
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लाको उत्तरभेगमा अवस्थित जलजला हमपाल क्षेत्र नेपालीका लागि अनुपम उपहार हो । हाम्रो देश विश्वको कुनै पनि मुलुक भन्दा प्राकृतिक सौन्दर्यतामा कम छैन । हामीसँग गर्व गर्न लायक धेरै स्वर्गतुल्य स्थानहरु छन् । ती स्थानहरुमध्ये हमपाल क्षेत्र पनि एक हो । घुमन्ते र प्रकृतिप्रेमीका लागि हम्माल कालान्जर क्षेत्रले मोहनी लगाइदिन्छ ।
हजारौ वर्ष पुराना अजंगका गुराँसका बोटहरु देख्दा लाग्छ कि यी रुखहरुले हजारौ वर्ष पुराना कथाव्यथाहरु नबोलीकन नै केही बताइरहेका छन् । उच्च भौगोलिक स्थानको चिसो सुगन्धित पवनले स्पर्श गर्दैमा मात्र पनि मान्छेले वर्षौदेखिको थकान, निराशा र पीडा चटक्कै भुल्छ । हम्पाल क्षेत्रले जोकोहीलाई प्राकृतिक हिलिङ गरिदिन्छ । यति मात्रै कहाँ हो र मान्छेको मनले पुराका पुरा उर्जाशक्तिको अनूभुति गर्दै गर्दा परमात्माको आशीर्वाद भेट्छ ।
भौगोलिक हिसाबले पर्वत सानो जिल्लामा गनिन्छ तर यहाँको भौगोलिक विशेषता र विविधता भने अद्भूत लाग्दो छ । जोकोहीलाई राम्री तरुनीको सुन्दर र आकर्षक जीउडालले लोभ्याए जसरी लोभ्याइदिन्छ । यो क्षेत्र पछिल्लो केही वर्षमा पर्यटकीय आकर्षणको गतिलो गन्तव्य बन्दै गएको पनि रहेछ । प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र धार्मिक महत्व बोकेको हम्पाल क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनको संख्या दिनानुदिन बढ्दो देख्दा खुशी पनि लाग्छ ।
पर्वतको जलजला गाउँपालिकाको जलजला भन्ने स्थानसम्म केही पक्की तथा कच्ची सडक पुगेको छ । गाडी गुड्न नसक्ने स्थानबाट रोमाञ्चक र साहसिक पैदल यात्रा सुरु हुन्छ । पैदलयात्रीले समुद्र सतहदेखि ३३ सय मिटर उचाईमा रहको जलजला क्षेत्रको हमपालको रमणीय लेकसम्म पाइला टेक्न सक्छन् । मोदीगाउँपालिकाको हम्पाल लेक, माटेको लेक, डाँडाकमेरे, भमरकोट, भुकदेउराली, लप्सीबोट, कास्की विरेठाँटी सम्म दुई दिनमा पैदल यात्रा गर्न सकिन्छ ।
हमपाल क्षेत्रमा पर्ने जलजला सरोवर, हमपाल-ओमपाल), सिर्पु लगायतका स्थानहरुका रमणीय दृश्यको अवलोकन गर्न सक्नेछन् । यात्रा क्रममा थरीथरी रंगमा लटरम्म फूलेका लालीगुराँस रुखहरुले सजिएको हम्पाल लेकको प्राकृतिक दृश्यावलोकन, जैविक विविधता तथा स्थानीय कलासंस्कृतिको झलकले जसकसैको मन फुरुङ्ग हुन्छ ।
हम्पाल क्षेत्र स्थानीय जलजला गाउँपालिका र मोदी गाउँपालिका क्षेत्रमा पर्ने हुँदा पनि स्थानीय पालिकाले यस क्षेत्रको पर्यटकीय विकासका लागि चासो देखाएका छन् । जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले हम्पाल क्षेत्रको दिगो विकासका लागि सडक निर्माण, धर्मशाला निर्माण, पदमार्ग विस्तार, विद्युत तथा इन्टरनेट पहुँच, खानेपानीको व्यवस्था, भगवान शिवको मूर्ति तथा मन्दिर निर्माण, जटभरतको मूर्ति स्थापना, गौतम बुद्धको मूर्ति स्थापना लगायतका योजना रहेको उल्लेख गरेका छन् । यी सवै विकासका भौतिक पूर्वाधार निर्माण गर्दै गर्दा प्राकृतिक स्वरुपलाई विगार्ने कर्म हुनु हुँदैन । प्रकृतिमैत्री वातावरणमा विकासको काम गरिनुपर्छ ।
कालाञ्जर क्षेत्रमा आकर्षक पदमार्ग, मनमोहक हिमश्रृंखला दृश्य, ऐतिहासिक स्थल र धार्मिक आस्थाका केन्द्रहरु रहेका छन् । पूर्वाधारको अभाव, प्रचारप्रसारको कमी र पहुँच मार्गको समस्या जस्ता कारणले अपेक्षाकृत रुपमा पर्यटक भित्रिन सकेका छैनन् ।
जलजला क्षेत्रको सिर्पु लगायतका स्थानलाई योगसाधना र ध्यान केन्द्रका रुपमा समेत संरक्षण र विकास गरिनुपर्छ । स्वामी कमलनयन आचार्यको अगुवाइमा श्रीकालञ्जर महायज्ञको आयोजना गरिदा हम्पाल क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर हुने विश्वास गरिएको छ । कालाञ्जर क्षेत्र हम्पालबाट विश्वका नागरिकलाई आध्यात्मिक जागरण मार्फत् प्रेम र शान्तिको आभा छर्न सक्ने सम्भावना देखिन्छ । यसका लागि सवै पक्षको सकारात्मक पहलको खाँचो छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया