
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्यटकीय जिल्लाको रुपमा चिनिदै गएको पर्वतमा दैनिक जसो उत्पादन हुने घरायसी, व्यावसायिक र चिकित्सा लगायतका फोहोर व्यवस्थापनको समस्या बढ्दो छ । जिल्लाका स्थानीय पालिकाहरुले फोहोरलाई मोहोर बनाउने भनी आश्वासन बाँडेको वर्षौ वितिसक्दा समेत माखो मार्ने काम गरेका छैनन् ।
जिल्लामा रहेका कुश्मा र फलेवास दुई नगरपालिका सहित पाँच गाउँपालिकाहरु गरी सातवटै स्थानीय निकायमा बढ्दो जनसंख्या र बजारीकरणसँगै फोहोर उत्पादनको मात्रा बढ्दो छ ।
पालिकाहरुमा बजारीकरण हुँदा फोहोर व्यवस्थापनको चुनौती थपिएको हो । पोखरा–बाग्लुङ पृथ्वीराजमार्गसँगै सटेको डिमुवा र पातीचौर बजार मोदिगाउँपालिका पर्दछ । पालिकाले वर्षेनी तयार पार्ने नीति र कार्यक्रममा फोहोरलाई मोहोर बनाउने भनिए पनि कार्यान्वयन भने गर्न सकेको छैन । मोदीगाउँपालिकाको केन्द्र पातीचौर बजारबाट दैनिकजसो उत्पादन हुने एक ट्याक्टर फोहोर व्यवस्थापनको चुनौती पालिकालाई थपिएको छ ।
मोदी गाउँपालिकाले मोदीखोला नजिकै नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रको जग्गामा डम्पिङ साइट बनाएर फोहोर फाल्ने गरेको छ । गाउँपालिकाका सूचना अधिकारी प्रविन पोख्रेलका अनुसार प्राधिकरणले हटाउन ताकेता गरेको पनि वर्ष वितिसकेको छ तर उपयुक्त जग्गा र प्रविधिको खोजी पालिकाले गर्दैछ । यसअघि पालिकासहित बजार क्षेत्रको फोहोर पोखरा–बाग्लुङ राजमार्गसँगै मोदीखोलाको किनार महभीर साइडमा फालिने गरिन्थ्यो । जिल्लामा कुनै पनि स्थानीय निकायले फोहोर व्यवस्थापनको दिगो तरिकाहरु फोहोरबाट उर्जा रुपान्तरण गर्ने, फोहोर घटाउने, रिसाइकल गर्ने काम गरेका छैनन् ।
फोहोरजन्य पदार्थहरु प्लाष्टिक, बोतल, कागज, शीशा, गिलास, इलेक्ट्रिक फोहोर, चिकित्सक फोहोर, धातुलाई खोल्साखोल्सी, भिर, नदी, घाट, सामुदायिक वन लगायतका क्षेत्रमा अव्यवस्थित तरीकाबाट फालिएको देखिन्छ । प्रदेश अस्पताल पर्वतले चिकित्सा फोहोर आफैले आधुनिक प्रविधिको प्रयोग मार्फत् व्यवस्थापन गर्दै आएको अस्पताल संचालक समितिका निवर्तमान अध्यक्ष शंकर गिरी बताउनुहुन्छ । फोहोरको यत्रतत्र अवैद्य डम्पिङ साइट बनाइदा वातावरणीय प्रभाव र जनस्वास्थ्यको चिन्ता स्थानीयलाई छ ।
जिल्लाको सदरमुकाम बजार रहेको कुश्मा नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मेवारी सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्र (सेक्रेड) नामक गै¥हसरकारी संस्थालाई सुम्पेर फोहोर व्यवस्थापनको सम्झौता आर्थिक वर्ष २०७५÷०७६ मा ५ वर्षलाई गरिएको थियो । सम्झौता अनुसार उक्त संस्थाले फोहोर व्यवस्थापनबाट नगरपालिकालाई पाँच वर्षमा हुने आम्दानी भनी १ करोड ९१ लाख ५० हजार उल्लेख गरेको भए पनि विचमै संस्थाको पदाधिकारी संम्पर्कविहीन भएपछि नगरपालिकालाई लाखौ रकम नोक्सानी भएको छ । नगरपालिकाले संस्थालाई ल्याण्डफिल र ट्रिपर उपलब्ध गराएको थियो ।
नगरपालिकाले स्थानीयबासीसँग शुल्क लिएर फोहोरको व्यवस्थापन गरेको छ । सामुदायिक जंगल क्षेत्रभित्र डम्पिङ साइट निर्माण गरेको कुश्मा नगरपालिकाले व्यवस्थित तरीकाले फोहोरको विसर्जन गर्न सकेको छैन । फोहोरमैला कामदारले आफूहरुलाई स्वास्थ्य जोखिम रहेको गुनासो गरेका छन् ।
जलजला गाउँपालिकाले पनि फोहोर व्ववस्थापन व्यवस्थित गर्न सकेको छैन । पालिकाको केन्द्र रहेको बजार क्षेत्रबाट उत्पादन हुने फोहोरको व्यवस्थापन व्यवस्थित डम्पिङ साइटमा हुन नसकेको र कालीगण्डकी नदी किनारमा फोहोर फाल्दा नदी प्रदुषित बन्दै गएको स्थानीयको गुनासो छ ।
पर्वतको कालीगण्डकी किनारमा रहेको मालढुंगा बजार क्षेत्र साथै सहस्रधारा आसपासका व्यवसायी र स्थानीयबासीले नदी किनारमा नै फोहोर फालिदिदा नदी क्षेत्र प्रदुषित बन्दै छन् भने वन्यजन्तुलाई समेत जोखिम छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने फलेवास नगरपालिकाको फलेवास बजार, विहादी गाउँपालिका लगायत महाशीला गाउँपालिका क्षेत्रमा पनि व्यवस्थित डम्पिङ साइटको निर्माण हुन सकेको छैन ।
पैयुँ गाउँपालिकाका अनुसार भुर्तेलथाके खोलाखर्कमा १ करोड ३० लाख खर्चिएर फोहोर व्यवस्थापन केन्द्रको निर्माण गरिएको छ । वालिङ नगरपालिकासँग फोहोर व्यवस्थापनका लागि सहकार्य गरेको पैयुँ गाउँपालिकाले फोहोर विक्रीबाट वर्षमा ३ देखि ४ लाख आम्दानी गरेको जनाएको छ ।
स्वच्छ र दिगो वातावरण कायम गर्न फोहोर व्यवस्थापन गर्नु पर्ने हुन्छ भने फोहोर व्यवस्थापन गर्नु स्थानीय निकायको महत्वपूर्ण कार्य भए पनि महत्व दिएको पाइदैन ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया