
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वत जिल्लामा माध्यमिक शिक्षा परीक्षा-एसईई) नतिजा केही सकारात्मक संकेत सहित गतवर्ष भन्दा सुधार देखिएको छ । गतवर्ष भन्दा यसपाली एसईई २०८२ मा उत्तिर्ण हुने विद्यार्थीको प्रतिशत वृद्धि भएको छ ।
गतवर्ष जिल्लाबाट एसईई दिनेमध्ये ६० प्रतिशत उत्तिर्ण रहेकोमा यसपाली ७ प्रतिशत वृद्धि भई उत्तिर्ण विधार्थीको प्रतिशत ६७.२६ प्रतिशत रहेको शिक्षा समन्वय इकाइ कार्यालय पर्वतले जनाएको छ । जिल्लाको उत्तिर्ण नतिजा प्रतिशत राष्ट्रिय औसत अर्थात् ६६ प्रतिशत भन्दा बढी हो । यसपाली जिल्लाभरबाट एसईईमा पाँच जना विद्यार्थीले मात्रै उत्कृष्ट नतिजासहित ४ जिपिए ल्याएका छन् ।
गतवर्ष ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ६ जनामामध्ये एक जना पैयुँ गाउँपालिकाको विद्यार्थी रहेकोमा बाँकी कुश्मा नगरपालिकाका विद्यालयहरुबाट मात्रै थिए । यसपाली भने ४ जिपिए हासिल गर्ने पाँच जना विद्यार्थीहरु कुश्मानगरपालिका भित्रका विद्यालयमा अध्ययनरत छन् ।
जिल्लाभरबाट एसईईमा ४ जिपिए हासिल गर्ने विद्यार्थीहरुमध्ये सामुदायिक विद्यालय नारायण माविका अनुपम सुवेदी र अनुप पोख्रेल गरी दुई जना छन् भने बाँकी संस्थागत विद्यालयहरु आदर्श अंगे्रजी बोर्डिङ स्कुलका विनायक भुषाल, नमूना आवासीय माविका सक्षम केसी, आइवल एकेडेमीका कृष्मा पराजुली रहेका छन् ।
शिक्षा समन्वय इकाइका प्रमुख मतिलाल चपाईले जिल्लामा एसईई नतिजालाई मध्यम स्तरको मान्नुपर्ने बताउनुहुन्छ । विद्यालय र शिक्षकहरुले विद्यार्थीहरुको एसईई नतिजालाई मात्रै ध्यान दिने नभई शुरुवाती कक्षाबाट नै राम्रो नतिजा ल्याउनमा आफूहरुलाई केन्द्रित गर्नुपर्ने उहाँले सुझाउनु हुन्छ । प्रमुख चपाइका अनुसार एसईईको नतिजाका परिणामलाई पालिका स्तरबाट हेर्दा सवैभन्दा राम्रो परिणाम दिनेमा पहिलोमा कुश्मा नगरपालिका र फलेवास नगरपालिका छन् । यी दुवै पालिकाले ७४ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएछन् । त्यसपछि क्रमशः दोस्रोमा मोदी गाउँपालिका, तेस्रोमा पैयुँ गाउँपालिका र क्रमशः महाशीला गाउँपालिका, विहादी गाउँपालिका र जलजला गाउँपालिका रहेका छन् ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय पर्वतका अनुसार पछिल्ला केही वर्षयता जिल्लामा एसर्ईई परीक्षार्थी संख्या निरन्तर घट्दो छ । यस वर्ष जिल्लाबाट १ हजार ६८३ जनाले परीक्षा दिएका थिए । जुन अघिल्लो वर्षको तुलनामा कम हो । गत वर्ष जिल्लाबाट १ हजार ८१३ जना विद्यार्थी परीक्षामा सहभागी थिए भने अघिल्लो वर्ष सहभागी हुने विद्यार्थीको संख्या २ हजार ५० थियो ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया