
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लामा माध्यमिक शिक्षा परीक्षा-एसईई) नतिजा हेर्दा सात वटा विद्यालयको सतप्रतिशत उत्तिर्ण देखिएको छ । जिल्लाभरबाट सतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने सामुदायिक विद्यालयको संख्या ४ वटा छ भने संस्थागत तर्फ ३ वटा रहेका छन् ।
सामुदायिक तर्फ सतप्रतिशत उत्तिर्ण नतिजा दिने विद्यालयहरुमा सुवेदी न्वारथर मावि पाङ कुश्मा नगरपालिका, ग्रामोदय मावि भँगरा महाशीला गाउँपालिका, फलेवास नगरपालिकाका अन्नपूर्ण मावि र त्रिभुवन मावि रहेका छन् । त्यसैगरी संस्थागततर्फ सतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयहरुमा कुश्मा नगरपालिकास्थित राष्ट्रिय बालशिक्षा सदन, आइबल एकेडेमी र शहिद स्मारक छन् ।
आइबल एकेडेमीकी विद्यार्थी कृष्मा पराजुली जिल्लाभरबाट ४ जिपिए हासिल गर्ने पाँच जना विद्यार्थीहरुमध्ये एक जना हुन् । जिल्लाभरबाट एसईईमा ४ जिपिए हासिल गर्ने विद्यार्थीहरुमध्ये सामुदायिक विद्यालय नारायण माविका अनुपम सुवेदी र अनुप पोख्रेल गरी दुई जना छन् भने बाँकी संस्थागत विद्यालयहरु आदर्श अंगे्रजी बोर्डिङ स्कुलका विनायक भुषाल, नमूना आवासीय माविका सक्षम केसी छन् ।
सतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयको संख्या केही कम जस्तो देखिए पनि समग्र नतिजा भने गतवर्ष भन्दा सुधार देखिएको छ । गतवर्ष भन्दा यसपाली एसईई २०८२ मा उत्तिर्ण हुने विद्यार्थीको प्रतिशत वृद्धि भएको छ । जिल्लामा गतवर्ष एसईईमा शुन्य नतिजा आउने विद्यालयको संख्या ३ वटा थियो ।
गतवर्ष जिल्लाबाट एसईई दिनेमध्ये ६० प्रतिशत उत्तिर्ण रहेकोमा यसपाली ७ प्रतिशत वृद्धि भई उत्तिर्ण विधार्थीको प्रतिशत ६७.२६ प्रतिशत रहेको शिक्षा समन्वय इकाइ कार्यालय पर्वतले जनाएको छ । जिल्लाको उत्तिर्ण नतिजा प्रतिशत राष्ट्रिय औसत अर्थात् ६६ प्रतिशत भन्दा बढी हो ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय पर्वतका अनुसार पछिल्ला केही वर्षयता जिल्लामा एसर्ईई परीक्षार्थी संख्या निरन्तर घट्दो छ । यस वर्ष जिल्लाबाट १ हजार ६८३ जनाले परीक्षा दिएका थिए । जुन अघिल्लो वर्षको तुलनामा कम हो । गत वर्ष जिल्लाबाट १ हजार ८१३ जना विद्यार्थी परीक्षामा सहभागी थिए भने अघिल्लो वर्ष सहभागी हुने विद्यार्थीको संख्या २ हजार ५० थियो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया