
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

नेपाल पत्रकार महासंघ पर्वत शाखाका संस्थापक अध्यक्ष भोलानाथ शर्माले बाढीपीडितको सहयोगका लागि स्थापना गरिएको राहत कोषमा एक लाख रुपैयाँ सहयोग गर्नु भएको छ ।
पेशाले अधिवक्ता समेत रहनु भएका शर्माले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको राहत कोषमा शर्माले व्यक्तिगत तर्फबाट रकम प्रदान गर्नुभएको छ । सोमबार कृषि विकास कार्यालय कुश्मा पर्वत शाखाबाट शर्माले राहत कोषमा रकम वचत गरिदिनु भएको हो ।
विपद्का बेला पीडित परिवारलाई राहत उपलब्ध गराउन सवै क्षेत्रबाट सहयोग आवश्यक पर्ने भन्दै शर्माले आफ्नो तर्फबाट सक्दो सहयोग गरेको बताउनुभयो । उहाँले विपदमा परेका नागरिकको पीडामा साथ दिन सबैलाई आ–आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह समेत गर्नु भएको छ ।
स्थानीय कालीगण्डकी दैनिक र अभिमत साप्ताहिक पत्रिकाको सम्पादक रहनु भएका शर्मा पर्वतको कुश्मा नगरपालिका स्थित वडा ५ बसोबास गर्नुहुन्छ । शर्मा पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहुन्छ । पत्रकार तथा अधिवक्ता शर्माले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढीपीडितका लागि सहयोग गर्नु भएको हो ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया