
१देव–नारायण अक्षय कोष प्रतिष्ठानको आठौं वार्षिकोत्सव सम्पन्न
२पर्वतको उत्तरी भेगका कृषकहरु ओखर खेतीमा जुटे
३जिल्लामै एसईई दिनेको संख्या घट्दो छँदा नारायण माविको बढ्दो
४मध्यावधि निर्वाचनमा देखिएको नयाँ अभ्यास
५रास्वपाका उम्मेदवार भुषालको पर्वतबाट शानदार विजय
६पर्वतमा यसपाली बाजी मार्ने उम्मेदवार को ?
७पर्वतको विकास सम्भावना र उम्मेदवार चयन
८पर्वतबाट ४ उम्मेदवारबिच कडा प्रतिस्पर्धा
१०पर्वतमा उम्मेदवारबिच बहसको माग, भएन पहलकदमी
११पर्वतको श्रीकाङ गाउँमा युवा विदेशिएपछि युवा क्लव सुनसान
१२पर्वतमा पहिलोपटक उम्मेदवारबिच बहसको माग
१पर्वतको विकास सम्भावना र उम्मेदवार चयन
२पर्वतबाट ४ उम्मेदवारबिच कडा प्रतिस्पर्धा
३नयाँ युवाको उम्मेदवारीसँगै पर्वतको विकास र संम्भावनाबारे बहस
४फलेबासको विचार गोष्ठीले नयाँ राजनीतिक तरंग ल्याउने अड्कल
५पर्वतमा पहिलोपटक उम्मेदवारबिच बहसको माग
६मध्यावधि निर्वाचनमा देखिएको नयाँ अभ्यास
७पर्वतमा यसपाली बाजी मार्ने उम्मेदवार को ?
८पर्वतको श्रीकाङ गाउँमा युवा विदेशिएपछि युवा क्लव सुनसान
९पर्वतमा उम्मेदवारबिच बहसको माग, भएन पहलकदमी
१०देव–नारायण अक्षय कोष प्रतिष्ठानको आठौं वार्षिकोत्सव सम्पन्न
१२जिल्लामै एसईई दिनेको संख्या घट्दो छँदा नारायण माविको बढ्दो

शंकर गिरी
कुश्मा पर्वत ।
गण्डकी प्रदेश अन्तर्गत रहेको पर्वत जिल्ला प्राकृतिक सुन्दरता, धार्मिक–सांस्कृतिक सम्पदा र कृषिमा आधारित जीवनशैलीका कारण परिचित छ। मध्यपहाडी लोक मार्ग र कालीगण्डकी करिडोरको पुरै पहुँचका कारण विकासको राष्ट्रिय सञ्जालसित हामी जोडिएका छौँ । कालीगण्डकी र मोदीखोलाको संगम, झोलुङ्गे पुलहरू, ग्रामीण जीवनशैली र आपसी सद्भावले यस जिल्लालाई विशिष्ट बनाएको छ। कुश्म बजारदेखि जलजला ८ सम्मको छोटो भू(स्थानमा मोदी र कालीगण्डकी नदीमाथि रहेका दर्जनौँ लामा पुलका कारण पर्वत अब सानो जिल्लाको रुपमा मात्र नभै फरक पहिचानबाट चिनिएको छ । स्याङ्जा र गुल्मीको सिमानासित जोडिएको स्थानमा रहेको शालिग्राम, र महाशिला हाम्रा पूँजी हुन् । पर्वत जिल्लाले पञ्चासेको रमणियतालाई पोखरा र जलजलाको प्राकृतिक सुन्दरतालाई धौलागिरी हिमालसित जोडेर नयाँ योजनाहरू बनाएर यहाँको विकासलाई दीर्घकालिन बनाउने समय आएको छ ।
पर्वतको विकासमा सुन्दर सम्भावना हुँदाहुँदै पनि रोजगारी अभाव, युवा पलायन, कृषि उत्पादकत्वको कमी, पूर्वाधारको अभाव र प्राकृतिक विपद्का चुनौतीहरू यहाँका नागरिकले भोगिरहेका छन्। चुनावको बेलामा राजनैतिक पार्टीहरूबाट बाँडिने ‘उधारा विकास’ का कामले पर्वतेली जनतामा सन्तुष्टि दिन सकेको छैन । ‘राजनैति अनुभव बिनाको यात्रा र हामीले गर्छौ’ भन्ने कथ्यले पनि पर्वतलाई पुराउने त्यही पुरानो स्थानमा हो । त्यसैले दीर्घकालीन विकासका लागि यहाँका नागरिक, जनता र विशेषगरी महिला, जनजाती, दलित समुदायले के चाहेका छन् भन्ने विषय अत्यन्त महत्वपूर्ण भैसकेको छ।
पर्वत जिल्लाको दीर्घकालीन विकासका लागि दिगो पूर्वाधार, आधुनिक कृषि, व्यवस्थित पर्यटन, गुणस्तरीय शिक्षा, सहज र सुलभ स्वास्थ्य सेवा, महिला सशक्तीकरण, रोजगारी सिर्जना, वातावरण संरक्षण र सुशासनलाई प्राथमिकतामा राख्नु आवश्यक छ ।
पर्वतेली नागरीकको चाहना केवल भौतिक विकास मात्र होइन, समावेशी, समानतामूलक र दिगो विकास हो। विकाससलाई राष्ट्रिय सञ्जालसित मात्र जोडेर अब नहुने बेला आएको छ । टोल, समुदाय, गाउँ र पालिकाको विकासलाई जनतासित जोड्नु आवश्यक छ । स्थानीय सरकार, प्रदेश र संघीय तहबीच समन्वय भई नागरिकको अपेक्षा अनुसार योजना निर्माण र कार्यान्वयन गरियो भने पर्वत जिल्ला आर्थिक रूपमा सवल, सामाजिक रूपमा समावेशी र वातावरणीय रूपमा दिगो जिल्ला बन्न सक्ने पूर्ण सम्भावना बोकेको छ। यस महान कार्यका लागि अब एकपटक गर्विलो उमेदवरलाई सङ्घीय प्रतिनिधीको जिम्मा दिनका लागि हामीले हाम्रै स्थानबाट पहल गरौँ । यिनै सम्भावनाहरू पुरा हुने वातावरणका लागि तल केही पक्षहरूलाई अगाडी सारेको छु ।
दिगो पूर्वाधार विकास —सबै मौसममा चल्ने सुरक्षित सडक, गुणस्तरीय पुल(पुलेसा, स्वच्छ खानेपानी, भरपर्दो विद्युत्, डिजिटल स्वास्थ्य सेवा अबको समयका प्राथमिक आवश्यकत हुन्। शिक्षा क्षेत्रमा प्राविधिक तथा व्यवहारिक शिक्षालाई जोड दिई कृषि, पर्यटन र सूचना प्रविधिसँग सम्बन्धित तालिम विस्तार गर्नुपर्छ। स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवा, सुरक्षित मातृत्व, पोषण कार्यक्रम र प्रत्येक वडामा आधारभूत स्वास्थ्य पहुँच सुनिश्चित हुनु पर्छ । महिला, जनजाती र दलित समुदायलाई निर्णय प्रक्रियामा सहभागी गराई सहकारी, उद्यम र रोजगारीमा समान अवसर प्रदान गरिए मात्र विकासले समावेशी रूप लिन्छ। वातावरण संरक्षण, वन व्यवस्थापन र विपद् जोखिम न्यूनीकरणलाई विकास योजनासँग समन्वय नगरी दीर्घकालीन प्रगति सम्भव हुँदैन।
२०८२ को सङ्घीय चुनाव पर्वत जिल्लाका लागि केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, विकासको नयाँ दिशानिर्देशन गर्ने अवसर हो। विगतका ‘उधारा विकास’ र अल्पकालीन लोकप्रिय नाराभन्दा माथि उठेर अब दूरदृष्टि, नीति क्षमता र कार्यान्वयन दक्षता भएको नेतृत्व चयन गर्नु आवश्यक छ। नागरिकको अपेक्षा केवल भौतिक संरचना होइन, पारदर्शी शासन, उत्तरदायी नेतृत्व र जनसहभागितामा आधारित समावेशी विकास हो। स्थानीय, प्रदेश र संघीय तहबीच समन्वय गरी जिल्लाको जलस्रोत, कृषि, पर्यटन र मानव संसाधनलाई एकीकृत विकास रणनीतिमा बाँध्न सक्ने प्रतिनिधि आजको आवश्यकता हो।
१। दिगो पूर्वाधार विकासको चाहना
पर्वतका नागरिकहरू दीर्घकालीन र दिगो पूर्वाधार विकास चाहन्छन् । पर्वत जिल्ला दक्षिणदेखि उत्तर सम्म राष्ट्रिय सडकसित जोडिए पनि कालीगण्डकी नदीलाई आधार मानेर सडक सञ्जाललाई कृषि, शिक्षा, पर्यटन र समुदायको हितसित जोड्नु आवश्यक छ । सडक सञ्जालको विस्तार त भएको छ, तर धेरै स्थानमा सडकको गुणस्तर निकै कमजोर छ। वर्षायाममा पहिरो र बाढीका कारण यातायात अवरुद्ध हुने समस्याका कारण अबको समय डोजरे सडकलाई बद्नु पर्छ । नागरिकहरूले सबै मौसममा चल्ने सुरक्षित सडक, भरपर्दो पुल, स्वच्छ खानेपानी र स्थायी विद्युत् आपूर्ति चाहेका छन्। ग्रामीण भेगका नागरीक विशेष गरी महिलाहरू खानेपानी र स्वास्थ्य चौकीको सहज पहुँच चाहन्छन्। टाढाबाट पानी बोक्नुपर्ने बाध्यता हटाएर घरघरमा धारा पुर्याउ र पानीका श्रोतहरूलाई किसानको खेत(बारी सम्म पुराउनु आवश्यक छ । कृषिलाई भरपर्दो बनाउन ग्रामिण पर्यटनसित जोड्न जङ्गली जनावर विशेष गरी बाँदर नियन्त्रणका लागि दिर्घकालीन रूपमा योजना बनाएर कार्यान्वयन होस् भन्ने सबैको९ सोच रहेको छ ।
२। कृषि आधुनिकीकरण र बजार व्यवस्थापन
पर्वत कृषि प्रधान जिल्ला हो। यहाँका किसानहरू आधुनिक कृषि प्रणाली, सिँचाइ सुविधा र बजारको सुनिश्चितता चाहन्छन्। उनीहरूले परम्परागत खेतीलाई व्यावसायिक बनाउन चाहेका छन्।
महिलाहरू विशेष रूपमा कृषि सहकारी, साना उद्यम र जैविक खेती प्रवर्द्धनमा संलग्न छन्। उनीहरूको चाहना छ—
ड्ड कृषि उत्पादनको उचित मूल्य सुनिश्चित होस्
ड्ड स्थानीय उत्पादनलाई ब्रान्डिङ गरियोस्
ड्ड प्रशोधन उद्योग स्थापना होस्
ड्ड बीउ, मल र प्राविधिक तालिम सहज रूपमा उपलब्ध होस्
यदि कृषि क्षेत्रलाई आधुनिकीकरण गरियो भने रोजगारी सिर्जना भई युवा पलायन घटाउन सकिन्छ भन्ने जनविश्वास जनतामा रहेको छ ।
३। पर्यटनको दिगो विकास
पर्वत जिल्ला धार्मिक र प्राकृतिक पर्यटनको केन्द्र बन्न सक्ने सम्भावना बोकेको छ। कुश्मा बन्जी जम्प, कालीगण्डकी नदी, सेतीबेणी, मोदीखोला, कुश्मादेखि जलजला सम्मका पुलले आन्तरिक तथा बाह्य पर्यटक तानिरहेका छन्। अब यी विकासलाई जनताको जिवनसित जोडेर विकासको फललाई मानिसको दैनिकीसित जोडिएको विकासको आशा जनतामा रहेको छ ।
पर्वतेलीहरूको चाहना पर्यटन क्षेत्रलाई व्यवस्थित, सुरक्षित र वातावरणमैत्री होस्। स्थानीय युवालाई पर्यटन सम्बन्धी तालिम दिई होमस्टे, गाइड सेवा, हस्तकला र स्थानीय परिकारको प्रवर्द्धनमा जोड दिने नीति बनोस् । महिलाहरूले होमस्टे सञ्चालन, स्थानीय खाना र सांस्कृतिक कार्यक्रममार्फत आयआर्जन गर्न चाहेका छन्। पर्यटन विकासले आर्थिक सशक्तीकरण र सांस्कृतिक संरक्षण दुबै सम्भव हुने अपेक्षा गरिएको छ। यसका लागि कृषि पर्यटन ९ब्नचय तयगचष्कm०, पर्यटन क्षेत्रको विकासका लागि पकेट क्षेत्रको विकास, धार्मिक र सांस्कृतिक पर्टनको सम्भावनामा जोड दिने नीति बनेको हेर्ने चाहना जनतामा रहेको छ ।
३। शिक्षा र सीप विकास
दीर्घकालीन विकासका लागि गुणस्तरीय शिक्षा अनिवार्य शर्त हो । पर्वतका नागरिकहरू आधुनिक, प्राविधिक र व्यवहारिक शिक्षाको विस्तार चाहन्छन्। शिक्षाको गुणस्तर र रोजगारीमा आधारित शिक्षाले जिल्लाको मुहार बदलिन्छ । मोदी खोलामा उत्पादन हुने विद्युतलाई यहाँका युवाहरूको जागिर, आम्दानी र शिक्षासित जोड्न आवश्यक छ । जिल्लामा रहेका नदीहरूबाट उत्पादित विद्युतको आम्दानीको केही प्रतिशत कर स्थानीय जिल्लाले लिने नीति बनेमा त्यो आम्दानीबाट शिक्षाको गुणस्तरका लागि सहयोग पुग्छ भन्ने हाम्रो चाहना रहेको छ ।
ड्ड प्राविधिक शिक्षालय स्थापना
ड्ड कृषि, पर्यटन र सूचना प्रविधि सम्बन्धी तालिम
ड्ड विद्यालयको भौतिक पूर्वाधार सुधार र गुणस्तरीय शिक्षा
ड्ड दक्ष शिक्षकको व्यवस्था
पर्वतका महिलाहरूले विशेष गरी गुणस्तरीय बालिका शिक्षामा जोड दिएका छन्। उनीहरूको धारणा शिक्षित महिला परिवार र समाजको विकासको आधार हुन् भन्ने नीतिलाई जिल्लाले मात्र हैन देशले नै नीतिको रुपमा लिनु पर्छ भन्ने मतैक्यता रहेको छ ।
५। स्वास्थ्य सेवा सुधार
स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय हुनुपर्छ । स्वास्थ्यको बारेमा रहेका जनताका चाहनालाई काममा बदल्ने बेला आएको छ । ग्रामीण क्षेत्रमा विशेषज्ञ डाक्टर र उपकरण अभावका कारण सामान्य बिरामीलाई पनि बाहिर जानुपर्ने अवस्था छ।
महिलाहरू सुरक्षित मातृत्व सेवा, पोषण कार्यक्रम र महिला स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमको माग गर्छन्। प्रत्येक वडामा आधुनुक स्वास्थ्य सेवा, स्वास्थ्य सेवाको गुणस्तर र एम्बुलेन्स सेवा उपलब्ध गराउने दीर्घकालीन योजना आवश्यक छ । जिल्ला अस्पतालको सेवालाई प्रत्येक ३(४ महिनामा घुम्ती अस्पताल र डिजिटल अस्पतालको रुपमा विकास गरेर नागरिकलाई स्वास्थ्यप्रति ढुकक हुने वातावरण तयार हुनुपर्छ ।
६। महिला, जनजाती र दलित सशक्तीकरण र समान अवसर
पर्वतका महिला, जनजाती र दलित समुदाय आर्थिक, सामाजिक र राजनीतिक रूपमा सशक्त हुन चाहन्छन्। उनीहरूले अबको जनप्रतिनिधीबाट नीति नियममा नयाँ पहलु होस् भन्ने चाहेका छन् ।
ड्ड समान रोजगारी अवसर
ड्ड सहकारी र साना उद्योगमा पहुँच
ड्ड निर्णय प्रक्रियामा सहभागिता
ड्ड घरेलु हिंसाविरुद्ध कडा कार्यान्वयन
महिला समूह र आमा समूह जस्तै जनजाती समुअ र दलित समूहको गठन गरेर उनीहरूको सिप र क्षमतालाई जिलरुलाको विकासमा लगाउनु आवश्यक छ । स्थानीय विकासमा उनीहरूलाई सक्रिय बनाएर पर्यटन र जैविक उत्पादनसित जोड्नु पर्छ । उनीहरूको भूमिका औपचारिक रूपमा मान्यता पाउनुपर्छ भन्ने माग छ।
७। उर्जा, रोजगारी सिर्जना र युवा पलायन रोकथाम
पर्वत जिल्लामा हाल ३ वटा जलासय युक्त जलविद्युत आयोजनाहरु छन । १४।८ मेगावाट क्षमताको मोदीखोला जलविद्युत आयोजना सञ्चालन भैसकेको छ । २० मेघावटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माणधिन अवस्थामा छन् । र, २० मेघावटको मध्यमोदी आयोजना सहित अन्य आयोजनाहरूहरू बन्ने अवस्थामा छन् । एकातिर पर्वतबाट ठूलो संख्यामा युवा विदेश गइरहेका छन् । तर यहाँका युवाहरूलाई विकासको फलबाट टाढा राख्दा युवाहरूमा नैरास्यता बढेको छ । नागरिकहरूको प्रमुख चाहना भनेको जिल्लाभित्रै रोजगारी सिर्जना हो। ती आयोजनाको निश्चित आम्दानीलाई शिक्षामा लगाएर युवाहरूको मनस्थिती बदल्नु आवश्यक छ । उज्यालो पर्वत जिल्लाको नारालाई विकासमा साझेदारी र विकासमा जनताको शेयरको धारणा कार्यान्वयन हामी सबैको चाहना हो । यसका लागि(
ड्ड साना तथा मझौला उद्योग स्थापना
ड्ड पर्यटन र कृषि क्षेत्रमा लगानी
ड्ड सूचना प्रविधि केन्द्र
ड्ड स्वरोजगार कार्यक्रम
ड्ड उर्जा उत्पादनको विकासमा जिल्लाको साझेदारी
यदि स्थानीय स्तरमै रोजगारी सिर्जना भयो भने परिवार विखण्डन र सामाजिक समस्या घट्ने विश्वास गरिएको छ।
८। वातावरण संरक्षण र विपद् व्यवस्थापन
पर्वत पहाडी जिल्ला भएकाले पहिरो, बाढी र भूकम्पको जोखिम उच्च छ। नागरिकहरूले वन संरक्षण, नदी व्यवस्थापन र सुरक्षित वस्ती विकासलाई प्राथमिकता दिएका छन्।
महिलाहरू विशेष गरी जलवायु परिवर्तनका असरप्रति सचेत छन्। उनीहरू दिगो वन व्यवस्थापन, सरसफाइ अभियान र जैविक खेतीमार्फत वातावरण जोगाउने अभियानमा सक्रिय छन्।
९। सुशासन र पारदर्शिता
दीर्घकालीन विकासका लागि सुशासन अपरिहार्य छ। नागरिकहरूले पारदर्शी बजेट व्यवस्थापन, जनसहभागिता र उत्तरदायी स्थानीय सरकार चाहेका छन्।
स्थानीय तहमा योजना निर्माण गर्दा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गरिनुपर्छ भन्ने माग व्यापक छ।
निश्कर्ष
माथिका कथ्हरूबाट पुगिने निश्कर्ष भनेको पर्वतको विकासका सम्भावनाहरू कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, जलविद्युत उत्पादन, शिक्षा–सीप विकास, स्वास्थ्य सेवा विस्तार, महिला तथा सीमान्तकृत समुदायको सशक्तीकरण र सुशासनमा केन्द्रित हुनु आवश्यक छ । कृषि क्षेत्रमा सिँचाइ, प्राविधिक सहयोग, बजार व्यवस्थापन र स्थानीय उत्पादनको ब्रान्डिङमार्फत रोजगारी सिर्जना गर्न सकिन्छ। पर्यटनतर्फ कुश्मा बन्जी जम्प, धार्मिक स्थलहरू, प्राकृतिक दृश्यावलोकन र कृषि पर्यटनलाई एकीकृत रूपमा विकास गरी स्थानीय युवालाई होमस्टे, गाइड, हस्तकला र सेवा क्षेत्रमा जोड्न सकिन्छ। जलविद्युत आयोजनाबाट प्राप्त आम्दानीलाई शिक्षामा, सीपमूलक तालिममा र साना उद्योग स्थापनामा लगानी गरे युवापलायन न्यूनीकरण गर्न सकिने स्पष्ट सम्भावना छ।
अन्ततः पर्वतको समृद्धि सम्भव छ —यदि विकासलाई दलगत स्वार्थभन्दा माथि राखी साझा एजेण्डा बनाइयो भने। दिगो पूर्वाधार, आधुनिक कृषि, व्यवस्थित पर्यटन, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य, महिला सशक्तीकरण, रोजगारी सिर्जना, वातावरण संरक्षण र सुशासनमा केन्द्रित स्पष्ट कार्ययोजना नै पर्वतको उज्यालो भविष्यको आधार बन्न सक्छ। २०८२ को सङ्घीय चुनावले पर्वतलाई पुरानै अवस्थाको निरन्तरतामा राख्ने कि अनुभव सहितको नयाँ उचाइतर्फ जिल्लालाई उठाउने भन्ने विषयमा निर्णय गर्ने बेला आएको छ । पर्वतबासी जनसमुदायहरु राजनीतिक रंग, रुप र पूर्वाग्राही चश्माबाट माथि उठेर राष्ट्रिय जनभावना र चाहना अनुरुपको बौद्धिक युवा व्यक्तित्व चयनमा पटि पर्नु हुँदैन । पर्वतमा स्पष्ट विकासको अवधारण भएको, अध्ययनशील, जेन्जी पुस्ताको भावना समेट्न सक्ने बौद्धिक युवा व्यक्तित्वको उम्मेदवारमा खाँचो छ । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार मनहरि तिमिल्सिना नै अहिलेको सर्वोत्कृष्ट हुन सक्छन् । नेपाल अहिले राष्ट्रिय तथा अन्तरराष्ट्रिय विषम राजनीतिक तथा आर्थिक विषमताको परिस्थितिमा रहेको हुँदा जिल्लाको मात्र नभई सिंगो मुलुकको आवश्यता तिमिल्सिना जस्तो उर्जावान् युवाको हो ।
त्यसैले सजग, सचेत र विकासप्रति अनुभव र प्रतिबद्ध नयाँ अनुहारको बौद्धिक र वैचारिक युवा नेतृत्व चयन गर्दै नागरिक स्वयं विकासका साझेदार बन्ने बेला हो यो । विकासको प्रतिबद्धतासहित अघि बढ्नु नै पर्वतको दीर्घकालीन समृद्धिको मूल मन्त्र हो भन्ने भावनालाई बलियो बनाउन नयाँ ढोका खोलौँ, नयाँ सम्भावनाको रेखा कोरौँ र देशलाई विदेसीहरूको खेल मैदान हुनबाट रोकौँ ।
–शंकर गिरी नेपाली कम्युनिष्ट पार्टीका युवा नेता तथा प्रदेश अस्पताल कुश्मा पर्वतका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।



प्रतिक्रिया