भनिएको मेला भोटेकोशी बाढी लगायतका कारण देशमा विषम परिस्थिति बन्न पुगेपछि स्थगित गरिएको थियो ।

 

प्रतिक्रिया