
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा उत्तरार्धतर्फ आउँदै गर्दा दानवीर र भक्तजनको उपस्थिति बढ्दै गएको छ ।
कोटिहोममा हुने अनेक गतिविधिलाई नजिकबाट नियाल्न पनि भक्तजनको उपस्थिति बढ्दै गएको हो । कोटिहोममा रहेका हरेक पण्डाल भक्तजनले भरिभराउ देखिन्थ्यो । कोटिहोम कतै प्रवचन, कतै वक्तृत्वकला प्रतियोगिता कतै राष्ट्रिय भजन प्रतियोगिता कतै सत कुण्डीय हवन, आध्यात्मिक अनुष्ठानहरूमा दर्शन गर्ने भक्तजनहरूको भिड देखिन्थ्यो । कोटिहोममा देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तहरूले श्रृतिमधुर स्वरमा प्रवचन तथा सन्देश दिने गरेका छन् ।
यसैबिच सोमबार महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको गाउँका जनप्रतिनिधि र महाराजले अध्ययन गरेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्षको सहभागिताले महायज्ञमा ऊर्जा थपिएको थियो ।
कोटिहोममा महाराजको गाउँ धुर्कोट गाउँ पालिका वडा नं। ५ का वडा अध्यक्ष केशवराज भण्डारी, महाराजले अध्ययन गरेको विद्यालय हिमालय माविका अध्यक्ष लोकहरि भण्डारी, कालिका भगवती मन्दिर संरक्षण समितिका अध्यक्ष युवराज भण्डारी, परमानन्द भण्डारी बहुमुखी क्याम्पसका प्रमुख ऋषिराम पाण्डेले कोटिहोम दर्शन गरेका थिए ।
आइतबार देखि सुरु भएको राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिताले पनि कोटिहोममा देशभरका विद्यालयबाट शिक्षक तथा विद्यार्थीहरूको पनि सहभागिता रहेको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त वाल प्रतिभाको प्रवचन र प्रतियोगिहरुको प्रस्तुतिले कोटिहोम विद्यार्थीहरूका लागि धर्म संस्कृति संस्कारको सिकाइको थलो बनेको छ ।
धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले ऐतिहासिक बन्दै गएको कोटिहोममा देशभरबाट जनप्रतिनिधि, साधु–सन्त, समाजसेवी, विद्यार्थी र सर्वसाधारणको सहभागिता आयोजकलाई थप उत्साह थपेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार कोटिहोमकको उत्तरार्धतर्फ आउँदै गर्दा जनप्रतिनिधिको सहभागितासँगै केही न केही दान गरेर जाने गरेका छन् ।
सोमबार पनि कोटिहोममा बढिगाऊ गाउँपालिका बागलुङकी अध्यक्ष गण्डकी थापाले आफ्नो व्यक्तिगत तर्फबाट कोटिहोम दर्शनसँगै २ लाख १ हजार १ सय १२ रुपैयाँ सहयोग गरी दुई जना अनाथ वाल वालवालिकाको लागि अभिभावक बनिन् । उनले कोटिहोम सिकाईको थलो भएको बताउँदै यस्तो पुण्य अवसर नछुटाउन सबैलाई आग्रह गरिन् । कोटिहोमले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनसँग जोड्न टेवा पु¥याएको बताइन् ।
कोटिहोममा नेपाल सुन चादी रत्न तथा आभूषण व्यवसायी सङ्घ पोखराबाट ५० हजार ५ सय, पोखरा– १४ का मीन बहादुर खत्री, राधिका खत्री बाट ५१ हजार ५ सय ५५ नेपाल पूर्व प्रहरी सङ्गठन पोखरा ७ कास्की बाट ५५ हजार ५ सय ५५, गीता थापाबाट ३० हजार, डा। कृष्ण गोपाल पराजुली र विष्णुमाया पराजुलीबाट २५ हजार २ सय ५२, लमजुङका सुकदेव बास्तोलाबाट रु १५ हजार १ सय १५, साझा बजार महिला समूहबाट रु १५ हजार १ सय ५५, सिता लक्ष्मी नगद र जिन्सी सहित रु ५२ हजार ५ सय ५०, पर्यटन व्यावसायिक महिला सघं नेपाल पोखरा– ६ बाट रु २५ हजार १ सय २५, पोखरा– १३ बालगोपाल आमा समूहकी बाट १७ हजार १ सय ५५ जवारेवर आमा समूह पोखरा–२२ बाट रु १५ हजार १ सय ५५, समुदायिक सेवा समिति पोखरा २ बाट रु २५ हजार १ सय २१, नवप्रभात आमा समूह पोखरा ६ बाट रु १५ हजार १ सय १५, चालिसेमार्ग दिदीबहिनी समूह पोखरा – ८ बाट २५ हजार ३ सय ६५, निर्मला रानाभाट बाट रु रु २५ हजार १ सय ५५, शिव प्रसाद पौडेलबाट १५ हजार
सीता देवी सिग्देलबाट १० हजार, पोखरा– ६ कि सिता पाण्डेबाट १० हजार ६ सय ५, पोखरा–९ का दीपक बराजुबाट १० हजार १ सय सहयोग प्राप्त भएको छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया