
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वत जिल्लाको कुश्मा नगरपालिकास्थित बजार क्षेत्रको चोकको सडकपेटीमा एक अर्धवैशे उमेरकी अवला नारीले रात विताउँछिन् । अर्धवैशे रामकुमारी -नाम परिवर्तन) को आफ्नो भन्नु यो दुनियाँमा कोही पनि छैनन् । उनको आफ्नो भन्ने कोही हुन्थ्यो भने सायद उनी बजारको चोकको कुनै घरको बाहिरपट्टि आड लगाएर टोलाइ बस्नुपर्ने थिएन । कुनै विस्तारा विना सडकको पेटीमै निदाउनु पर्ने थिएन ।
रामकुमारीको घर पर्वतको मुडिकुवा भन्ने स्थानमा हो भन्ने सुनिन्छ तर एकिन छैन । उनी विवाहित हुन् । श्रीमान् पनि छन् भन्ने पनि सुन्नमा आएको छ तर यथार्थता अझै खोजीको विषय बनेको छ । उनी को हुन् ? किन सडकमा आइन् ? उनले सडकमा मागी खानु पर्ने अवस्था कसरी आयो ? यी अनि यस्ता धेरै प्रश्नको जवाफ दिन रामकुमारी असमर्थ छिन् । सायद मानसिक अवस्था पनि रामकुमारीको सन्तुलित नहोला । रामकुमारी अरु कसैको नभएपनि यही माटोको छोरी हुन् । स्थानीयका अनुसार महिनौदेखि सडकको पेटीमा जाडोगर्मी केही नभनी उनी जीवन गुजार्न बाध्य बन्दै आएकी छिन् ।
आजको उनको कोही नहोला तर हिजो त कसैको छोरी थिइन् । कसैकी दिदीवैनी थिइन् । कसैकी श्रीमती थिइन् । आज उनी दुःखमा पर्दा र उनको मानसिक अवस्था ठीक नहुँदा साथमा कोही पनि भएन । एक अवला नारी सडकमा रात विताउँदैछिन् । उनको दयनीय अवस्थामा कसैको मन दुख्दैन । उनको दुःखमा कसैको मन रुदैन । उनको भोको पेटबारेमा कसले खोजी गरिदेओस् । उनलाई जन्म दिने आमा सायद यस धर्तीमा छैनन् होला । यदि उनकी आमा भएको भए उनलाई सडकबाट उठाउने थिइन् होला ।
आज एक अवला नारी कुश्मा नगरपालिका वडा ६ स्थित सडकको पेटीमा असुरक्षित भई रात विताउन बाध्य हुँदा समेत कुनै मानिसको दया र करुणा पलाउन सकेको छैन । सयौं मान्छे सडक हुँदै यताउता गर्छन् तर उनको उद्धार र सुरक्षित बासस्थानका लागि पहल गर्ने कोही छैन । साँच्चिकै हाम्रो समाज जड र भावना शुन्य भइसकेको हो । मानवको मनमा करुणा र मानवता भन्ने गुण हराइसकेको हो ? यदि यो हो भने मान्नुहोस् समाज अव समाज रहेन । मानव अव मानव रहेन । मानवमा दया, प्रेम र करुणा भएन भने विनाशतिर समाज लम्किदै छ ।
समाजमा मानवअधिकारका कुरा उठाइन्छन् । नागरिक अधिकार र स्वतन्त्रताका कुरा पनि उठाइन्छन् । सामाजिक सुरक्षाका कुरा पनि उठाइन्छन् । यी सवै कुरा उठानकै लागि हुन् ? उठानकै लागि हैनन् भने एक अवला र अशक्त नारीले महिनौदेखि सडकको पेटीमा बास गर्न किन पर्छ ? पेट भर्नकै लागि सवैसँग हात फैलाउदै हिड्न किन परिरहेको छ ? सडक पेटीमा असुरक्षित भावले एक नारी पल्टिरहेको सभ्य समाजले किन देख्दैन ? कुनै नागरिकले दुःखमा परेकी नारीको मर्का नदेखे पनि स्थानीय सरकारका निकायहरुले त कमसेकम देख्नुपर्छ । अशक्त, रोगी, वृद्धका लागि समाजिक सुरक्षा दिनु राज्यको दायित्व होइन र ?









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया