
१पंच दशनाम सन्यास आश्रम धुना कुटी संरक्षण नहुँदा जीर्ण
२पत्रकार महासंघ पर्वतको १४ औं साधारणसभा सम्पन्न, पत्रकारहरु पुरस्कृत
३आ.व.२०८३,०८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोड
४पर्वतमा २०० वर्ष पुरानो ऐतिहासिक इनारको उत्खनन सुरु
५गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
६जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी
७रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
८सडकपेटीमा रात विताउन बाध्य छिन् अबला नारी
९पर्वतको हम्पाल क्षेत्रले दिलाएको अद्भूत अनुभूति
१०रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
११पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
१२एसईई नतिजाः पर्वतमा गतवर्ष भन्दा यसपाली सुधार, जिल्लामा ४ जिपिए हासिल गर्ने विद्यार्थी संख्या पाँच
१गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
२रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
३पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
४रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
५जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी
६सडकपेटीमा रात विताउन बाध्य छिन् अबला नारी
८एसईई नतिजाः पर्वतमा गतवर्ष भन्दा यसपाली सुधार, जिल्लामा ४ जिपिए हासिल गर्ने विद्यार्थी संख्या पाँच
९पर्वतको हम्पाल क्षेत्रले दिलाएको अद्भूत अनुभूति
१०अफ्रिकन स्वाइन फ्लुले बंगुर मरेपछि खोर रित्तै, कृषकले पाएनन् राहत
११पर्वतमा २०० वर्ष पुरानो ऐतिहासिक इनारको उत्खनन सुरु
१२आ.व.२०८३,०८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोड

पर्वतको कुश्मा नगरपालिकास्थित गुप्तेश्वर गुफा हाता भित्र पर्ने पंच दशनाम सन्यास आश्रम धुना कुटी संरक्षण नहुँदा जीर्ण बनेको छ । सनातन संस्कृतिको पहिचान बोकेको दशनाम सन्यास आश्रम धुना कुटी लामोसमयदेखि मर्मत अभावका कारण जीर्ण बन्दै गएको हो ।
धार्मिक र सांस्कृति महत्व बोकेको धुना कुटीका भौतिक संरचनाहरुमा लामोसमय देखि मर्मत, रंगरोगन तथा आवश्यक पूर्वाधार सुधार गर्न कसैको ध्यान पुगेको छैन । आश्रमको छाना चुहिएको छ । रंग उडेका भित्ताहरु मक्किएका छन् भने काठका खामहरु धमिराले खाइसकेका छन् । कुटी संरक्षणमा सरोकारवालाको चासो नपुग्दा गुप्तेश्वर धार्मिक स्थल आसपास रहेको कुटी खण्डहर बन्दैछ ।
नगरपालिका वडा ४ को महावीर स्थानमा रहेको धुना कुटीको स्थापना वि.सं. २०४५ सालमा महंत श्री नागाबाबा विष्णु गिरीले गर्नुभएको थियो । नागाबाबालाई आश्रमको स्थापना र संचालनमा आवश्यक साथ र सहयोग तत्कालिन अवस्थामा सामाजिक व्यक्तित्व राजकुमार जोशीबाट मिलेको थियो ।
स्थानीयबासीका अनुसार नागाबाबा विष्णु गिरी जिवीत रहुन्जेल धार्मिक अनुष्ठान, पूजाआराधना, सत्संग तथा साधना गर्न आउने भक्तजनको ओइरो लाग्ने गर्दथ्यो । महावीरस्थान नजिकै संचालनमा रहेको दुर्गानाथ भण्डारा सेवा केन्द्रका सचिव गिर बहादुर भण्डारी भन्नुहुन्छर्–एक दशक अघिसम्म धार्मिक गतिविधि र सत्संगले निकै चहलपहल रहँदै आएको आश्रम जीर्ण र सुनसान बनेकोमा दुख लागेको छ । एकले अर्कोको मुख ताक्ने भन्दा पनि कुटी संरक्षणका लागि समिति बनाएर लाग्नुपर्छ ।Ú
गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाकी पूर्व अध्यक्ष मानकुमारी गिरीले धार्मिक महत्वको आश्रम संरक्षणमा कसैको चासो नहुनु र भत्किन थाल्नु दुखद रहेको उल्लेख गर्दै भन्नुभयोर्–नेपालका विभिन्न स्थान तथा भारतबाट समेत साधुसन्तको उल्लेख्य आगमन हुँदा कुटीले धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुगेको थियो । कुटी नजिकै स्थापना भएको संस्कृत पाठशालालाई नागाबाबाको साथ र सहयोग थियो । गुप्तेश्वर क्षेत्रको धार्मिक विकासका लागि पनि कुटीको जीर्णोद्धार र संरक्षण गरिनुपर्छ ।Ú
स्थानीयबासीका अनुसार धुना कुटी पहिले खरको छानाले छाइएको थियो । केही समयपछि टिनको पाताले कुटीका छाना बनाइएको थियो । कुटी नजिकै बगैचामा नागाबाबाले रोपेका फलफूलका रुखहरुले सौन्दर्यता दिएका थिए । कुटी नजिकै गौशाला थियो । संस्कृत पाठशालाका विद्यार्थीले वाचन गर्ने संस्कृत मन्त्रोच्चारणले वरिपरिको माहौल नै संगीतमय र शान्ति छाएको हुन्थ्यो । यतिखेर नागाबाबा ब्रम्हलीन भएसँगै आश्रमको माहौल सुनसान देखिन्छ भने भत्किदै गरेको कुटीको दृश्यले जोकोहीको मन दुःखी बनाइदिएको छ ।









१गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
२रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
३पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
४रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
५जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी





प्रतिक्रिया