
१इजरायलमा नेतान्याहु समर्थक गठबन्धनलाई कडा चुनौती
२यसपाली दशैंलाई फर्केर हेर्दा…
३पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
४दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
५पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
६महिलालाई क्याबिनको टिकट नदिन आग्रह
७दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
८कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
९पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
१०विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
११स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह
६इजरायलमा नेतान्याहु समर्थक गठबन्धनलाई कडा चुनौती
७यसपाली दशैंलाई फर्केर हेर्दा…

सैन्य प्रविधिमा अव्वल मानिएको यहुदी मुलुक इजरायलमा संसद् -नेसेट) को चुनाव आज २७ अक्टुवरमा हुँदैछ । हाल सरकारको नेतृत्व गर्दै आएका प्रधानमन्त्री बेन्जाविन नेतान्याहुको लिकुड दल पनि चुनावमा सक्रिय भइ लागेको छ । नेतान्याहुको लिकुड दल र विपक्षी यहुदी दलहरूको खेमा विच कडा प्रतिस्पर्धा हुने आंकलन छ ।
याशार पार्टीका नेता पूर्व सैनिक प्रमुख समेत रहेका गादी आइजेनकोट विपक्षी खेमाका प्रमुख नेतामध्ये एक हुन् । ईरानसँगको युद्धका कारण नेतान्याहु सरकार अलोकप्रिय रहदै आएको मानिएको छ । चुनावी सर्वेक्षणले नेतान्याहु समर्थक खेमा र विपक्षी यहुदी दलहरूका खेमा विच कडा प्रतिस्पर्धा देखिएको छ ।
इजरायलको चुनावमा मतदाताको मुख्य चासो भनेका सुरक्षा, युद्ध र क्षेत्रीय तनाव, सैनिक सेवामा समानता, नेतृत्व र जवाफदेहिता, अन्तर्राष्ट्रिय सम्बन्ध रहेका छन् । अमेरिकासँगको सम्बन्ध र गाजाको युद्धका कारण इजरायलको बाह्य छविमा परेको नकारात्मक प्रभावबारे उस्तै चासो छ ।
रोचक त के छ भने ईजरायलमा पूर्ण समानुपातिक चुनाव हुन्छ र एक सदनीय संसदीय व्यवस्था छ । नेपालमा जस्तो दुई सदनीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा छैन । राजनीतिक दलका उम्मेदवारहरूको व्यक्तित्व र क्षमता हेरी मतदाताले मतदान गर्दछन् । बहुमत पाउने दलका नेतालाई प्रधानमन्त्री नियुक्त गरिन्छ ।
ईजरायलको चुनावी नतिजालाई हेर्ने हो भने आजसम्म कुनै दलले विरलै बहुमत हासिल गरेको देखिन्छ । बहुमत आउन नसक्दा धेरैजसो गठबन्धनको तर्फबाट प्रधानमन्त्री हुने गरेको छ । गठबन्धनको तर्फबाट प्रधानमन्त्रीमा सवैभन्दा बढी संसद् हुने दलले नै प्रधानमन्त्री बनाउने गर्दछ । गठबन्धनको सरकार भएको कारण वर्षेनी जसो संसद् भंग गर्दै आमचुनाव हुने गरेको पाइन्छ । प्रधानमन्त्रीले चुनाव घोषणा गर्छन् र घोषणा भएको मितिले १ महिनाभित्र चुनाव भइसक्छ ।
चुनावी तामझाम हुँदैन सवै मिडियामार्फत प्रचारप्रसार गर्छन् । जनता पनि मिडियामा आउने प्रचार र बहसका आधारमा धारणा बनाएर मत राख्छन् । चुनावमा दर्जनौ दल चुनावमा भाग लिने गरेका छन् । चरम दक्षिणपन्थी र चरम बामपन्थी, चरम धार्मिक कट्टरपन्थी र सेक्युलर, चरम राष्ट्रवादी र चरम उदारवादी सवै चरित्रका दलहरू छन् । संसद्मा प्रायजसो सवैखाले दलका प्रतिनिधिहरूले प्रतिनिधित्व गर्ने गरेका छन् ।
यहुदी, ईसाई, मुस्लिम र अन्य दलका चरमपन्थी र उदारपन्थी सवैका दल छन् । पूर्ण समानुपातिक व्यवस्थाका कारण संसद्मा ती सवैको प्रतिनिधि पुगेका हुन्छन् । अहिलेको मुख्य प्रश्न नेतान्याहुले कति सिट जित्छन् भन्ने मात्र होइन, कुन राजनीतिक गठबन्धनले ६१ सिटको समर्थन जुटाउन सक्छ भन्ने हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भने नेतान्याह्ु नेतृत्वको सरकार समर्थित गठबन्धनलाई बलियो साथ रहेको छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया