
१पंच दशनाम सन्यास आश्रम धुना कुटी संरक्षण नहुँदा जीर्ण
२पत्रकार महासंघ पर्वतको १४ औं साधारणसभा सम्पन्न, पत्रकारहरु पुरस्कृत
३आ.व.२०८३,०८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोड
४पर्वतमा २०० वर्ष पुरानो ऐतिहासिक इनारको उत्खनन सुरु
५गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
६जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी
७रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
८सडकपेटीमा रात विताउन बाध्य छिन् अबला नारी
९पर्वतको हम्पाल क्षेत्रले दिलाएको अद्भूत अनुभूति
१०रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
११पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
१२एसईई नतिजाः पर्वतमा गतवर्ष भन्दा यसपाली सुधार, जिल्लामा ४ जिपिए हासिल गर्ने विद्यार्थी संख्या पाँच
१गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
२रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
३पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
४रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
५जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी
६सडकपेटीमा रात विताउन बाध्य छिन् अबला नारी
८एसईई नतिजाः पर्वतमा गतवर्ष भन्दा यसपाली सुधार, जिल्लामा ४ जिपिए हासिल गर्ने विद्यार्थी संख्या पाँच
९पर्वतको हम्पाल क्षेत्रले दिलाएको अद्भूत अनुभूति
१०अफ्रिकन स्वाइन फ्लुले बंगुर मरेपछि खोर रित्तै, कृषकले पाएनन् राहत
११पर्वतमा २०० वर्ष पुरानो ऐतिहासिक इनारको उत्खनन सुरु
१२पंच दशनाम सन्यास आश्रम धुना कुटी संरक्षण नहुँदा जीर्ण

नेपालमा छापा माध्यमको इतिहासलाई हेर्ने हो भने मोतिराम भट्टले वि.सं १९४३ (आमसंचार र पत्रकारिता अध्ययन, भानुभक्त आचार्य) मा नेपाली भाषामा प्रकाशन गरेको पहिलो पत्रिका ’गोर्खा भारत जीवन’ पाइन्छ । यो पत्रिका भारतको बनारसबाट प्रकाशन भएको थियो । नेपालमा पहिले साहित्यिक पत्रिकाबाट नै पत्रकारिताको पाइला अघि बढेको पाइन्छ । साहित्यकार भट्टकै पहलमा वि.सं. १९५५ मा नेपालकै पहिलो पत्रिकाको रुपमा ’सुधासागर’ को प्रकाशन भएको हो । यो पछि मात्र समाचारमूलक अखवार ’गोर्खापत्र’ वि.सं.१९५८ वैशाख २४ गते प्रकाशनमा आउन थालेको थियो । अझ नेपालमा छापा माध्यमको विकासलाई हेर्दा जंग बहादुर राणाले बेलायत भ्रमण सकेर फर्कदा वि.सं. १९०८ मा लिएर आएको प्रेसबाट शुरु भएको पाइन्छ । उनले ल्याएको प्रेसको टाउकोमा पखेटा फिजाएको गिद्धको आकृति भएकाले त्यसलाई ’गिद्धे प्रेस’ भनिने गरिन्थ्यो । यसै हाते मेशिनलाई पछि टाइप छापाखानाको नामले चिनेको पाइन्छ । यो मेशिन ल्याएको करीव ५० वर्षपछि मात्र गोरखापत्र प्रकाशन भएको थियो । यसको पहिलो व्यवस्थापक पण्डित नरदेव पाण्डे थिए । गोर्खापत्र वि.सं. १९८३ देखि गोरखापत्र भएको थियो ।
वि.सं.१९९१ सालमा ’शारदा’ साहित्यिक मासिक प्रकाशनमा आयो । जसको प्रकाशन ऋद्धिबहादुर मल्लले गरेका थिए । मोहनशमशेरको प्रधानमन्त्रित्व कालमा पहिलो पटक वि.संं.२००५ मा ’छापाखाना र प्रकाशनसम्वन्धी ऐन’ जारी भएको देखिन्छ । यसले भर्खरै मात्र प्रजातान्त्रिक परिवेशमा फस्टाउन थालेको पत्रकारिता जगतलाई अंकुश लगाउने प्रयास गरेको थियो । राणा शासनकोेेेेेेे अन्त्यपछि २००७ सालको प्रजातान्त्रिक संविधानले मौलिक अधिकारका रुपमा वाक् तथा प्रकाशन स्वतन्त्रतालाई मान्यता दिएपछि छापा माध्यमको प्रकाशनले तीव्रता पाएका थिए । वि.सं.२००७ सालमा रेडियो नेपालको स्थापना भयो । मुलुकका विभिन्न भाषामा पत्रपत्रिकाहरुको प्रकाशन भयो । २००७ देखि २०१७ सम्मका पत्रपत्रिकाहरुलाई समाचार, समिक्षा, पार्टीगत मुखपत्र, शिक्षा, लोक जागृति र साहित्यसँग सम्वन्धित नै बढी देखिन्छ ।
जव राजा महेन्द्रले प्रजातन्त्रलाई कु गरेर २०१७ सालमा पंचायती व्यवस्था मुलुकमा लादे यसपछि २०३६ सम्म पत्रकारिताको इतिहास स्वतन्त्रताका दृष्टिले कमजोर सावित रह्यो । वि.संं. २०१९ मा जारी भएको छापाखाना र प्रकाशनसम्वन्धि ऐनको उद्देश्य प्रकाशन स्वतन्त्रतालाई नियन्त्रण गर्नु थियो । पत्रिका प्रकाशनमा धेरै प्रतिवन्ध हुँदाहुँदै पनि यो कालखण्डमा पत्रकारितासम्वन्धि केही संघसंगठनहरुले विकासका पूर्वाधार निर्माण गरेको पाइन्छ । नेपाल टेलिभिजनको स्थापना २०४१ मा भयो । यसै समयमा राष्ट्रिय समाचार समिति, प्रेस काउन्सिल, प्रेस क्लव, प्रेस पारिश्रमिक संघ, श्रमजीवी पत्रकार सभा, गोरखापत्र कर्पोरेशन लगायतका संस्थाहरुको स्थापनाले पत्रकारिताको विकासमा अहंम भूमिका खेले । पंचायती व्यवस्थाले वाक् स्वतन्त्रतामा कडाइ गर्दागर्दै पनि यो अवधिमा पनि धेरै पत्रपत्रिकाहरु प्रकाशित भएको पाइन्छ । वि.सं. २०३४ देखि २०३५ मा मात्र ९४ वटा अखवारहरुप्रकाशित भएका थिए । यो अनुदार पंचायती कालखण्डमा पत्रकारको कारवाही र गिरप्तारीका घटनाहरु उल्लेख्य छन् ।
वि.सं. २०३६ सालमा जनमत संग्रहको घोषण भएपछि वाक् तथा प्रकाशन स्वतन्त्रतामा केही खुुकुलो वातावरण बनेको थियो । खासगरी वि.सं.२०३६ देखि २०४६ सम्मको समयावधिमा मिसन पत्रकारिता प्रभावकारी बन्यो । बहुदलीय र निर्दलीय दुई राजनीतिक धारको समर्थनमा पत्रकारिता जगत बांडिएको थियो । २०४६ सालको आन्दोलनमा नेपाली मिडियाको भूमिका महत्वपूर्ण रह्यो । यो आन्दोलनको सफलता र मुलुकमा बहुदलीय प्रजातन्त्रको स्थापना पछि पत्रकारिताले औधोगिक रुप लिएको छ । यो समयपछि नै निजी क्षेत्रबाट ठुलो लगानीमा कान्तिपुर, द काठमाण्डु पोस्ट, नेपाल समाचारपत्र, अन्नपूर्ण पोस्ट, द हिमालयन टाइम्स, राजधानी लगायतका दैनिक पत्रिका साथै साप्ताहिक र पाक्षिक पत्रिकाहरु संचालनमा छन् ।
द्धन्द्धकालीन अवस्थामा नेपाली मिडियाले अनेकौ समस्या झेल्दै गर्दा पनि आफ्नो भूमिकालाई कमजोर बन्न दिएका थिएनन् । वि.सं. २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले चालेको शाही कदमले नेपाली संचार जगत बेस्सरी प्रताडित हुन पुगे । राजाको प्रत्यक्ष शासन कालमा नेपाली मिडियाहरु सरकारी पक्षबाट नै लुटिन पुगेका थिए । २०६३ वैशाख ११ गते शाही सत्ता हटेर लोकतन्त्रको स्थापना भएपछि नेपाली मिडियामा सकारात्मक कार्यहरु हुन पुगेका छन् । सूचनाको हक, पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐन जस्ता विषयले स्थान पाएका र पाउने क्रममा छन् । पत्रकारिता शिक्षाको अध्ययनमा सकारात्मक थालनी भएको छ । लोकतन्त्रपछि धेरै राम्रा कुराहरु संचार जगतमा देखा परे पनि अझैं केही समस्या र चुनौती भने नभएका हैनन । अझै पनि पत्रकारहरुले समाचार लेखेकै आधारमा असुरक्षा महसूस गर्नुपर्ने अवस्था हटेको छैन । नेपाली मिडिया जगतलाई व्यावसायिक र सुरक्षित बनाउन पहल गर्नुपर्ने कुरा धेरै छन् ।
पर्वतको छापा माध्यमको इतिहासलाई हेर्ने हो भने हस्त लिखित पत्रिका आँकुरा सम्म पुग्न सकिन्छ । यो पत्रिकालाई पर्वतका वरिष्ठ साहित्यकार शान्तिनारायण श्रेष्ठले वि.सं.२०१८ मा निकालेका हुन् । यो केही समय मात्र निकालिएको थियो । त्यतिवेला छापाखाना पर्वतमा थिएन । छापाखानाको अभाव भए पनि आफूले पत्रिकाको रुपमा साहित्यिक रचनाहरु कविता, केही विचारहरु हातले नै लेखेर निकाल्ने गरेको साहित्यकार श्रेष्ठ बताउँछन् । वि.सं. २०२१ सालतिर नै साहित्यकार श्रेष्ठकै सम्पादनमा पर्वत बुलेटिन प्रकाशन गरिएको थियो । यो बुलेटिनको प्रकाशन पंचायत विकास केन्द्रले गरेको थियो । बुलेटिन निकाल्नका लागि टाइपराइटरमा टाइप गर्ने र लिथो मेशीनबाट निकाल्ने गरिन्थ्यो । यो बुलेटिन १२ पेजसम्मको हुने सम्पादक श्रेष्ठ बताउँछन् । बुलेटिनमा विकास निर्माण, शिक्षा, विभिन्न सूचनाहरु प्रकाशन गरिन्थे । पर्वतकै साहित्यकार मोहन बहादुर मल्ल सम्पादक रहेर पर्वतमाला साहित्यिक पत्रिका वि.सं.२०२२ सालमा प्रकाशन भएको थियो । यसको सहसम्पादकमा शेर बहादुर गुरुङ, शान्तिनारायण श्रेष्ठ, श्यामानन्द पौडेल, पूर्णलाल श्रेष्ठ रहेका थिए । यो पत्रिका काठमाण्डौबाट प्रकाशन गरिएको थियो । जोर गणेश प्रेसमा यो पत्रिका छापिएको हो । अर्धवार्षिक यो पत्रिका दुई अंक मात्र छापिएको थियो ।
साप्ताहिक पत्रकारिताको विकासक्रम हेर्दा भने चालीस दशकको अन्तिम समयदेखि भएको पाइन्छ । सवैभन्दा पहिले साप्ताहिक पत्रिकाबाट पर्वतको पत्रकारिताको इतिहास शुरु भएको देखिन्छ । हरिहर पोख्रेलको सम्पादनमा पर्वतदूत साप्ताहिक प्रकाशन २०४९ सालमा भएको थियो । पर्वतमा छापाखाना नभएपछि यो पत्रिका बाग्लुङ जिल्लामा लगेर छापिएको थियो । यो पत्रिका केही समय प्रकाशन भएपछि बन्द भयो । पर्वतमा वि.सं. २०५२ मा हरि कर्माचार्यले छापाखाना संचालन गरे । उनको गुप्तेश्वर छापाखानाबाट पर्वतको पत्रकारिता क्षेत्रलाई अगाडि बढ्न सहयोग पुगेको थियो । यही छापाखानाबाट २०५४ सालमा कालिको सुसेली त्रैमासिक पत्रिका, सम्पादक इन्द्रकुमार विकल्प र सगुन, त्रैमासिक सम्पादक शान्तिनारायण श्रेष्ठ रहेका साहित्यिक पत्रिकाहरु प्रकाशनमा आए । कालीको सुसेली निरन्तर अहिलेसम्म प्रकाशनमा आइरहेको छ । त्यसैगरी राजेन्द्र पहाडीको सम्पादनमा त्रैमासिक पत्रिका समुदाय र सृजना प्रकाशनमा आइरहेको छ भने सरस्वती शर्मा जिज्ञासु सम्पादक रहेको माधुरी साहित्यिक पत्रिका समेत प्रकाशन हुँदै आएको छ । युवा साहित्यकार तथा स्वतन्त्र लेखकको रुपमा चिनिएका आरके अदिप्त गिरीले ऋतुरंग साहित्यिक पत्रिका २०५८ मा प्रकाशन गरेको थिए तर यसलाई उनले निरन्तरता दिन सकेनन् ।
पर्वतको पत्रकारिता जगतले पचासको दशकपछि तीव्र रुपमा फड्को मारेको छ । यो दशकमा साप्ताहिक पत्रिकाहरु धेरै प्रकाशनमा आएका छन् । पर्वत सन्देश, २०५७ सम्पादक सागरप्रसाद पाध्या, मोदिकाली, २०५८ सम्पादक हरिनारायण रेग्मी, निस्पक्ष अभिमत, २०५८ सम्पादक भोलानाथ शर्मा रहेर साप्ताहिक पत्रिका प्रकाशन भएका थिए । हाल जिल्लामा ११ वटा साप्ताहिक पत्रिकाहरु प्रकाशनमा छन् । सानो बजार र चर्को प्रतिस्पर्धाका विच पत्रपत्रिकाहरु गुज्रनु परेको छ । कतिपय पत्रिकाहरु स्थापना हुने र केही समय प्रकाशन भएपछि बन्द हुने प्रचलन जस्तो रहेको छ । जिल्लामा पहिलो पटक २०६३ मा स्थापना भैइ आएको अहिंसावादी रेडियो पर्वतसँगै अन्य एफएम रेडियोहरु पनि स्थापना र संचालनमा छन् । जिल्लामा दैनिक पत्रिकाको सवालमा हेर्दा तीनवटा पत्रिकाहरु कालीगण्डकी दैनिक २०६८, सम्पादक भोलानाथ शर्मा, सहारा न्यूज दैनिक २०६८, सम्पादक प्रनिश गिरी र भवानीप्रसाद शर्माको सम्पादनमा धौलागिरि पोष्ट २०७२ संचालनमा रहेको भए पनि हाल कालीगण्डकी दैनिक पत्रिका मात्र निरन्तर प्रकाशनमा छ ।
जिल्लाको मिडिया क्षेत्रले सूचना, समाचार र विचारको संम्प्रषण मार्फत् पर्वतबासी जनतालाई सचेत र जागरुक बनाउन ठुलो योगदान पुराउदै आएका छन् ।









१गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
२रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
३पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
४रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
५जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी





प्रतिक्रिया