
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतको कुश्मा नगरपालिकास्थित वितलबमा एक स्थानीयको घरमै राखेको ट्याम्पोको इन्धन ट्याङ्कीमा अज्ञात व्यक्तिले नून राखिदिदा इन्जिनमा क्षति पुगेको छ । नगरपालिका वडा १० बाख्रेपानीका दिपक पौडेलको ट्याम्पो-अटो)को इन्धन ट्याङकीमा रातीको समयमा नून राखेको पाइएको हो ।
आर्थिक रुपमा सामान्य अवस्थामा रहेका ५० वर्षे उमेरका पौडेल विगत दुई वर्षदेखि ट्याम्पो चालकको रुपमा काम गर्दै आउनु भएको छ । चालक पौडेलको दैनिकी विहान ट्याम्पो स्टार्ट गरी काममा जानु हुन्छ । शनिवार विहान ट्याम्पो स्टार्ट गर्न खोज्दा इन्जिनमा समस्या देखिनु र ट्याङ्की मुन्तिर नून पाइनुले चालक पौडेलको मनमा चिसो पस्यो । पौडेलले गाडीमा राखेर ट्याम्पोलाई मर्मतका लागि कुश्मा बजारको वर्कसपमा ल्याउनु भएको थियो ।
चालक पौडेलका अनुसार ट्याम्पो मर्मतका लागि सात हजार बढी रकम खर्च गर्नु प¥यो । पौडेलले दुःखेसो पोख्दै भन्नुहुन्छर्–ट्याम्पो खरीद गर्न लिएको ऋणको किस्ता तिर्न बचत गरेको रकम विनसित्तैमा मर्मतका लागि खर्चिनु प¥यो । मिस्त्रीको देखाउदा इन्जिन, फ्युल पम्प र फिल्टर लगायतमा क्षति पुगेको हैछ । मैले कसैको केही विगारेको छैन । किन मेरो खाने थाल खोस्न कसले खोजेको होला ?Ú
सात लाख बढी ऋण लिई एक वर्ष अघि खरीद गरेको ट्याम्पोको कमाइबाट पौडेलको घरपरिवारको खर्च चल्दै आएको छ । पौडेललाई तीन छोरी र एक छोरा सहित श्रीमतीको गुजारा धान्दै आउनु परेको छ । वैदेशिक रोजगारका लागि दश वर्ष भारत र केही वर्ष कतार बसेर पनि आर्थिक रुपमा भनेजस्तो भएन । विदेशबाट फर्केर पौडेलले केही वर्ष गाईभैसी पालन गर्दा पनि खासै चित्तबुझ्दो हुन नसकेपछि ट्याम्पो चलाउन थालेको बताउनुहुन्छ ।
ट्याम्पोको कमाइले जेनतेन जीवन निर्वाह गरेका सामान्य लेखपढ भएका पौडेल यतिखेर भने पीडित बन्नुपरेको छ । पौडेलले कुश्मा खरेहाको झोलुङ्गे पुलदेखि कटुवाचौपारी, ठुलीपोखरीसम्म साथै सिल्मी हुँदै शंकरपोखरीसम्म आवतजावत गर्ने याात्रीलाई सेवा दिदै आउनुभएको छ ।
आफूलाई दुःख दिनेले अर्कोलाई पनि फेरि दुःख नदेओस् भनी दुःख दिनेको खोजी हुनुपर्छ भन्ने पीडित पौडेलको भनाई छ । पीडित पौडेलले आफ्नो ट्याम्पोलाई क्षति पुराउने विरुद्ध उजुरी दिने बताउनुभएको छ । वडा १० का अध्यक्ष रामचन्द्र सुवेदीले इन्जिन विगार्नलाई नून राख्नु अपराध भएको हुँदा दोषीलाई कडा कारवाही गरिनुपर्ने बताउनुहुन्छ । अध्यक्ष सुवेदीले शंका लागेको व्यक्ति उपर उजुरी गर्न अनुरोध गर्दै पीडितलाई न्याय दिलाउन सहयोग गर्ने बताउनुभयो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया