
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लाको कुश्मा नगरपालिकास्थित शिवालय गुठी हाताभित्र पर्ने ऐतिहासिक इनारको उत्खनन सुरु गरिएको छ । विगत लामो समयदेखि कंक्रीटको ढलन गरी पुरिएको अवस्थामा रहेको इनारको यतिखेर उत्खनन गरी संरक्षण गर्न लागिएको हो ।
कुश्मा नगरपालिकाको वडा ६ मा पर्ने शिवालयचोक भन्दा केही माथि रहेको इनार स्थानीयबासीका अनुसार २ सय वर्ष भन्दा बढी पुरानो मानिन्छ । ठुला छपनी ढुंगाले चिटिक्क चिनेर तयार पारिएको इनारको सतहदेखि माथिसम्म पर्खाल लगाइएको थियो । इनारछेउ हुने गरी खनिएको पक्की सडक र लगाइएको मेशीनरी वालका कारण इनारको पर्खाल भत्किएर जिर्ण बनेको थियो ।
करीव ५० फीट गहिराइ रहेको इनारको केही तलसम्म ढुंगाको सिढी लगाइएको पाइन्छ । इनारको लम्वाइ करीव ८ मीटर छ भने चौडाइ औसतमा ५ मीटर छ । सिढी सकिएसँगै इनारको सतह मुन्तिर दुईतिर थप गहिराइमा पानीकोे मूल रहेको स्थानीयबासी राम गिरी बताउनुहुन्छ । स्थानीयबासी गिरीका अनुसार हिउँदको समयमा पहिले मानिसहरु पानी लिन सिढी मार्फत् इनारको मुन्तिरसम्म पुग्नु पर्दथ्यो भने पानी वर्षात्को समयमा भने सतहमै पानी हुन्थ्यो । पहिले मानिसहरुले गाग्री डोरीमा बाँधेर डुबुल्की लगाई पानी निकाल्ने गर्दथे ।
कुनैबेला स्थानीयवासीको पिउने पानीको स्रोत रहेको इनार दुई दशक भन्दा बढी कंक्रीटको ढलनबाट पुरिएको थियो । अहिलेको शिवालय चोक आसपासको खेतीयोग्य जग्गामा पहिले वर्षाको समयमा धान रोप्ने पानीको स्रोत इनारकै पानी हुने गर्दथ्यो । स्थानीबासीका अनुसार वर्षाको समयमा इनारबाट बग्ने पानीले धान रोप्ने बेला खेतमा एकैपटक चार हल गोरु चलाइन्थे । घरघरमा पाइप धारा जडान नहुँदासम्म कुश्मा बजार र आसपासका क्षेत्रमा इनारकै पानीले मानिसहरुले आफ्नो तिर्खा मेटाउने गर्दथे । घरघरमा धाराको सुविधा भएपछि भने इनारको पानी संरक्षणमा स्थानीयबासीको रुचि घट्न पुगेको हो ।
प्राचीन कालमा पुर्खाहरुले करीव दुई किलोमिटर टाढा पर्ने खरेहाबाट कुलो बनाइ पानी ल्याएर इनारमा खसालेको सुन्दै आएको युवा सामाजिक व्यक्तित्व शंकर गिरी बताउनुहुन्छ । इनार आसपास विभिन्न थरीका फलफूलका रुखहरु, ठुलठुला वरपिपलका रुखहरुको शीतल छहारी रहेको रमणीय पर्यावरण थियो । ऐतिहासिक इनार धार्मिक तथा सांस्कृतिक महत्व रहेको शिवालय गुठी हातामा आँप, भूईकटहर, कटहर, अम्वा, रुद्राक्ष लगायतका फलफूलका रुखहरु प्रशस्त थिए । महन्त धनराज गिरीले ३ सय वर्ष पहिले स्थापना र संरक्षण गर्दै आएको शिवालय गुठीमा पहिले मुक्तिनाथ धार्मिक क्षेत्र आउनेजाने साधुसन्तहरु बास बस्ने गर्दथे ।
इनार वरिपरि तारबार नहुँदा असुरक्षित हुने डर र इनार संरक्षणमा कसैले पनि चासो नदिदा इनारलाई कंक्रीट ढलन गरिएको स्थानीयबासीको भनाई छ । वडा छ का सदस्य शिव गिरीले जिल्लाकै परिचित ऐतिहासिक इनार लोप हुने नदिन ८ लाख रकम खर्चिएर पुर्ननिर्माण गरी संरक्षण गर्न लागेको बताउनुभयो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया