
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतमा गत फागुनको तेस्रो हप्ता फैलिएको अफ्रिकन स्वाइन फ्लुले बंगुरहरु मरेपछि करीव एक दर्जन कृषि फार्ममा खोरहरु रित्तै भएका छन् । बंगुर मरेपछि आर्थिक नोक्सानीमा परेका कृषकहरुले कहिकतैबाट अहिलेसम्म आर्थिक राहत पाउन सकेका छैनन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार अफ्रिकन स्वाइन फ्लु महामारी फैलिएपछि जिल्लाभर करीव ३ सयको संख्यामा बंगुरहरु मरेका थिए । कुश्मा नगरपालिका वडा ८ ओडारेमा करीव एक करोडको लागतमा ओडारे कृषि फार्म संचालन गर्दै आउनु भएका कृषक गौरव क्षेत्रीका अफ्रिकन स्वाइन फ्लु महामारीका कारण माउ र पाठापाठी गरी ९ वटा बंगुर मरे । कृषक क्षेत्रीले १२ वर्षदेखि बंगुर पालन गर्दै आएको बताउनुहुन्छ । कोभिड महामारी पहिले कृषक क्षेत्रीको कृषि फार्ममा १ सय ५० हाराहारीमा बंगुर पािलका थिए । यतिखेर भने माउ र पाठापाठी गरी ४० वटा मात्रै छन् ।
बंगुर पालक कृषक समूहका अध्यक्ष समेत रहनु भएका कृषक क्षेत्री भन्नुहुन्छर्–स्वाइन फ्लुका कारण आर्थिक कठिनाइले कृषकहरु विस्थापित हुन लागेका छन् । स्थानीय सरकार र भेटेरिनरी कार्यालय कहिकतैबाट राहत पाइएको छैन । विमाले समेत महामारी रोगबाट मरेका पशुको जोखिम नलिदा पनि थप मर्का परेको छ । कृषकलाई सस्तो व्याजमा ऋण पाउने व्यवस्था भएपनि राहत हुने थियो ।Ú
स्वाइन फ्लु फैलिएर भएका सवै ७६ वटा बंगुर मरेपछि स्मृति कृषि फार्मका कृषक प्रकाश गुरुङको खोर अहिले रित्तै छ । कुश्मा नगरपालिका ८ स्थित दोविल्लामा करीव ५० लाख लागतमा संचालनमा रहेको फार्मका २२ वटा माउ, एक विर सहित पाठापाठी गरी ७६ वटा बंगुर मरेपछि कृषक गुरुङलाई करीव २३ लाख रकम बराबर आर्थिक नोक्सानी व्यहोर्नु प¥यो । कृषक गुरुङले रित्तो भएको खोर देखाउदै भन्नुहुन्छर्–केही दिनमा नै विक्री गर्छु भनेका बगुंरहरु महामारीले स्वाहा पारिदियो । आर्थिक नोक्सानीका कारण बंगुरका पाठा खरीद गरी ल्याउन पनि कठिन भएको छ । क्षतिपूर्तिका लागि वडा कार्यालय, पालिका, भेटेरिनरी कार्यालयमा निवेदन दिएको छु । सहयोग पाउनेबारे पत्तो छैन ।Ú
कुश्मा नगरपालिका वडा ४ स्थित साउनेबगरमा रहेको पुर्जा बंगुर फार्ममा बंगुर पालन गर्दै आउनुभएका कृषक श्याम प्रसाद पुर्जा पुनको स्वाइन फ्लु महामारीका कारण ७५ वटा बंगुर मरे । कृषक पुनका माउ बंगुरको मर्ने संख्या बढी भएको हुँदा आर्थिक नोक्सानी करीव ३० लाख बढी भएको आंकलन छ । महामारीकै कारण लाखौ रकमको नोक्सानी व्यहार्नुे र खोर नै रित्तै हुने कृषकको फार्मको संख्या आधा दर्जन रहेको छ भने प्रभावित हुनेमा दर्जनौको संख्यामा छन् । प्रभावित भएका कृषकहरुले कतिकतैबाट राहत नपाएको दुखेसो गरेका छन् ।
भेटेरिनरी कार्यालयका प्रमुख सुरेश कुमार श्रेष्ठका अनुसार स्वाइन फ्लुको महामारीबाट प्रभावित कृषकलाई आर्थिक राहत दिनका लागि कुनै आर्थिक कार्यक्रम रहेको छैन । प्रमुख श्रेष्ठका अनुसार वार्षिक ४० मेट्रिक टन बंगुरको मासु उत्पादन हुने पर्वत जिल्ला आत्मनिर्भर रहदै आएकोमा अब भने बंगुरको मासुमा आत्मनिर्भर हुन कठिन हुनेछ । कार्यालयका अनुसार जिल्लाभर ८० वटा बंगुर कृषि फार्म रहेका छन् ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया