
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लाको कुश्मा नगरपालिकास्थित बजार क्षेत्रको चोकको सडकपेटीमा एक अर्धवैशे उमेरकी अवला नारीले रात विताउँछिन् । अर्धवैशे रामकुमारी -नाम परिवर्तन) को आफ्नो भन्नु यो दुनियाँमा कोही पनि छैनन् । उनको आफ्नो भन्ने कोही हुन्थ्यो भने सायद उनी बजारको चोकको कुनै घरको बाहिरपट्टि आड लगाएर टोलाइ बस्नुपर्ने थिएन । कुनै विस्तारा विना सडकको पेटीमै निदाउनु पर्ने थिएन ।
रामकुमारीको घर पर्वतको मुडिकुवा भन्ने स्थानमा हो भन्ने सुनिन्छ तर एकिन छैन । उनी विवाहित हुन् । श्रीमान् पनि छन् भन्ने पनि सुन्नमा आएको छ तर यथार्थता अझै खोजीको विषय बनेको छ । उनी को हुन् ? किन सडकमा आइन् ? उनले सडकमा मागी खानु पर्ने अवस्था कसरी आयो ? यी अनि यस्ता धेरै प्रश्नको जवाफ दिन रामकुमारी असमर्थ छिन् । सायद मानसिक अवस्था पनि रामकुमारीको सन्तुलित नहोला । रामकुमारी अरु कसैको नभएपनि यही माटोको छोरी हुन् । स्थानीयका अनुसार महिनौदेखि सडकको पेटीमा जाडोगर्मी केही नभनी उनी जीवन गुजार्न बाध्य बन्दै आएकी छिन् ।
आजको उनको कोही नहोला तर हिजो त कसैको छोरी थिइन् । कसैकी दिदीवैनी थिइन् । कसैकी श्रीमती थिइन् । आज उनी दुःखमा पर्दा र उनको मानसिक अवस्था ठीक नहुँदा साथमा कोही पनि भएन । एक अवला नारी सडकमा रात विताउँदैछिन् । उनको दयनीय अवस्थामा कसैको मन दुख्दैन । उनको दुःखमा कसैको मन रुदैन । उनको भोको पेटबारेमा कसले खोजी गरिदेओस् । उनलाई जन्म दिने आमा सायद यस धर्तीमा छैनन् होला । यदि उनकी आमा भएको भए उनलाई सडकबाट उठाउने थिइन् होला ।
आज एक अवला नारी कुश्मा नगरपालिका वडा ६ स्थित सडकको पेटीमा असुरक्षित भई रात विताउन बाध्य हुँदा समेत कुनै मानिसको दया र करुणा पलाउन सकेको छैन । सयौं मान्छे सडक हुँदै यताउता गर्छन् तर उनको उद्धार र सुरक्षित बासस्थानका लागि पहल गर्ने कोही छैन । साँच्चिकै हाम्रो समाज जड र भावना शुन्य भइसकेको हो । मानवको मनमा करुणा र मानवता भन्ने गुण हराइसकेको हो ? यदि यो हो भने मान्नुहोस् समाज अव समाज रहेन । मानव अव मानव रहेन । मानवमा दया, प्रेम र करुणा भएन भने विनाशतिर समाज लम्किदै छ ।
समाजमा मानवअधिकारका कुरा उठाइन्छन् । नागरिक अधिकार र स्वतन्त्रताका कुरा पनि उठाइन्छन् । सामाजिक सुरक्षाका कुरा पनि उठाइन्छन् । यी सवै कुरा उठानकै लागि हुन् ? उठानकै लागि हैनन् भने एक अवला र अशक्त नारीले महिनौदेखि सडकको पेटीमा बास गर्न किन पर्छ ? पेट भर्नकै लागि सवैसँग हात फैलाउदै हिड्न किन परिरहेको छ ? सडक पेटीमा असुरक्षित भावले एक नारी पल्टिरहेको सभ्य समाजले किन देख्दैन ? कुनै नागरिकले दुःखमा परेकी नारीको मर्का नदेखे पनि स्थानीय सरकारका निकायहरुले त कमसेकम देख्नुपर्छ । अशक्त, रोगी, वृद्धका लागि समाजिक सुरक्षा दिनु राज्यको दायित्व होइन र ?









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया