
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लामा माध्यमिक शिक्षा परीक्षा-एसईई) नतिजा केही सकारात्मक संकेत सहित गतवर्ष भन्दा सुधार देखिएको छ । गतवर्ष भन्दा यसपाली एसईई २०८२ मा उत्तिर्ण हुने विद्यार्थीको प्रतिशत वृद्धि भएको छ ।
गतवर्ष जिल्लाबाट एसईई दिनेमध्ये ६० प्रतिशत उत्तिर्ण रहेकोमा यसपाली ७ प्रतिशत वृद्धि भई उत्तिर्ण विधार्थीको प्रतिशत ६७.२६ प्रतिशत रहेको शिक्षा समन्वय इकाइ कार्यालय पर्वतले जनाएको छ । जिल्लाको उत्तिर्ण नतिजा प्रतिशत राष्ट्रिय औसत अर्थात् ६६ प्रतिशत भन्दा बढी हो । यसपाली जिल्लाभरबाट एसईईमा पाँच जना विद्यार्थीले मात्रै उत्कृष्ट नतिजासहित ४ जिपिए ल्याएका छन् ।
गतवर्ष ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ६ जनामामध्ये एक जना पैयुँ गाउँपालिकाको विद्यार्थी रहेकोमा बाँकी कुश्मा नगरपालिकाका विद्यालयहरुबाट मात्रै थिए । यसपाली भने ४ जिपिए हासिल गर्ने पाँच जना विद्यार्थीहरु कुश्मानगरपालिका भित्रका विद्यालयमा अध्ययनरत छन् ।
जिल्लाभरबाट एसईईमा ४ जिपिए हासिल गर्ने विद्यार्थीहरुमध्ये सामुदायिक विद्यालय नारायण माविका अनुपम सुवेदी र अनुप पोख्रेल गरी दुई जना छन् भने बाँकी संस्थागत विद्यालयहरु आदर्श अंगे्रजी बोर्डिङ स्कुलका विनायक भुषाल, नमूना आवासीय माविका सक्षम केसी, आइवल एकेडेमीका कृष्मा पराजुली रहेका छन् ।
शिक्षा समन्वय इकाइका प्रमुख मतिलाल चपाईले जिल्लामा एसईई नतिजालाई मध्यम स्तरको मान्नुपर्ने बताउनुहुन्छ । विद्यालय र शिक्षकहरुले विद्यार्थीहरुको एसईई नतिजालाई मात्रै ध्यान दिने नभई शुरुवाती कक्षाबाट नै राम्रो नतिजा ल्याउनमा आफूहरुलाई केन्द्रित गर्नुपर्ने उहाँले सुझाउनु हुन्छ । प्रमुख चपाइका अनुसार एसईईको नतिजाका परिणामलाई पालिका स्तरबाट हेर्दा सवैभन्दा राम्रो परिणाम दिनेमा पहिलोमा कुश्मा नगरपालिका र फलेवास नगरपालिका छन् । यी दुवै पालिकाले ७४ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएछन् । त्यसपछि क्रमशः दोस्रोमा मोदी गाउँपालिका, तेस्रोमा पैयुँ गाउँपालिका र क्रमशः महाशीला गाउँपालिका, विहादी गाउँपालिका र जलजला गाउँपालिका रहेका छन् ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय पर्वतका अनुसार पछिल्ला केही वर्षयता जिल्लामा एसर्ईई परीक्षार्थी संख्या निरन्तर घट्दो छ । यस वर्ष जिल्लाबाट १ हजार ६८३ जनाले परीक्षा दिएका थिए । जुन अघिल्लो वर्षको तुलनामा कम हो । गत वर्ष जिल्लाबाट १ हजार ८१३ जना विद्यार्थी परीक्षामा सहभागी थिए भने अघिल्लो वर्ष सहभागी हुने विद्यार्थीको संख्या २ हजार ५० थियो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया