
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वत जिल्लामा माध्यमिक शिक्षा परीक्षा-एसईई) नतिजा हेर्दा सात वटा विद्यालयको सतप्रतिशत उत्तिर्ण देखिएको छ । जिल्लाभरबाट सतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने सामुदायिक विद्यालयको संख्या ४ वटा छ भने संस्थागत तर्फ ३ वटा रहेका छन् ।
सामुदायिक तर्फ सतप्रतिशत उत्तिर्ण नतिजा दिने विद्यालयहरुमा सुवेदी न्वारथर मावि पाङ कुश्मा नगरपालिका, ग्रामोदय मावि भँगरा महाशीला गाउँपालिका, फलेवास नगरपालिकाका अन्नपूर्ण मावि र त्रिभुवन मावि रहेका छन् । त्यसैगरी संस्थागततर्फ सतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयहरुमा कुश्मा नगरपालिकास्थित राष्ट्रिय बालशिक्षा सदन, आइबल एकेडेमी र शहिद स्मारक छन् ।
आइबल एकेडेमीकी विद्यार्थी कृष्मा पराजुली जिल्लाभरबाट ४ जिपिए हासिल गर्ने पाँच जना विद्यार्थीहरुमध्ये एक जना हुन् । जिल्लाभरबाट एसईईमा ४ जिपिए हासिल गर्ने विद्यार्थीहरुमध्ये सामुदायिक विद्यालय नारायण माविका अनुपम सुवेदी र अनुप पोख्रेल गरी दुई जना छन् भने बाँकी संस्थागत विद्यालयहरु आदर्श अंगे्रजी बोर्डिङ स्कुलका विनायक भुषाल, नमूना आवासीय माविका सक्षम केसी छन् ।
सतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयको संख्या केही कम जस्तो देखिए पनि समग्र नतिजा भने गतवर्ष भन्दा सुधार देखिएको छ । गतवर्ष भन्दा यसपाली एसईई २०८२ मा उत्तिर्ण हुने विद्यार्थीको प्रतिशत वृद्धि भएको छ । जिल्लामा गतवर्ष एसईईमा शुन्य नतिजा आउने विद्यालयको संख्या ३ वटा थियो ।
गतवर्ष जिल्लाबाट एसईई दिनेमध्ये ६० प्रतिशत उत्तिर्ण रहेकोमा यसपाली ७ प्रतिशत वृद्धि भई उत्तिर्ण विधार्थीको प्रतिशत ६७.२६ प्रतिशत रहेको शिक्षा समन्वय इकाइ कार्यालय पर्वतले जनाएको छ । जिल्लाको उत्तिर्ण नतिजा प्रतिशत राष्ट्रिय औसत अर्थात् ६६ प्रतिशत भन्दा बढी हो ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय पर्वतका अनुसार पछिल्ला केही वर्षयता जिल्लामा एसर्ईई परीक्षार्थी संख्या निरन्तर घट्दो छ । यस वर्ष जिल्लाबाट १ हजार ६८३ जनाले परीक्षा दिएका थिए । जुन अघिल्लो वर्षको तुलनामा कम हो । गत वर्ष जिल्लाबाट १ हजार ८१३ जना विद्यार्थी परीक्षामा सहभागी थिए भने अघिल्लो वर्ष सहभागी हुने विद्यार्थीको संख्या २ हजार ५० थियो ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया