
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

आध्यात्मिक यात्राको पहिलो झलक आँसु हो । पहिलो झलक आँसु भन्दा कतिपयलाई अचम्म लाग्न सक्छ । यो स्वभाविकै हो । मानिसको नयनबाट झर्ने आँसुको बडो गजब कथाव्यथा हुन्छ । आँसु झर्ने तरीका र लय फरक फरक हुन्छ । दुई थोपा आँसु सिधासिधै व्यक्तिको भावसँग जोडिएको हुन्छ । आँसु भावनाको समग्र रुप पनि हो । तिमीले तिम्रो आँसुलाई असली मित्रको रुपमा समेत लिन सक्छौ । दुई थोपा आँसु झरेसँगै तिमीले भावना पोखिएको बोध गर्नेछौ । भावना सुखद पनि हुन्छ र दुखदायी पनि हुनसक्छ । यहाँ भने यी दुवै कुरा उल्लेख गर्न नभई करुणाको आँसुबारे बोल्न खोजिदै छ । जुन आध्यात्मिक यात्राको एक यात्रीसँग जोडिन्छ ।
करुणाको आँसु आध्यात्मिक यात्राको पहिलो झलक हो । करुणाको आँसु जोकोहीमा रसाउन सक्दैन । करुणाको आँसु रसाउनका लागि बुद्धि भन्दा पर मुन्छेको मन हुत्तिएको हुनुपर्छ । मान्छे स्वभाविकै परपीडक मनोदशाबाट ग्रसित छ । अर्कोको दुःखमा रमाउने मान्छेको मनमा करुणाको जागृति हुनु मरुभूमिमा शीतल एक मुठी जलको खोजी गरे जस्तै हो । मनमा करुणा जगाउन मात्रै पनि एक व्यक्तिलाई वर्षौको त्याग, तपस्या र साधनाको आवश्यक पर्छ । त्यो भन्दा पनि बढी अझ भन्नुपर्दा गुरुको आर्शीवादको खाँचो पर्दछ ।
मान्छेले हरपल सुखबोध गर्न चाहन्छ । भौतिक सुखको खोजमा उ तड्पिन्छ । सुखको खोजीमा अनेकौ फन्का मार्छ । बत्तीको पुतली जस्तै भौतिक सुखको खोजमा व्यक्तिले इहलिला समाप्त गर्छ तर अन्त्यमा हात लाग्यो शुन्य भइरहेको हुन्छ । मुन्छेलाई भौतिक सुख र आध्यात्मिक गहन सुखको अन्तर नै पत्तो हुँदैन । भौतिक क्षणभंगुर सुखलाई नै सत्य सुख ठान्ने भ्रंम पालेको हुन्छ । सुखको खोजमा भौतिक वस्तुको संग्रहमा सारा उर्जा सकाउने मान्छे भनेको उही कुकुरले हड्डी चपाएजस्तै हुन् ।
मान्छेको नयनबाट करुणाको आँसु झर्न नसकेसम्म साँचो सुख कहिल्यै पनि हात पर्न सक्दैन । फेरि प्रश्न उठ्न सक्छ कि यो करुणाको आँसु के हो ? कसरी झर्छ ? मनमा करुणाको वृक्ष हुर्काउन पर्छ । यसका लागि तिमीले आफ्नै मनलाई मलजल गर्नुपर्छ । मलजल भनेको ज्ञान हो । मनलाई ज्ञानले सिञ्चित गर्नु हो । शिक्षा आर्जन गर्नु र ज्ञान लिनु भन्नु पनि फरक कुरा हो । शिक्षा आर्जन गर्ने मान्छेको मन ज्ञानी हुन्छ भन्नु पनि भ्रंम हो । यो बडो गजबको कुरा छ । शिक्षा आर्जन गर्ने मान्छे ज्ञानी भइदिने भए यो समाजमा भ्रष्ट किन हुन्थे र ? पढेलेखेका सरकारी सेवाको उच्च पदाधिकारी भइसकेका व्यक्तिले झन् बढी भ्रष्टचार गरेका उदाहरण देख्दा मानिसहरु दिक्क छन् ।
रजनीश ओशोले भने जस्तै जब बुद्धिले काम गर्न छोड्छ । बुद्धि भन्दा पारको विषयबाट आध्यात्मिकता सुरु हुन्छ । बुद्धिकै कसरतमा रमाउने मान्छेको आध्यात्मिक यात्रा धेरै टाढाको कुरा हो । धेरै मान्छेको जिन्दगी दैनिक नाफाघाटाको हिसाबकितावमा अल्झिएर जान्छ । आध्यात्मिक यात्राको प्रारम्भ तब मुन्छेले गर्न खोज्दछ जब उसले आफूले आफैलाई जीवनजगतको गहन वास्तविक तर नबुझ्ने बेलासम्मको भ्रंमबारे बुझाएको हुन्छ । भ्रंमको पर्दा च्यातच्यूत भई भौतिक संसारदेखि आध्यात्मिकतातर्फको यात्रामा आँसु एक उर्जा जस्तै बनिदिन्छ । भौतिक संसारमा दुई थोपा आँसु कहिकतै कम मूल्यको सावित होला तर त्यही आँसु आध्यात्मिक साधनातर्फ अगाडि बढेपछि अमूल्य भइदिन्छ । हल्का नभई ग¥हौ हुनपुग्छ ।
आँसु केवल तरल पदार्थ मात्रै रहदैन । आँसु एक आध्यात्मिक बोध हो । करुणा हो । जागरण हो । दुखसुख र हाँसोरोदनमा झर्ने आँसुलाई आध्यात्मिक रुपान्तरणको आँसुमा रुपान्तरण गर्नु नै वास्तविक क्रान्ति हो । आँसुको आध्यात्मिक क्रान्तिकारी रुपान्तरणले मात्रै मानिस वास्तविक स्वतन्त्र बन्छ । आँसुको बोध हुनु भनेको आफू आफैभित्र फर्कनु हो । आफ्नो वास्तविकतालाई बुझ्नु नै आँसुको मर्म हो । भौतिक संसारको दुखसुखमा झर्ने आँसु र आध्यात्मिक यात्रातर्फको आँसुको मर्म नै फरक छ ।
भौतिक संसारमा पनि मानिसले यसै आँसु बगाएको हुँदैन । आँसु बग्न पनि खास अर्थ र मर्म लुकेको हुन्छ । विना कारण अनायाशै आँसु बग्दैन । अझ छोरा मान्छे रुनु हुन्न भन्ने भाष्य छ । रुनु हुन्नको मतलब छोरा मान्छेको आँखाबाट आँसु बग्न सक्दैन भन्ने होला । के छोरा मान्छे जड हो ? आँखाबाट आँसु नै नबग्ने । यहाँनेर पनि अचम्मको कुरा के छ भने आँसु झर्ने भनेको मनको कमजोर मान्छे हुन्छ जस्तो भनाई राखिन्छ । यो कुरा गलत हो । मानिस मन, बुद्धि, विवेक र भावनाको समस्टि रुप हो । यी सप्पै कुराको सार आँसु हो ।
आकाशबाट जल वर्षिन पनि प्रकृतिको आफ्नै लय र प्रक्रिया पुरा गरेको हुनुपर्छ । प्रकृतिले जलचक्र बनाइदिएको छ । प्रकृतिमा जलचक्र पुरा गरी वर्षिने जलको जति महत्व छ उति नै मानव जीवनमा आँसुको महत्व छ । जलले माटोलाई जीवन दिए जस्तै आँसुले मानिसलाई जीवनबोध दिएको हुन्छ । मानिस पंचतत्वकै उपज हो । मानिस मृत्यु पश्चात पंचतत्वमै विलिन हुने हो । मानिसलाई आँसुले मात्रै पंचतत्वको बोध दिलाइ दिएको हुन्छ । पंचतत्वको वास्तविक बोधका लागि पनि आध्यात्मिकता अति आवश्यक छ ।
मानिसले प्रेम, विछोड, प्राप्ति, सुख, दुख, सफलता, असफलता अनेक अनेक परिस्थिति र घटनामा आँसु बगाउँछ । मानिसले बगाउने आँसु चाहे पीडाको होस् या हर्षका नै किन नहोस् । भौतिक जगतमा बग्ने आँसुको भौतिक शरीरसँगै अर्थ रहन्छ । आध्यात्मिक मार्गमा हाम फालिसकेको मुन्छेको आँसुले हरेक पल जीवनको गहन सुख र शान्ति तर्फ रुपान्तरण गराइदिन्छ । भौतिक संसारमा भौतिक वस्तु पाउनु र गुमाउनुले दिने आँसु भौतिक चीज जस्तै अल्पकालीन हुन्छ भने आध्यात्मिक पथमा मिल्ने आँसुले गहन सुख र शान्तितर्फ मान्छेको भाव रुपान्तरण गर्दै लैजान्छ ।
हिजोआज मान्छे आँसुको भाका र मर्म बुझ्न असमर्थ बन्दै गएको छ । यसो किन भएको छ भने कतिपयले आँसुको पनि झुठो खेती गरिरहेका हुन्छन् । व्यक्तिगत र सीमित स्वार्थ सिद्धिका लागि आँसुको व्यापार गर्न मुन्छेले खोज्दछ । आफ्नो खुशीका आँसुका लागि अर्कोको खुशीको आँसु बढाउन सक्नुपर्छ तर यहाँनेर ठीक आफ्नो खुशीका लागि अर्कोको खुशी खोस्न लालायित भइरहेको देखिन्छ । अर्कोको खुशीको आँसु खोस्नु भनेको आफू आफैबाट डिभोर्सी हुनु हो ।
आफ्नो आत्माबाट आफै मानिस डिभोर्स भइरहेको छ । भौतिक जगतमा अहिले श्रीमानश्रीमतीको डिभोर्स भइरहेको घटना बढ्दो सुनिन्छ । यसको खास कारण आफूभित्रको मबाट डिभोर्स भइसक्नु प्रमुख कारण हो । आफूले आफैलाई मानिसले चिन्न, बुझ्न र प्रेम गर्न भुलिसकेको छ । आफूलाई विर्सनु भनेको नै असली डिभोर्स हो । आफूभित्रको परमतत्व अर्थात म भन्ने तत्वलाई भुल्नुको परिणाम आज मान्छेले आँसु समेत डुप्लिकेट झराल्न खोज्दैछ । गोहीको आँसु भन्छ नि आज धेरै मानिसहरु अर्कोको दुखमा देखावटी आँसु झरालिरहेको हुन्छ । गोहीको आँसु भनेजस्तै मानिसले आँसु झराल्नु भनेको मानिसले आफ्नो सतोगुण गुमाइसकेको छ ।
मानिस गोहीको आँसु बगाउदा बगाउदै आफूलाई बढी भन्दा बढी पीडा र दुखको भवसागरमा कहिल्यै उम्कन नसकिने गरी डुबाउदै छ । यो गलत दिशा र खतरनाक मोडबाट आजको मानिसलाई कसरी रुपान्तरण गरी आध्यात्मिक पथमा ल्याउने भन्ने विषय अहंम हो । मानिसको मन उजाड र बञ्जर बन्दै गइरहेको छ । यसलाई पुराका पुरा बदल्नुपर्छ । मानिसको मन बदल्ने भन्ने कुरा पक्कै पनि सजिलो छैन । शरीरको कुनै भागमा लागेको क्यान्सर बरु मेटाउन अहिलेको विकसित चिकित्सकीय विज्ञानबाट सजिलो होला तर मान्छेको मनलाई बदल्नु सजिलो छैन । अझै आध्यात्मिक पथमा रुपान्तरण गर्नु थप कठिन छ ।
आध्यात्मिक पथको पहिलो शर्त नै मानिसको आँशुमा पवित्रता हुनुपर्छ । मानिसले निकाल्ने र खसाल्ने गोहीको आँसुको आध्यात्मिक यात्रामा कुनै मूल्य छैन । निर्मल, कञ्चन, पवित्र, प्रेमिल, निस्वार्थ मनको भवसागरबाट निस्कने आँसु नै आध्यात्मिक पथको सच्चा प्रमाण हो । नजिकै कोही मान्छे विमार भइ तड्पिएको छ । कोही भोकले तड्पिएको छ । कोही शोकले तड्पिएको छ । दुखमा रोइरहेको मान्छेको आँसु देखेर मन नरुने मानिस कसरी असल मानिस हुन्छ ? आपत र विपतमा पर्दै छट्पटिएको एक मानव आत्माको दुःखमा पनि करुणाको आँसु नबग्ने व्यक्ति आध्यात्मिक हुन कदापि सक्दैन । आध्यात्मिक हुनुको पहिलो शर्त नै करुणाको आँसु नयनमा छचल्किन सकोस् । अर्कोको दुःखले आफ्नो मनलाई पनि छोएको होस् । मनमा करुणा, दया, प्रेम, निश्छलता नभएको मान्छे आध्यात्मिक व्यक्तित्व हुँदै होइन ।
मनमा दया, करुणा, शान्ति, सद्भाव, निश्छलताले भरिभराउ हुनु नै आध्यात्मिक व्यक्तिको असली पहिचान हो । तिमीसँग लाखौ र करोडौ रुपैया हुनुपर्छ भन्ने छैन । तिमीले करोडौ रकम दान दिएको हुनुपर्छ भन्ने पनि छैन तर तिमीमा दोस्रोको दुखमा त्यो नयनबाट निश्छल आँसु बग्दै शुभभाव व्यक्त गर्दछौ भने पनि तिमी आध्यात्मिक पथिक बन्न सक्छौ ।
आध्यात्मिक पथिक बन्नका लागि दोस्रोलाई शुभभाव राख्न सक्नुपर्छ । जब तिमी अर्को मानिस प्रति शुभभाव दर्शाउँछौ भने तिमीभित्रको परमात्माले तिमीलाई शुभभाव दर्शाउँछ । जव तिमीभित्रको परमात्माले शुभभाव दर्शाउँन थाल्छ तव परमतत्व यानेकि शिवतत्वले पनि तिमीलाई सुख, आनन्द र शान्तिको वर्षा दिलाइदिन्छ । तिमीमा सुखका आँसु वर्षिने छन् अनि तिमी आध्यात्मिक यात्राको असली यात्रीको हकदार हुनेछौ । शिवतत्वको लयमा ध्यानसाधना मार्फत् मग्न हुँदै आनन्दविभोर भई झर्ने सुखबोधको आँसु कस्तो होला ? यो पलको बोध त एक सच्चा साधकलाई नै पत्तो होला ।
ओम् ।
–लेखक प्रनिश गिरी साहारापाटी डटकम अनलाइन पत्रिकाको सम्पादक हुनुहुन्छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया